इलाम-प्रयोग हुने मुख्य सिजनमा रासायनिक मल अभाव भएपछि कृषि सामग्री कम्पनी लिमिटेड, अवैध व्यापारी र प्रहरीबीच त्रिपक्षीय ‘द्वन्द्व' सुरु भएको छ। सरकारले मेची पहाडका किसानलाई चाहिए जति परिमाणमा उपलब्ध नगराउँदा उनीहरुबीच मल थोरै दिने, लुकाएर ल्याउने र बरामद गर्ने दोहोरी चलेको हो। यसको प्रत्यक्ष मर्का भने हजारौं किसानलाई परिरहेको छ।कम्पनीले झारा टार्ने गरी थोरै दिँदा किसानको आवश्यकता पूरा नभएर व्यापारीले अवैध रुपमा रासायनिक मल ल्याउँछन्। कुन व्यापारीले कुन नाकाबाट कति मल ल्याउँछ भन्ने बुझेको प्रहरीले ‘लाइन नमिल्दा' बेलाबेला पक्रिन्छ, नत्र नदेखे झैं गर्छ। त्यो सबै देखेका किसान सरकारी मल नपाएपछि धेरै पैसा खर्चेर अवैध भारतीय मल प्रयोग गर्छन्।
मल बिक्री गर्ने सरकारको आधिकारिक निकाय कम्पनी हो। उसको इलामस्थित उपशाखाका कर्मचारी जितबहादुर राईलाई पत्याउने हो भने जिल्लामा मलको अभावै छैन। ‘हामीले पोहोर र यसपल्ट नै किसानलाई लक्ष्यभन्दा बढी मल उपलब्ध गराएका छौं राईले बुधबार अभिलेख पल्टाउँदै भने, ‘हाम्रोमा आइपुग्ने कसैले खाली हात फर्किनुपर्दैन।
चालु आर्थिक वर्षमा युरिया चार सय ६६, डिएपी दुई सय १९, पोटास १२ र भर्मिङ कम्पोस्ट ४ मेटि्रक टन बिक्री गरिसकेको राईले बताए। मल अभाव अस्विकार्दै संस्थानमा अझै युरिया १८, डिएपी ५२ र भर्मिङ कम्पोस्ट १० मेटि्रक टन मौज्दात रहेको गोदाम खोलेर देखाए। गोदाम खोल्दा उल्लिखित परिमाणबमोजिमकै मल सुरक्षित भण्डार गरेको देखियो।
कम्पनीले एकजनालाई एकपल्टमा एकखालको मल बढीमा दुई बोरा दिन्छ। त्यसनिम्ति नागरिकताको फोटोकपी र तोकिएको शुल्क अनिवार्य छ। सदरमुकामस्थित पिपलबोटेमा रहेको कम्पनीमा गाउँलेलाई आइपुग्न समस्या भएपछि सहकारी संस्थामार्फत पनि दिइन्छ। त्यसको आफ्नै प्रक्रिया छ। सहकारीलाई पनि एकपल्टमा एकैखालको एक सय बोरा दिइन्छ।
तोकिएको कोटाबमोजिम वितरण गर्दा गोदाम ढिलो रित्तिने भएपछि कम्पनीले ‘अभाव देख्दैन। किसानलाई भने वर्षायाम सुरु भयो कि ‘यसपल्ट रासायनिक मल कहाँबाट ल्याउने पिरलोले सताउँछ। चिया सहकारी संघका केन्द्रीय अध्यक्ष गोविन्द दाहाल भन्छन्, ‘इलामका किसानलाई संस्थान (कम्पनी) को मल अचार जस्तो मात्रै हुन्छ, त्यसैले अवैध व्यापार बढ्छ।'
एक सर्वेक्षणले इलाममा कृषि कम्पनीले वितरण गर्ने मलको परिमाणभन्दा दुई गुणा बढी अवैध मल प्रयोग हुन्छ। उसले वर्षेनी साढे चार सय मेटि्रक टन युरिया बेचिरहेकोमा भारतबाट भित्रिने अवैध मलको परिमाण एक हजार टनभन्दा बढी हुन्छ। त्यही भएर पशुपतिनगर आसपास नाकाबाट भित्रिने मल प्रहरीले ‘लाइन नमिल्दा' बरामद गर्दै आएको हो।
प्रहरीले पछिल्लोपल्ट १५ असारमा गजुरमुखी–४ बाट २७ हजार रुपैयाँ बराबरको ३९ बोरा युरिया बरामद गर्यो । मे १ त १९४१ नम्बरको ट्याक्टरमा भारतबाट ल्याउँदै गरेको मल सडकमा बेवारिसे भेटेपछि बरामद गरेको प्रहरीले जनाएको छ। उक्त ट्याक्टरसहित सबै मल बुधबार पशुपतिनगरस्थित भन्सार कार्यालयमा लिलामीका लागि दाखिला गरिएको छ।
भन्सारका अनुसार, प्रहरीले गत बर्ष यसरी सात लाख १२ हजार रुपैयाँ बराबरको पाँच सय ८३ बोरा मल बरामद गरेर बुझाएको थियो। यस वर्ष दुई लाख ३९ हजार रुपैयाँ बराबरको दुई सय ६८ बोरा बरामद भइसकेको छ। त्यसमा ७४ बोरा लिलाम गर्न बाँकी छ। कतिसम्म भने, बरामद मल जुन नाकातिरबाट भित्रिएको हो बुझाउन त्यतै फर्काउनुपर्छ।
इलामलाई अर्गानिक उत्पादनको जिल्ला बनाउन चौतर्फी वहस भइरहेका बेला किसानले लुकीछिपी रासायनिक मल प्रयोग गर्ने क्रम नरोकिँदा त्रिपक्षीय ‘द्वन्द्व' सिर्जना भएको हो। कारखानाले रासायनिक मल हालेको चिया नकिन्ने नीति लिएपछि केही समय यसको प्रयोग रोकेका किसान अचेल हुस्सु लाग्यो कि बगानमा पसेर लुकीलुकी मल छरिरहेका हुन्छन्।
प्रमुख जिल्ला अधिकारी तथा मलखाद आपूर्ति तथा व्यवस्थापन समिति अध्यक्ष बासुदेव दाहालले मल अभाव नभएको दाबी गरे। किसानलाई आवश्यक मल संस्थानमा रहेको बताउँदै लिन आए कसैलाई अपुग नहुने बताए। ‘मलाई गाउँ घुम्दा किसान स्वयंले अवैध रासायनिक मल रोकिदिनू भनेका छन्' दाहालले भने, ‘यसको प्रयोगले हुने हानीबारे किसान सचेत छन्, समस्यै छैन।'
जिल्ला कृषि विकास कार्यालयका बागवानी अधिकृत बुद्धिराम भट्टराईले ‘किसानले रासायनिक मल घटाएको' दाबी गर्दै भर्मिङ कम्पोस्ट प्रयोगको लहर फैलिएको दाबी गरे। उनले केही सहकारीले कम्पोस्ट उत्पादन गरी बिक्री गरिरहेको बताए पनि कम्पनीबाट थोरै बिक्री हुने मलमा यही भर्मिङ कम्पोस्ट देखिन्छ। कम्पनीले यस वर्ष ३० हजारको मात्रै कम्पोस्ट बेचेको छ।