काठमाडौं— राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको चिनियाँ जहाज फेरि 'ग्राउन्डेड' भएको छ । जहाज अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छ।यसअघि विराटनगर विमानस्थलमा चरा ठोक्किएर दुई साता ग्राउन्डेड भएको यही जहाज बुधबारबाट फेरि उड्न नसक्ने भएको हो । जहाजमा रहेको राडारमा समस्या देखिएपछि ग्राउन्डेड गरिएको निगमले जनाएको छ ।
'जहाजको राडारमा समस्या उत्पन्न भएपछि आगामी आइतबारसम्मका लागि ग्राउन्डेड गरेका छौं,' निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता सरोज कसजुले बुधबार नागरिकसँग भने, 'राडार मर्मत गर्न चीनबाट सामान मगाएका छौं । मर्मत हुनासाथ जहाजले नियमित उडान गर्नेछ ।'
उनका अनुसार जहाजमा रहेको राडारको सहयोगमा पाइलटले 'भिजिबिलिटी' हेर्न तथा विमानस्थल टावरसँग कुराकानी गर्छन् । एउटा चरा ठोक्किएर विराटनगर विमानस्थलमा ग्राउन्डेड भएको उक्त जहाज मर्मतपछि सोमबार काठमाडौं फर्किएको थियो ।
निगमसँग रहेको ५६ सिट क्षमतायुक्त 'मोडर्न आर्क' (एमए–६०) जहाज असार १६ गते बिहान काठमाडौंबाट विराटनगर पुगेपछि धावनमार्गमा कुदिरहँदा एउटा चरा ठोक्किएको थियो । त्यसबाट दायाँ पखेटाको एउटा प्रोपेलर (ब्लेड) चर्र्किएको थियो । एउटा पखेटामा ६ वटा ब्लेड हुन्छन् ।
क्षतिग्रस्त ब्लेड हटाएर नयाँ जडान गरेपछि जहाज काठमाडौं फर्किएको थियो । निगमले नयाँ प्रोपेलर फेर्न १ करोड रुपैयाँभन्दा बढी खर्च गरेको थियो । चीनबाट मगाइएको प्रापेलर पानीजहाजबाट कोलकाता बन्दरगाह ल्याएर गाडीबाट वीरगन्ज हुँदै विराटनगर लगरे जडान गरिएको थियो ।
चीनको जियान एयरक्राफ्ट इन्डस्ट्रियल कर्पोरेसनमा निर्मित यो एमए–६० जहाज गत वैशाख १४ मा काठमाडौं ल्याइएको थियो । त्यसको भोलिपल्ट निगमले जहाजको स्वामित्व पाएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणमा दर्ता भएर '९एन–एकेक्यु' कलसाइन पाएको उक्त जहाजले एकैचोटि असार ११ बाट मात्र नियमित व्यापारिक उडान गरेको थियो ।