पोखरा-तीन वर्षअघि पोखरामा यस बेला तरकारीको भाउ छोइनसक्नु थियो। तरकारीकै कारण भान्छा महँगो भएको गुनासो सुनिन्थ्यो। यसपटक यही सिजनमा तरकारी निकै सस्तिएको छ।व्यवसायीका अनुसार पोखरामा हत्पति तरकारीको भाउ घट्दैन। घट्दा पनि थोरैमात्र। बर्खामा त भाउ घट्ने कल्पना पनि गर्न सकिँदैन। तर तीन वर्षअघिको तुलनामा अहिले अधिकांश तरकारीको भाउ करिब आधा भएको व्यवसायीको भनाइ छ। (तीन वर्षको मूल्य बक्समा)
कृषि उपज बजार सञ्चालक समिति प्रमुख रुपा जिसीका अनुसार स्थानीय उत्पादन बढेकाले तरकारी सस्तिएको हो। थोक बजारबाट खुद्रा हुँदै उपभोक्तासम्म पुग्दा कम्तीमा २० प्रतिशत मूल्य थपिने पनि उनले बताइन्। ‘तीन वर्षअघिसम्म बर्खामा पोखरामा भारतीय तरकारी निकै आउँथ्यो, यसपटक आएको छैन,' उनले भनिन्, ‘स्थानीय उत्पादनले राहत दिएको छ। भारतीय तरकारी ल्याउँदा महँगो पर्छ।'
पोखरामा दुई दशकदेखि तरकारी व्यापार गरिरहेका व्यवसायी रामकृष्ण दुवाडी पनि यसपालि भाउ निकै घटेको बताउँछन्। दुवाडीका अनुसार यसपालि असारदेखि भाउ घट्न थालेको हो। अहिलेसम्म बढेको छैन। ‘तीन वर्षअघि यो बेला तरकारी छोइनसक्नु महँगो थियो,' उनले भने, ‘तर यसपटक मूल्य बढेन। यसले उपभोक्तालाई राहत दिएको छ।'
यो बर्खामा अधिकांश तरकारी सस्तिएको उनको अनुभव छ। भाउ घट्नुमा स्थानीय उत्पादन बढ्नु नै मुख्य कारक रहेको उनले बताए।
‘पछिल्लो समय स्थानीयस्तरमा तरकारी उत्पादन बढ्दै गएको छ। यसले गर्दा बाहिरबाट कम भित्रिएको छ। उत्पादन बढेपछि मूल्य घटेको हो,' उनले भने, ‘स्थानीय तरकारीले यो बेला बजारको ठूलो माग पूरा गरेको छ। छिमेकी जिल्लाबाट भित्रिएको तरकारीले पनि राहत दिएको छ।'
‘भारतबाट ल्याउन नपरेपछि सस्तो हुने नै भयो। उताबाट ल्याउँदा ढुवानी खर्च बढी पर्छ, अनि मूल्य बढ्छ,' उनले भने, ‘स्थानीय उत्पादन बढेपछि भारतबाट ल्याउनु परेन। यसले गर्दा सस्तो भयो।'
जिल्ला कृषि विकास कार्यालयका प्रमुख रमेशप्रसाद कोइराला यो वर्ष पानी कम परेकाले तरकारी राम्रो फलेको बताउँछन्। पानी बढी हुँदा तरकारीको फूल फूल्ने र परागसेचन प्रणालीमा असर पर्ने उनको भनाइ छ। ‘तरकारीको जरामा पानी जम्यो भने यसले वृद्धिमा असर पुर्यारउँछ। फूल फूल्ने र परागसेचनमा नै असर पार्छ,' उनले भने, ‘यसले उत्पादन घटाउँछ।'
वर्षायाममा लहरे तरकारीको मात्र उत्पादन बढी हुने गरेको र ठूलो वर्षाले लहरे तरकारीलाई निकै असर पार्ने उनले बताए। ‘पानी जमेपछि बिरुवा नै मर्छ। टनेलभित्र गरिएको खेतीलाई खासै असर गर्दैन,' उनले भने। तरकारीको भाउ घट्नुमा स्थानीय उत्पादनले साथ दिएको पनि उनले बताए।