काठमाडौं- आर्थिक वर्ष २०७०/२०७१ मा म्यानपावर कम्पनीमार्फत चार लाख ४५ हजार सात सय सात नेपाली कामको खोजीमा बिदेसिएका छन्। वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षमा सात सय ४४ म्यानपावर कम्पनीबाट चार लाख ३० हजार आठ सय ९४ पुरुष र १४ हजार आठ सय १३ महिला विदेश पुगेका हुन्।विभागका अनुसार गत आर्थिक वर्षमा सबैभन्दा बढी कामदार एसओएस म्यानपावर सर्भिसेजले पठाएको छ। एसओएसले नौ हजार दुई सय १४ जनालाई विदेश पठाएको हो। उक्त कम्पनीमार्फत गएका कामदारमा एक सय ३६ जना महिला छन्। यो विगतदेखि नै सबैभन्दा बढी कामदार पठाउने कम्पनीका रुपमा छ। एसओएसलाई इन्टरनेसनल म्यानपावर रिक्रुटमेन्ट प्रालिले पछ्याएको छ। इन्टरनेसनलले गत आर्थिक वर्षमा ६ हजार आठ सय १५ कामदार विदेश पठाएको हो। कम्पनीले मलेसियामा मात्रै कामदार पठाउँदै आएको छ। यसबाट पाँच सय ४६ महिला विदेश गएका छन्।
विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार प्याराडाइज इन्टरनेसनल प्रालिले ६ हजार दुई सय ९८ जनालाई विदेश पठाएको छ। यसबाट ६६ महिला कामदार कामको खोजीमा विदेश गएका छन्।
धेरै विदेश पठाउने कम्पनीमध्ये चौथो नम्बरमा दि रिभर ओभरसिज प्रालि छ। रिभरले एक एक सय ९२ महिलासहित ६ हजार दुई सय ४६ जनालाई पठाएको छ। लक्की एचआर सोलुसन प्रालिबाट ६ हजार ९२ जना बिदेसिएका छन्।
आकर्षण इन्टरनेसनल प्रालिले पाँच हजार ६ सय ५०, लालधनुष इन्टरनेसनल सर्भिसले पाँच हजार दुई सय ९३, कोसी इन्टरनेसनल कम्पनीले पाँच हजार एक सय २६ र मोन्टेज ओभरसिज प्रालिले चार हजार पाँच सय १३ लाई विदेश पठाएको विभागको तथ्यांक छ।
दसौं नम्बरमा साउन्ड लाइन्स रिक्रुटमेन्ट छ। यसले चार हजार तीन सय ३९ लाई विदेश पठाएको विभागले जनाएको छ।
एक वर्षमा सबैभन्दा थोरै कामदार पठाउनेमा सलाम टेक्निकल सर्भिस प्रालि छ। यसले एक तीन जनामात्र पठाएको छ। त्यसैगरी, एचआइपी ग्लोबल नेपाल, एचिभ, साकुरा म्यानपावर कम्पनीले एक वर्षमा चार–चारजनालाई विदेश पठाएका छन्।
विभागका अनुसार सयभन्दा कम कामदार पठाउने म्यानपावरको संख्या एक सय ६ छ। विभागमा दर्ता भएका म्यानपावर कम्पनीमध्ये तीन सय १८ म्यानपावर कम्पनीले एकजना कामदार पनि पठाएका छैनन्। विभागका अनुसार एक हजार ६२ वटा म्यानपावर कम्पनी विभागमा दर्ता छन्।
विभागका अनुसार गत आर्थिक वर्षको जेठ मसान्तसम्ममा व्यक्तिगत रुपमा ७३ हजार ९४ जनाले श्रम स्वीकृति लिएर विदेश गएका छन्।