काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा संस्थागत सुशासन बलियो बनाउन एउटै पदमा दुईपटकभन्दा बढी रहन नसक्ने व्यवस्था गरेको छ। केन्द्रीय बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थामा अध्यक्ष, सञ्चालक, प्रबन्ध सञ्चालक, प्रमुख कार्यकारी अधिकृतसमेतका पदाधिकारीलाई लगातार दुई पटकभन्दा बढी एउटै पदमा निर्वाचित, मनोनीत तथा नियुक्ति गर्न नमिल्ने व्यवस्था गरेको हो।
नयाँ व्यवस्थापछि बैंक तथा वित्तीय संस्थामा रहेका अहिलेका पदाधिकारी नै अप्ठ्यारोमा पर्ने भएका छन्। बैंकहरु आफैंले चालुु आर्थिक वर्षभित्रै लगातार दुई कार्यकालभन्दा बढी नियुक्ति नहुने व्यवस्था गरी सम्बद्ध पदाधिकारीबारे केन्›ीय बैंकलाई जानकारी दिनुपर्ने मौद्रिक नीतिमा उल्लेख छ।
राष्ट्र बैंकले लामो समयदेखि एकै व्यक्ति अध्यक्ष, सञ्चालक, प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सञ्चालक रहेका बैंक तथा वित्तीय संस्थामा संस्थागत सुशासन कमजोर रहेको औंल्याउँदै नयाँ व्यवस्था गरेको हो। नयाँ व्यवस्थाले हाल निरन्तर एउटै पदमा रहेर काम गरिरहेका वित्तीय संस्थालाई प्रभाव पार्नेछ।
राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले मौद्रिक नीति सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थाका उच्च व्यवस्थापन र सञ्चालकबीच नियन्त्रण तथा सन्तुलन कायम गर्न नयाँ व्यवस्था गरिएको बताए। उनले उच्च व्यवस्थापनमा रहेका कर्मचारी/पदाधिकारीले पूर्णकालीन सेवा दिन सकुन् भन्ने आशयले चुक्ता पूँजीको निश्चित प्रतिशतभन्दा बढी सेयर स्वामित्व हुने व्यक्ति नै संस्थाको कार्यकारी पदमा रहन नसक्ने व्यवस्था गरिने जानकारी दिए।
राष्ट्र बैंकले प्रमुख कार्यकारी अधिकृतलाई ऋण लिनमा समेत कडाइ गरेको छ। नयाँ मौद्रिक नीतिमा लगानीकर्ता/संस्थापक र व्यवसायी/ऋणीबीचको भिन्नता कायम गरी वित्तीय सुशासन कायम गर्ने कुरामा जोड दिइएको छ। कुनै बैंक तथा वित्तीय संस्थाको सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतले आफ्नो स्वामित्वको कम्पनी/फर्मका लागि बैंक कर्जा लिन नपाउने व्यवस्था नयाँ नीतिमा छ।
राष्ट्र बैंकले क, ख र ग वर्गका वित्तीय संस्थालाई एक वर्षभित्र तोकिएको चुक्ता पूँजी पुर्या उन दबाबसमेत दिएको छ। २०७१ असार मसान्तभित्र तोकिएको चुक्ता पूँजी नपुर्याकए वित्तीय संस्थाको शाखा विस्तार तथा नगद लाभांश वितरणमा रोक लगाउने र निक्षेप संकलन तथा कर्जा लगानीमा सीमा तोकिने बैंकले जनाएको छ।
