अर्ब नाघ्यो सेयर कारोबार
०५ साउन २०७१
•
७ मिनेट पाठ
अर्ब नाघ्यो सेयर कारोबार
काठमाडौं- विभिन्न कम्पनीको सेयर कारोबार हुने स्टक एक्स्चेन्जमा सोमबार साँझ सेयर दलालहरू प्रशन्न मुद्रामा लड्डु बाँड्दै थिए। उनीहरूको खुसीको कारण थियो– एक अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार। नेपालमा सेयर कारोबार सुरु भएको २० वर्ष अवधिमा पहिलोपटक एक अर्ब नाघेको हो।स्टक एक्सचेन्जका अनुसार सोमबार १ अर्ब २० करोड ३१ लाख ५९ हजार रुपैयाँ बराबरका सेयर कारोबार भए। कुल ५ हजार ३ सय ४९ कारोबारबाट २१ लाख ७१ हजार ५ सय ८२ कित्ता सेयर किनबेच भएको स्टक एक्सचेन्जले जनाएको छ। अघिल्लो दिन आइतबार ९६ करोड रुपैयाँ बराबरका सेयर किनबेच भएका थिए।
स्टक एक्सचेन्जका महाप्रबन्धक सीताराम थपलियाले अनुकूल राजनीतिक तथा आर्थिक स्थितिले कारोबार बढाउन मद्दत गरेको बताएका छन्। संविधानसभाको दोस्रो निर्वाचनअघिदेखि नै बढ्न सुरु गरेको सेयर कारोबार निर्वाचनको नतिजापछि अझ आकासिँदै गएको उनले बताए। 'यो अवधिमा संख्यात्मक र कारोबार संख्या दुवै आधारमा वृद्धि हासिल भएको छ,' थपलियाले सोमबार नागरिकसँग भने।
उनका अनुसार अघिल्लो आर्थिक वर्षमा दैनिक औसत ९ करोड रुपैयाँ रहेको सेयर बजार गत सातादेखि एक अर्बकै हाराहारी पुगेर सोमबार १ अर्ब २० करोड नाघेको हो। अघिल्लो वर्ष २०७० साउन ५ गतेको सेयर कारोबार १७ करोड रुपैयाँ थियो।
यसरी निरन्तर बजार बढ्दा जोखिम हुनसक्ने भएकाले लगानीकर्ता सतर्क हुनुपर्ने थपलियाको सुझाव छ। 'अनावश्यक रूपमा बढ्दै गयो भने घट्न पनि सक्छ,' उनले भने, 'लगानीकर्ताले जोखिमतर्फ सतर्क हुँदै कम्पनीको अवस्था, मुद्रा बजारको प्रतिफल, पँुजी बजारको प्रतिफल तुलना गरेर लगानी गर्नुपर्छ।'
स्टक एक्सचेन्जका अनुसार संविधानसभा चुनावअघि दैनिक १२ करोड रुपैयाँको सेयर कारोबार हुँदै आएको थियो। चुनावपछि बढेर दैनिक ३० करोडभन्दा बढीको कारोबार हुन थाल्यो। असारयता दैनिक औसत कारोबार रकम ५० करोड माथि थियो।
सोमबार कारोबार भएका अधिकांश समूहका परिसूचक बढेकाले सेयर कारोबार मापन गर्ने परिसूचक नेप्से पनि उकालो लागेको छ। नेप्से ८.५६ अंक बढेर १०८३.५३ पुगेको छ। आइतबार नेप्से २९.०८ अंक बढेको थियो। 
२०६५ भदौमा हालसम्मकै उच्च बिन्दु ११७५ छोएको नेप्से त्यसयता लगातार घटेर २०७० वैशाखमा २९० सम्म ओर्लिएको थियो। दोस्रो संविधानसभाको चुनाव घोषणापछि निरन्तर उकालो लागेको नेप्सेले चुनावपछि वृद्धिको बाटो समातेको हो। 
ब्रोकर एसोसिएसनका अध्यक्ष नरेन्द्र सिजापतीले कारोबार रकम एक अर्ब नाघ्नु खुसीको कुरा भएको बताए। 
'हिजो नेप्से परिसूचक पलेँटी मारेर बसेको थियो, आज उठेको छ, भोलि हिँड्न सुरु गर्छ,' एक अर्ब कारोबार नाघेपछि सिजापतीले खुसी हुँदै भने। यसले बजार परिपक्व हुँदै अघि बढिरहेको पुष्टि भएको उनको भनाइ छ। 'कारोबार रकम र परिसूचक दुवै बढ्नुले बजार गतिशील रहेको देखाउँछ,' सिजापतीले थपे।
सेयर कारोबार वृद्धिलाई शंका गर्न नमिल्ने र कुनै जोखिम नरहेको उनले बताए। 'लगानीकर्ताले परिपक्व भएर कम्पनी छनोट गरी लगानी गरेका छन्, जोखिमको अर्काे फ्याक्टर छैन,' उनले भने। साउनमा धेरै कम्पनीको हिसाबकिताब सार्वजनिक हुने भएकाले बजार अझ वृद्धि हुने उनले बताए। बैंकको ब्याजदर बढ्दै गयो भने बजारलाई असर गर्ने उनको भनाइ छ।
हालको 'सिस्टम' मा सुधार गरिएकाले ठूलो परिमाणमा सेयर किनबेच भएको स्टक एक्सचेन्जले जनाएको छ। ठूलो कारोबार रकमसँगै नेप्से परिसूचकमा पनि सकारात्मक प्रभाव पर्दै आएको छ।
सोमबार होटल समूहको परिसूचक सबभन्दा उच्च अंक (३७.६३) ले बढेको छ। यसलाई विकास बैंक, कारोबारमा ठूलो हिस्सा ओगट्ने वाणिज्य बैंक र वित्त समूहले पछ्याएका छन्। जलविद्युत, बिमा र सेयर बजारकै ठूलो कम्पनी नेपाल टेलिकम सूचीकृत अन्य समूहका परिसूचक भने घटेका छन्। व्यापार र उत्पादनमूलक समूहबाट यस दिन कुनै कम्पनीको कारोबार भएन।
नेप्सेले सूचीकृत कम्पनीहरूलाई नौ समूहमा विभाजन गर्दै आएको छ। सोमबार १४७ कम्पनीको कारोबार भएकोमा १०२ को सेयर मूल्य बढेको छ। ७ कम्पनीको सेयर मूल्य स्थिर छ भने ३८ को घटेको छ।
कारोबार संख्या, सेयर कित्ता र रकमका आधारमा नेपाल बैंकले अग्रता लिएको छ। सोमबार नेपाल बैंकको ३३९ कारोबारबाट ६ लाख ३९ हजार ३ सय ६९ कित्ता सेयर कारोबार भए। कारोबार रकम ३० करोड ६१ लाख ५६ हजार रुपैयाँ रह्यो। 
डिप्रोक्स डेभलपमेन्ट बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक र कर्णाली विकास बैंकको सेयर मूल्य यस दिन उच्च दरमा बढेको छ। नेसनल लाइफ इन्स्योरेन्स, ओरेन्टल होटल्स र प्रिमियर इन्स्योरेन्स सेयर मूल्य घट्ने कम्पनीको सूचीमा अगाडि छन्। सोमबारको कारोबारबाट बजार पुँजीकरण ११ खर्ब ६ अर्ब ४६ करोड रुपैयाँ कायम भएको छ। यो अघिल्लो दिनको तुलनामा ९ अर्ब बढी हो। ६ वर्षअघि बजार उचाइमा पुग्दा बजार पुँजीकरण ६ खर्ब १२ अर्ब रुपैयाँ थियो।
अर्को समाचार
नेप्सेको उकालो यात्रा जारी, कारोबार रकम बढेर साढे ६ अर्ब नाघ्यो
०५ साउन २०८३
•
१ मिनेट पाठ
नेप्सेको उकालो यात्रा जारी, कारोबार रकम बढेर साढे ६ अर्ब नाघ्यो
कारोबार हुने साताको दोस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ। यो लगतार छैठौं दिनको वृद्धि हो। 

मंगलबार नेप्से परिसूचक ७.२५ अंकले बढेर २ हजार ७२६.४९ विन्दुमा बन्द भएको छ। यस दिन सेन्सेटिभ इन्डेक्स भने ०.१८ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.१९ अंकले बढेको छ। सेन्सेटिभ फ्लोट इन्डेक्स स्थिर रहेको छ।

नेप्से बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ। सोमबार ५ अर्ब ५१ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार कुल ६ अर्ब ६७ करोड १० लाख १७ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

आज ३४३ वटा स्टकको ७५ हजार १० पटक कारोबार हुँदा १ करोड ४९ लाख २४ हजार कित्ता सेयर किनबेच भएको हो।

कारोबारमा एभरेष्ट कलर लिमिटेडको सेयर मूल्य पुनः सकारात्मक सर्किट लेभलमा पुगेको छ। कम्पनीको सेयर मूल्य ५५ रुपैयाँ ८० पैसा बढेर ४२८ रुपैयाँ २० पैसा पुगेको छ।

त्यस्तै, कालंगा हाइड्रोको सेयर मूल्य करिब ७.५ प्रतिशत बढेको छ भने बोटलर्स नेपाल (बालाजु) को सेयर मूल्य पनि करिब साढे ७ प्रतिशतले वृद्धि भएको छ। अर्कोतर्फ ७ प्रतिशत नबिल डिबेञ्चर २०८९ को मूल्य सबैभन्दा धेरै ७.४४ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा रिडी पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। कम्पनीको मंगलबार ५५ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यसपछि आँखु खोला जलविद्युत कम्पनीको करिब ३१ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने रिलायन्स स्पिनिङ मिल्सको कारोबार रकम २७ करोड रुपैयाँभन्दा बढी रहेको छ।

मंगलबार कारोबार भएका १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूह घटेका छन्। व्यापार उपसमूह सबैभन्दा धेरै २.८८ प्रतिशतले बढेको छ।

त्यस्तै, अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढ्दा बैंकिङ, लगानी तथा उत्पादन तथा प्रशोधन उपसमूहमा सामान्य वृद्धि देखिएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस