काठमाडौं-दुई दशकदेखि घरेलु तथा साना उद्योग विकास समितिबाट दिँइदै आएको सीपमूलक तालिममा सहभागीको संख्या उल्लेख्य रहे पनि तालिमपछि व्यवसाय सञ्चालन गर्नेको संख्या निकै कम देखिएको छ।समितिअर्न्तगत काठमाडौं उपत्यकालगायत देशका विभिन्न जिल्लाबाट सीपमूलक तालिम लिनेको संख्या एक लाख ७० हजार नाघिसकेको छ। समिति र उद्योग विभागले छुट्टाछुट्टै तालिम दिँदै आएका छन्। समिति र विभागबाट ९० भन्दा धेरै किसिमका तालिम दिने गरेको समितिको अभिलेखमा छ।
यी तालिम लिने आधाभन्दा धेरैले तालिमपछि व्यावसायलाई निरन्तरता नदिने समितिका कर्मचारीको अनुभव छ। तालिमको प्रकृतिमा पनि व्यवसाय भर पर्ने गरेको छ। सिलाइकटाइ तालिम लिएकामध्ये ३० प्रतिशतभन्दा कमले मात्र व्यवसाय चलाउने घरेलु तथा साना उद्योग विभागका निर्देशक गोकुल धितालले बताए। तर सरोकारवाला भने तालिमपछि व्यवसाय गर्ने १० प्रतिशतभन्दा कम हुने दाबी गर्छन्।
सबैभन्दा चलेको र धेरैले लिने तालिममा सिलाइकटाइ पर्छ। तीनमहिने तालिममा महिला सहभागिता धेरै हुने गरेको छ। ‘सिलाइकटाइ सिकेकाले त्यो सीप व्यावसायिकभन्दा घरायसी काममा धेरै प्रयोग गरेका छन्,' निर्देशक धितालले भने। समितिले तालिम लिएकालाई आवश्यक सामग्री पनि दिने गरेको छ। सिलाइकटाइमा तालिममा दिएको मेसिन पनि घरमै थन्किएको पाइएको छ।
तालिम लिनेको संख्या वर्षेनी बढे पनि व्यासाय नै गर्ने अत्यन्तै न्यून भएको समितिका एक कर्मचारीले बताए। उनका अनुसार तालिम लिनेमध्ये पाँच प्रतिशतभन्दा कमले मात्र व्यवसाय गर्छन्। ‘एकजनाले १० वटासम्म प्रमाणपत्र लिएको पाइएको छ,' नाम उल्लेख गर्न नचाहेका ती कर्मचारीले भने, ‘तालिम लिए, भत्ता बुझे बसे।'
सिलाइकटाइ जस्तै ब्युटीपार्लर तालिम पनि धेरैले लिने समितिका कामु उप–कार्यकारी निर्देशक निलम ताम्राकारले बताइन्। सहरी क्षेत्रमा ब्युटीपार्लर सिक्ने धेरै भएको उनले जनाकारी दिइन्। ‘विदेश जान सजिलो भएकाले ब्युटीपार्लर तालिममा महिलाको आकर्षण बढेको हो,' ताम्राकारले भनिन्, ‘उता पैसा पनि धेरै हुन्छ।'
घरेलुको प्रमाणपत्रले विदेश जान सहज हुने गरेकाले यसमा आकर्षण भएको धितालले बताए। ब्युटीपार्लर तालिम लिएकामध्ये ६० प्रतिशत व्यवसायमा लाग्ने धिताल दाबी गर्छन्।
समितिले २०४८ सालदेखि दिँदै आएको सीपमूलक तालिम कार्यक्रम अहिले ४८ जिल्लामा विस्तार भएको छ। विभागले २७ जिल्लामा सीपमूलक तालिम दिइरहेको छ। सात दिनदेखि तीन महिनासम्मका तालिम लिनेमा ६५ प्रतिशतभन्दा धेरै महिला हुने ताम्राकारले बताइन्।
ब्युटीपार्लर, सिलाइकटाइ, बेकरी, अचार, गुडिया, मखमली जुत्ता, जुस, मैनबत्ती, अगरबत्ती, फलफूल प्रशोधन, आलुचिप्स, मिठाइ, हाते स्वेटर, बुटिक, दालमोठ, साबुन, काष्ठकला, फर्निचरलगायत ९० भन्दा धेरै किसिमका तालिम समिति र विभागले दिने गरेका छन्।
पछिल्लो समय कम्प्युटर, मोबाइल, घडी, रेडियो, टेलिभिजन बनाउने, हाउस वाइरिङ, प्लम्बिङ, ड्राइभिङ, सेक्युरिटी तालिममा पुरुष आकर्षित हुन थालेको धितालले बताए। कम्प्युटर, मोबाइल मर्मत गर्नेको माग बढेपछि तालिममा आकर्षण बढेको हो।
तालिमको प्रभावकारिता कम हुन थालेपछि यसलाई परिवर्तन गर्दै लगेको ताम्राकारले बताइन्। ‘पहिले निश्चित तालिम थिए, लिनेले रोज्न पाउँदैनथे,' ताम्राकार भन्छिन्, ‘त्यो अव्यवहारिक भएपछि लिनेको इच्छाअनुसार तालिम दिन थालेका छौं।'
समितिले विभिन्न चरणका तालिम दिँदै आएको छ। सीप विकास, उद्यम व्यवस्थापन, उद्यम विकास, प्रवर्द्धन, बौद्धिक सम्पत्ति सचेतनासम्बन्धी तालिम २०६९/०७० को तथ्यांकअनुसार एक लाख ७० हजारभन्दा धेरैले लिइसकेका छन्। यसमध्ये सबैभन्दा धेरै सीप विकासतर्फ एक लाख २० हजारले तालिम लिएका छन्। उद्यम व्यावस्थापनतर्फ २१ हजार, उद्यम विकास ११ हजार, उद्योग प्रवर्द्धन १४ हजार, बौद्धिक सम्पत्ति सचेतनामा तीन हजारले तालिम लिइसकेको तथ्यांक छ।