काठमाडौं- हरिया तरकारीमा विषादी। माछामा फर्मालिन। मासुमा ब्याक्टेरिया। चामल, दाल, चना, केराउ, काउली, आलुमा प्याराथियोन–मेथी १ र साइपरमेथि्रन नामक विषादी। बजारमा बेच्न राखिएका जुसदेखि दूधसम्म, पानीदेखि तेलसम्म न्यून गुणस्तरको। शरीरलाई फाइदा पुगोस् भनेर किनेको सबैजसो खानेकुरामा समस्या!आम उपभोक्ताले दैनिक उपभोग गर्ने खाद्य सामग्री कति सुरक्षित छ त? शक्ति प्रदान गर्ने र रोगबाट जोगाउने यस्ता खानेकुराकै कारण मानिसलाई के के रोग लागिरहेको छ? खानेकुराको गुणस्तर अध्ययन गर्ने र त्यसबाट मानव शरीरमा लाग्ने रोगबारे जानकारी दिने आधिकारिक सरकारी निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग नै यसबारे बेखबर छ।
विभागका प्रवक्ता प्रमोद कोइरालाका अनुसार नेपालमा अहिलेसम्म कस्तो खाद्य पदार्थबाट कस्ता रोग लागिरहेको छ भनेर जाँच गर्ने प्रयोगशाला नबन्दा बजारमा विषाक्त खानेकुराको बिगबिगी छ।
खानेकुराकै कारण तत्काल र दीर्घकालमा लाग्ने रोगको सुक्ष्म अध्ययन गर्न सरकारले पाँच वर्षअघि नै फुड इपिडिमियोलोजी महाशाखा स्थापना गर्ने तयारी गरेको थियो। तर, त्यो अझै अस्तित्वमा आएको छैन। विषाक्त र न्यून गुणस्तरको खानेकुराले मानव शरीरमा कस्तो असर गरेको छ भनेर सुक्ष्म अध्ययन गर्ने निकाय नहुँदा त्यस्ता सामान बेच्नेलाई कारबाहीसमेत गर्न नसकिएको प्रवक्ता कोइराला बताउँछन्।
चिकित्सकले मानिसमा पछिल्लो समय बढिरहेको कतिपय रोगका कारण यस्तै खानेकुरा भएको निष्कर्ष निकालेका छन्। खाना खाएलगत्तै अस्पताल आएका बिरामीमा 'फुड पोइजनिङ', टाउको दुख्ने, बान्ता हुने, पखालाजस्ता समस्या देखिएको एकजना चिकित्सक डा. ध्रुबप्रसाद सिंहले जानकारी दिए।
स्वास्थ्य मन्त्रालयमा पानीजन्य रोगको सुक्ष्म अध्ययन गर्ने निकाय रहेकाले सरकारले विभाग र स्वास्थ्य मन्त्रालयको समन्वयमा पाँच वर्षअघि नै फुड इपिडिमियोलोजी महाशाखा स्थापना गर्ने तयारी गरेको थियो। केही अध्ययन पनि भएको थियो। तर त्यसपछि प्राथमिकतामा नपाउँदा महाशाखा स्थापना हुन नसकेको प्रवक्ता कोइराला बताउँछन्।
'खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र स्वास्थ्य सेवा विभागबीच समन्वय हुनुपर्ने भएकाले पनि ढिलो भएको हो,' उनले भने, 'दुवै संस्थाको ऐन मिलाएर जान केही समस्या छ।' उनका अनुसार महाशाखा स्थापना गर्नुअघि आवश्यक जनशक्ति तथा अन्य पूर्वाधारको सर्वेक्षण गर्नुपर्ने हुन्छ।
अर्गनाइजेसन एन्ड म्यानेजमेन्ट (ओएनएम) सर्वेक्षण कृषि, सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालयले अध्ययन गरेपछिमात्र महाशाखा स्थापना गर्न सकिने उनले बताए। 'ओएनएममै कुरा नमिलेपछि यो प्रस्ताव अघि बढ्न नसकेको हो,' उनले भने।
पछिल्लो समयमा निजामती सेवामा १५ वर्ष काम गरेकालाई बढुवा गर्ने भनेपछि संगठनको संरचना कस्तो हुने भन्ने टुंगो नलागेको उनले बताए। विगत दुई–तीन वर्षदेखि समस्यामाथि समस्या थपिएले पनि योजना सफल हुन नसकेको उनको भनाइ छ।
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. बाबुराम मरासिनी फुड इपिडिमियोलोजी महाशाखा स्थापना गर्न ऐन नै बाधक रहेको बताउँछन्। 'खाद्यान्नकै कारण सामान्यदेखि जटिल रोगको समस्या बढिरहेको बेला महाशाखा अति आवश्यक छ,' उनले भने, 'तर यसमा खाद्य ऐन नै बाधकको रुपमा छ।'
उनका अनुसार खानेकुरामा समस्याकै कारण हालै बाँके र सुर्खेतमा फुड पोइजनिङको प्रकोप फैलिएको थियो। तर खानेकुराको सुक्ष्म अध्ययन गर्ने व्यवस्था नहुँदा समस्या छ।
खानेकुराका कारण मानिसमा लाग्ने रोगको सुक्ष्म अध्ययन गर्न महाशाखा स्थापना गर्ने गरी 'खाद्य स्वच्छता तथा गुणस्तर' नीति ल्याउन लागेको विभागले जनाएको छ। अन्य मुलुकमा फुड इपिडिमियोलोजी महाशाखाले खानेकुराबाट लाग्ने रोगबारे अध्ययन र उपचारका उपायबारे उपभोक्तालाई जानकारी गराउने गर्छ। खाद्य, पेय, तरकारी, माछा मासुलगायत दैनिक उपभोग्य वस्तुका कारण मानिसमा सरुवा र घातक रोग लाग्ने गरेको विज्ञ बताउँछन्।
महाशाखा नहुँदा उपभोक्ता अन्जानमा रोगको शिकार बन्ने गरेकाले यो जरुरी रहेको उपभोक्ता अधिकारकर्मी बताउँछन्। खानेकुराकै कारण कोही बिरामी भए पनि त्यसविरुद्ध उजुरी गर्न नसकेको उनीहरुको भनाइ छ।
महाशाखा स्थापनापछि बजारमा पाइने कुन खानेकुराबाट के कस्तो रोग लाग्छ र त्यसलाई नियन्त्रण गर्न के गर्न सकिन्छ भनेर उपभोक्ताले जानकारी पाउने विभागले जनाएको छ। त्यस्तो महाशाखामा आधुनिक प्रयोगशाला स्थापना गरी दक्ष जनशक्ति उत्पादन गरेर काम अघि बढाइने विभागले जनायो। 'खानेकुराबाट लाग्ने रोगबारे मान्छेले कतै उजुरी गर्न सक्दैनन्। शाखा स्थापना भएपछि उपभोक्तालाई सचेत गराउन थप सहयोग पुग्नेछ,' कोइरालाले भने।
गुण नियन्त्रण विभागले केही समयपहिले खाद्य पदार्थबारे गरेको एक अध्ययनले खानेकुरामा मानव स्वास्थ्यमा असर गर्ने विषादी अत्यधिक फेलापरेको थियो। विश्व स्वास्थ्य संगठनको सहयोगमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भारतीय प्रयोगशालामा नेपाली बजारका चामल, गेडागुडी, हरियो सागपात, चिउरा र पाउरोटीको नमूना परीक्षण गराउँदा मानव स्वास्थ्यलाई असर गर्ने नौ थरि विषादी पाइएको थियो। देशका २५ जिल्लाबाट नमूना संकलन गरी एक वर्ष समय लगाएर गरिएको अध्ययनबाट खानेकुरामा प्रतिबन्धित विषादीसमेत मिसाइने पुष्टि भएको थियो।
नमूना परीक्षणमा मानव स्वास्थ्यका लागि असर पर्ने क्लोरोपाइरिफस, क्यालोथि्रन, साइपरमेथि्रन, इन्डोसल्फान, फेनभालेरेट, मालाथियोन, प्याराथियोन मेथि १, पेर्मेथि्रन र प्रोफेनोफेस नामका विषादी भटिएको थियो। त्यसबेला चामल, मुँग, रहर र कालो दाल, गेडागुडीमा राज्मा, चना, केराउ, सिमी, गहुँको पिठो र पाउरोटी, तरकारीमा काउली, आलु, परवल, भ्यान्टा, भिन्डी, करेला जस्ता हरिया सागसब्जीको नमूनासमेत परीक्षण गरिएको थियो। अधिकांशमा प्याराथियोन–मेथि १ र साइपरमेथि्रन नामक विषादी अत्यधिक पाइएको थियो।
त्यसता विषादी लामो समयसम्म खाइरहे मानिसको मष्तिस्क, कलेजो, मिर्गौला, नशालगायतमा नकारात्मक असर पर्छ। ती विषादीले क्यान्सर लाग्ने तथा गर्भवती महिलाको पेटमा रहेको बच्चामा असर गर्ने चिकित्सक बताउँछन्।