केन्द्रीय बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाका संस्थापकहरुको विभिन्न समूहमा वर्गीकरण हुने व्यवस्थाको अन्त्य गरी सबै संस्थापकलाई एकै समूहमा रहने व्यवस्था गर्ने जनाएको छ। यो व्यवस्थापछि सर्वसाधरण र संस्थापक सेयरधनी भन्ने अवधारणा नराख्न आग्रहसमेत गरेको छ। त्यसैगरी वित्तीय प्रणालीलाई सुदृढीकरण गर्न बैंक तथा वित्तीय संस्थालाई एकापसमा गाभ्ने र गाभिने प्रक्रियालाई निरन्तरता दिँदै बैंक तथा वित्तीय संस्था प्राप्तिसम्बन्धी विनियमावली, २०७० अनुरुप प्राप्तिसम्बन्धी कार्यलाई पनि प्रोत्साहित गरिने घोषणा मौद्रिक नीतिमा छ। त्यस्तै बैंक तथा वित्तीय संस्थाका संस्थापकको विभिन्न समूहमा वर्गीकरण हुने व्यवस्थाको अन्त्य गरी सबै संस्थापकलाई एकै समूहमा रहने व्यवस्था गरिने नीतिमा उल्लेख छ। द्वन्द्वका बेला बन्द गरिएका बैंकका शाखा चालु आर्थिक वर्षको अन्त्यसम्ममा पुनर्स्थापना गर्ने व्यवस्था गरिने गर्भनर खतिवडाले घोषणा गरेका छन्।
केन्›ीय बैंकले वाणिज्य बैंकलाई २०७२ असार मसान्तसम्ममा आफ्नो कुल कर्जाको २० प्रतिशत उत्पादनशील क्षेत्रमा र यसअन्तर्गत कृषि तथा ऊर्जा क्षेत्रमा कम्तीमा १२ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने व्यवस्थालाई कायमै राखेको केन्›ीय बैंकले २०७३ असार मसान्तसम्ममा विकास बैंक र वित्त कम्पनीले समेत तोकिएका उत्पादनशील क्षेत्रमा कुल कर्जाको क्रमशः १५ प्रतिशत र १० प्रतिशत पुर्यालउनुपर्ने व्यवस्था गरेको छ।
सिआरआर बढ्यो
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत राष्ट्र बैंकमा राख्नुपर्ने अनिवार्य नगत मौज्दात (सिआरआर) वृद्धि गरेको छ। राष्ट्र बैंकले निर्ब्याजी नगद मौज्दातलाई एक प्रतिशत बढाएको हो। नयाँ व्यवस्थापछि वाणिज्य बैंकले ६ प्रतिशत, विकास बैंकले ५ प्रतिशत र वित्त कम्पनीले ४ प्रतिशत अनिवार्य नगद मौज्दात राख्नुपर्ने हुन्छ। पहिलाको व्यवस्थाअनुसार वाणिज्य बैंकका लागि ५ प्रतिशत, विकास बैंकका लागि ४.५ प्रतिशत र वित्त कम्पनीले ४ प्रतिशत सिआरआर राख्नुपर्ने प्रावधान थियो। फाइनान्स कम्पनीको सिआरआरलाई राष्ट्रबैंकले हेरफेर गरेको छैन।
केन्द्रीय बैंकले वाणिज्य बैंकमा रहेको कूल निक्षेपको दुई प्रतिशत आफैंले किनिदिने व्यवस्थासमेत नीतिमार्फत उल्लेख गरेको छ। राष्ट्र बैंकले बैंकको साख नियन्त्रणका लागि सिआरआर, रिपो र रिर्भस रिपोजस्ता प्रक्रियामात्रै प्रयोग गर्दै आएकोमा तरलताको अवस्था हेरेर राष्ट्र बैंक आफंैले ऋणपत्र जारी गर्ने अर्को व्यवस्था थप गरेको छ।
आर्थिक वर्ष २०७०/२०७१ को एघार महिनासम्ममा कृषि क्षेत्रतर्फ २४.४ प्रतिशतले, औद्योगिक उत्पादनमूलक क्षेत्रतर्फ १५.८ प्रतिशतले, निर्माण क्षेत्रतर्फ २१.६ प्रतिशतले तथा थोक तथा खुद्रा व्यापारतर्फ १९.७ प्रतिशतले कर्जा वृद्धि भएको गर्भनर खतिवडाले जानकारी गराए।