धरानमा सर्दु करिडोर शिलान्यासः विस्थापितलाई घर बनाउन प्रदेशले पाँच लाख दिने
०३ असोज २०७८
•
३ मिनेट पाठ
धरानमा सर्दु करिडोर शिलान्यासः विस्थापितलाई घर बनाउन प्रदेशले पाँच लाख दिने
सर्दु करिडोरको शिलान्यास गर्दै प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य । तस्बिर : रोहित/नागरिक
वर्षायाममा आउने बाढीले हुने क्षतिबाट जोगाउन तटबन्ध निर्माण गर्ने र करिडोर पनि बनाएर पर्यटकीयस्थल बनाउने लक्ष्यका साथ धरानमा सर्दु करिडोर निर्माण सुरु भएको छ।  




धरानको महत्वकांक्षी योजना रहेको करिडोरको शनिबार प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले शिलान्यास गरेका छन्। सुनसरी क्षेत्र नं १ (ख) मा पर्ने सर्दु करिडोर मुख्यमन्त्री आचार्यको निर्वाचन क्षेत्र पनि हो। पूर्वमा सबैभन्दा बढी अव्यवस्थित तथा सुकुमबासी वस्ती भएको सहर धरान हो। यहाँका दुई ठूलो खोला सेउती र सर्दु साथै सहरको बीचमा भएर बग्ने खहरे खोलाहरूको किनारमा थुप्रै बस्ती बसेको छ। हरेक वर्ष वर्षात्का बेला ती वस्ती उच्च जोखिममा पर्छन् भने धेरै क्षति पनि हुने गरेको छ।  

वस्तीमा हुने क्षति रोक्न र पर्यटकीय विकास गर्न पनि प्रदेश सरकारअन्तर्गतको जलस्रोत तथा सिंचाइ विकास डिभिजन सुनसरीले यो करिडोर निर्माण गर्न लागेको हो। करिडोर निर्माण गर्न प्यासिफिक जलजला कम्पनीले १० करोड ६३ लाखमा ठेक्का पाएको छ। कम्पनीसँग २ वर्षभित्र निर्माण सम्पन्न गर्ने गएको भदौ २५ गते सम्झौता भएको डिभिजन प्रमुख चुडाराज ढकालले जानकारी दिए। डिभिजन प्रमुख ढकालका अनुसार गत वर्ष नै ठेक्का लागे पनि कोभिड महामारीको कारण एक वर्ष ढिला सम्झौता भएर निर्माण सुरु भएको हो। सर्दु करिडोर वडा नं १७, ११, १३ र १६ मा पर्छ।

करिडोर निर्माणको लागि कुल १९ किलोमिटरको डिपिआर गरिएको छ। तर, धरान चतरा सडक खण्डदेखि उत्तर करिब ८ किलोमिटर मात्र करिडोर निर्माण हुने प्रमुख ढकालले बताए। ‘त्यसमध्ये पनि अहिले पाँच किलोमिटरको ठेक्का लागेको हो,’ डिभिजन प्रमुख ढकालले भने, ‘२५ करोडको लागत अनुमान रहेको आयोजनाका लागि प्रदेश सरकारले वहुवर्षीय ठेक्का स्वीकृत गरेको छ।’ संघीय सरकार र धरान उपमहानगरपालिकाले पनि साझेदारी गर्ने गरि बजेटको व्यवस्था गरिएको उनले बताए।

डिभिजन कार्यालयका अनुसार ठेक्का अनुसार पाँच किलोमिटर तटबन्द निर्माण हुनेछ। त्यसक्षेत्रमा ठाउँठाउँमा तीनवटा मोडालिटीअनुसार निर्माण गरिनेछ। तल्लो क्षेत्रमा ड्यामसहित जालीढुंगाको वाल निर्माण हुनेछ भने १७ सय मिटर प्लम्ब कंक्रिटको वाल लगाइनेछ। यस्तै,१६७५ मिटर आरसिसि रड लगाएर वाल निर्माण हुनेछ। खोलामा ठाउँ ठाउँमा नदी धेरै गहिरो नहोस् र वाल नपल्टियोस् भनेर क्रस वाल पनि निर्माण गरिने डिभिजन प्रमुख ढकालले जानकारी दिए।  

करिडोर निर्माण गर्नको लागि औसत ८७ मिटर खोलाको चौडाई कायम हुनेगरी डिपिआर स्वीकृत भएको छ। सडकको चौडाइ नगरपालिकाले बनाएको डिपिआरमा ३० मिटर राखेको छ। डिपिआरअनुसारको यो सडक बनाउन वडा नं १७ मा मात्र सम्भव छ। अन्य वडा ११, १३ र १६ मा भने सम्भव नहुने डिभिजनको भनाइ छ। सर्दु करिडोर निर्माण हुँदा २० हेक्टरजति खोलाको जग्गा उकास हुनेछ। त्यहाँ नरपालिकाले पार्क वा करिडोर निर्माण हुँदा स्थानान्तरण गर्नुपर्ने घरहरूलाई व्यवस्थापन गर्न सकिने डिभिजन कार्यालयको भनाइ छ।

करिडोर निर्माण हुँदा बर्सेर्नि क्षति हुने १२० हेक्टर हाराहारीमा जमिनलाई क्षति हुनबाट जोगाउने छ भने ७ सय घरधुरीका १४ हजार स्थानीयलाई प्रत्यक्ष लाभ हुने उपमहानगरपालिकाको अपेक्षा छ।

विस्थापित हुनेलाई जग्गा र घर बनाउन ५ लाख  

रसर्दु करिडोर निर्माणकोविस्थापित हुने घर परिवारलाई प्रदेश सरकारले घर निर्माणको लागि पाँच लाख रूपैयाँ सहयोग गर्ने भएको छ। शनिबार करिडोरको शिलान्यास गर्दै प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले स्थानीय सरकारसँग समन्वय गरेर सुरक्षित ठाउँ उपलब्ध गराउने र घर निर्माणको लागि पाँच लाख सहयोग गर्ने बताए।  

मुख्यमन्त्री आर्चायले धरानलाई सुन्दर पर्यटकीय सहरको रूपमा विकास गर्न पनि करिडोरको अवधारणा अघि बढाइएको बताए। ‘यो तटबन्धन गर्ने योजना मात्र होइन, पर्यटकीय आकर्षण बनाउने, सडक भएको, रेष्टुरेष्ट भएको, हजारौं पर्यटकहरू राति घुम्न जाने, रमाउने र फर्कने स्थलको रूपमा विकास गर्ने परिकल्पनाअन्तर्गत यो आज सुरुवात हो,’ उनले भने, ‘कसैलाई पनि उठिबास बनाउदैनौं, स्थानीय सरकारसँग समन्वय गरेर जमिन उपलब्ध गराएर घर बनाउन पाँच लाख दिन्छांै।’

धरानकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीले अहिलेसम्म अभिषाप बन्दै आएको सर्दु खोलालाई अब स्थानीयले वरदानको रूपमा लिने बताइन्। करिडोर निर्माण भएपछि पर्यटकीय गतिविधि बढ्ने र आर्थिक रूपमा स्थानीयले लाभ पाउने उनको भनाइ थियो।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
२ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
यो पनि पढौँ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस