काठमाडौं-सरकारले तीनवटा देशसँग श्रम सम्झौता गर्न यसको संशोधित मस्यौदा दोस्रोचोटि पठाएको छ। लामो समयदेखि श्रम सम्झौता गर्न पहल भएका मुलुक साउदी अरब, कुवेत र मलेसियामा संशोधित मस्यौदा पठाएको श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले बताए।‘हामीले मस्यौदा पठाइसकेका छौं, सम्बन्धित देशबाट अनुमोदन भएर आयो भने सम्झौतामा हस्ताक्षर हुन्छ,' उनले नागरिकसँग भने। यसअघि पनि सम्झौताको मस्यौदा पठाएर पहल गरिएको थियो। अहिले प्रारम्भिक मस्यौदामा केही संशोधन गरेर पठाइएको छ।
वैदेशिक रोजागारीमा जाँदा धैरै खर्च गर्नुपर्ने बाध्यता हटाउन ती मुलुकसँग श्रम सम्झौता गर्न लागिएको गुरुङले बताए। गन्तव्य मुलुकले निःशुल्क भिसा उपलब्ध गराउनुपर्ने गरी सम्झौता गर्ने गुरुङले जानकारी दिए। यसो हुन सके नेपाली कामदार लाभान्वित हुने उनको भनाइ छ। कामदारको लागत खर्च घटाउन छनोट प्रक्रियामा हाल भइरहेको अस्वस्थ प्रतिस्पर्धा र बिचौलियाको संलग्नता निरुत्साहित गर्न आवश्यक व्यवस्थासमेत मिलाइने उनले बताए।
अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को प्रावधानअनुसार कामदारको सेवा, सुविधा, हक, अधिकार र सुरक्षाका लागि कामदार पठाउने र रोजगारी दिने मुलुकबीच सम्झौता हुनुपर्छ। नेपालले कतार, युएई, बहराइन, जापान र दक्षिण कोरियासँग मात्र श्रम सम्झौता गरेको छ।
मन्त्री गुरुङले वैदेशिक रोजगारीमा जाने नेपालीले गन्तव्य मुलुकमा भोग्नुपरेको दुःख, खासगरी सम्झौताबमोजिम पारिश्रमिक नपाउने, कार्यस्थल उपयुक्त नहुने, आवासको उचित प्रबन्ध नहुने, फरक संस्कृति र वातावरणमा घुलमिल हुन अप्ठेरो हुने, कार्यस्थल तथा सडकमा दुर्घटना परी अंगभंग र ज्यानसमेत गुमाउनुपर्ने जस्ता अवस्था न्यूनीकरण गर्न सरकार संवेदनशील रहेको बताए।
सरकारले महिला घरेलु कामदारको विषयमा पनि छुट्टै श्रम सम्झौता गर्ने तयारी गरेको छ। वैदेशिक रोजगारमा जाने महिलाको विशेष सुरक्षा र रोजगारीमा उनीहरुको पहुँच बढाउन सरकारले नीति बनाएको उनले बताए। यस विषयमा राज्यले केही सकारात्मक कदम चाले पनि प्रलोभनमा परी गैरकानुनी बाटोबाट रोजगारीमा जाने प्रवृत्ति अपेक्षाकृत रुपमा निरुत्साहित गर्न नसकिएको उनले बताए। यसको लागि संरक्षणमुखीभन्दा अधिकारमुखी अवधारणाबाट महिलाको सशक्तीकरण गर्नुपर्छ भन्ने अवधारणामा सरकार सहमत रहेको गुरुङले बताए।
महिला कामदार विदेशमा घरेलु कामको लागि सुरक्षित रुपमा जाने वातावरण बनाउन र तिनको हक, हित र सुरक्षाको विशेष व्यवस्था गर्न छुट्टै सम्झौता गर्न गृहकार्य थालेको जानकारी दिए।
साउदी अरबसँग छिट्टै नै छुट्टाछुट्टै श्रम सम्झौता हुने उनले बताए। साउदीसँग गर्न लागिएको सम्झौतामा निःशुल्क भिसा, बैंक खातामा पारिश्रमिक जम्मा गर्ने व्यवस्था, दिनहँा अर्काको घरभित्र काम गर्दा हुने तनाव घटाउन नेपालीहरुबीच भेटघाटको अवसर दिने जस्ता प्रावधान राखेर पठाइएको छ। त्यसैगरी, आत्मविश्वास बढाउने खालको वातावरण प्रदान गर्न गन्तव्य मुुलुकका सहरमा सामुदायिक मिलन केन्द्र स्थापना गरी हप्ताको एकपटक त्यहाँ सहज रुपमा जान पाउने प्रावधान पनि साउदी पठाएको मस्यौदामा रहेको उनले बताए। उनका अनुसार यस्तै व्यवस्था अन्य गन्तव्य मुलुकमा समेत गर्न पहल गरिने छ।