कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्र ब्यूतिने प्रयत्नमा छ । लामो समयदेखि ठप्प रहेको पर्यटन क्षेत्रलाई ब्यूताउँन पर्यटन व्यवसायी पनि सक्रिय बन्न थालेका छन् । त्यसका लागि पर्यटक तान्ने विभिन्न कार्यक्रम व्यवसायीले गर्न थालेका छन् ।
व्यवसायीले पाहुनालाई पोखरासम्म तान्नकै लागि विश्व पर्यटन दिवसका अवसर पारेर आगामि सोमबार लेकसाइडमा एकदिनका लागि सडक महोत्सव पनि आयोजना गरेका छन् । रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराले सोमबार बेलुकी पाँच बजेदेखि १० बजेसम्मका लागि मिनि स्ट्रिट फेस्टिवल आयोजना गरेको अध्यक्ष लक्ष्मण बरालले बताए ।
अध्यक्ष बरालका अनुसार लेकसाइडको बाराहीचोकदेखि खहरेचोकसम्म सडक महोत्सवका लागि कार्यक्रम हुने छन् । सडकमा सार्वजनिक सवारी आउजाउ रोकेर विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरिने उनले बताए । सारंगी प्रस्तुती, लाखे र थारु समुदायको नाचसहित सडकमा रेस्टुरेन्टले विभिन्न परिकार पस्कने उनले बताए ।
‘लामो समय सुस्ताएको पर्यटन क्षेत्र ब्यूताउनका लागि पनि गतिविधि गर्न जरुरी छ । त्यही क्रममा एकदिनका लागि मिनि स्ट्रिट फेस्टिवल आयोजना गरिएको हो,’ उनले भने, ‘यसले पाहुनालाई पोखरासम्म तान्नका लागि सघाउने छ ।’ उनका अनुसार रेस्टुरेन्टले बाटोमा चुलो राखेर खाना खुवाउने छन् भने सांस्कृतिक टोलीले कला देखाउने छन् । ‘घुम्न आएका पाहुनालाई थोरै भएपनि मनोरम दिलाउन र उनीहरुलाई पोखरा खुला रहेको सन्देश दिनका लागि भएपनि कार्यक्रम गर्न थालिएको हो,’ उनले भने, ‘पोखरा खुला रहेको सन्देश दिन जरुरी छ ।’
पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष गोपिबहादुर भट्टराई पनि पोखरामा हुने यो कार्यक्रमले पोखरा घुम्नका लागि सुरक्षित बनिसकेको सन्देश पुग्ने बताउँछन् । उनका अनुसार साप्ताहिक बिदा पारेर पोखरामा आन्तरिक पाहुना घुम्न आउन थालेका छन् । दसैं र तिहारको बिदाले झनै पाहुना आउनेमा आफूहरु आशावादी भएको उनले बताए ।
‘आन्तरिक पाहुनाका कारण साप्ताहिक बिदाका दिन केही चहलपहल बढ्न थालेको छ । आन्तरिक बाहेक भारतीय पाहुना पनि आउन थालेका छन्,’ भट्टराईले भने, ‘तर, अझैपनि बोर्डरमा सहज आउजाउ नहुँदा भारतीय पाहुना आउन सकेका छैनन् । मान्छेको मात्र ओहोरदोहोर छ । भारतीय गाडी आउजाउ गर्न पाएका छैनन् ।’ नाका खुलाएर सहज आउजाउ बनाउने भनिएपनि हुन नसकेको उनले बताए ।

उनका अनुसार यतिबेला पोखरामा आन्तरिक पाहुनाको चहलपहल बढेको छ । बिदाको दिन त यहाँका होटल र रेस्टुरेन्टमा आन्तरिक पाहुनाको भीडभाड नै हुने गरेको छ । ‘आन्तरिक पाहुनाको आगमनमा सुधार भईसकेको छ । कोरोना अघिको जस्तो माहोल नबनिसके पनि व्यवसायीलाई पलायन हुन नदिने आधार अहिलेको पाहुनाको आगमनले देखाएको उनले बताए ।‘व्यवसायीलाई नै व्यवसायमा टिकाउन पनि मुस्किल हुने अवस्थामा अहिले आन्तरिक पाहुनाको कारण केही आशावादी बनेका छौ,’ उनले भने, ‘अहिले कमाउनै त सक्ने अवस्था होईन, पर्याप्त आम्दानी नभएपनि व्यवसायीले संचालन खर्च धान्न सक्ने अवस्था देखिएको छ । त्यसले सबैलाई उत्साही बनाएको छ ।’