काठमडौं- विश्व बजारमा नेपाली फेल्ट उत्पादनको माग बढ्न थालेपछि यसको निर्यातमा सुधार आएको छ। करिब १५ वर्षको अवधिमा पाँच अर्ब ३५ करोडा रुपैयाँभन्दा धेरैको नेपाली फेल्ट उत्पादन निर्यात भएको छ।
'नेपाली फेल्ट उत्पादनको माग बढ्दै गएको छ,' नेपाल फेल्ट उद्योग संघ (एफआइएएन) का अध्यक्ष नरेशलाल श्रेष्ठले भने, 'यो वर्ष एक अर्ब रुपैयाँको निर्यात गर्न सफल भएका छौं।' यो अघिल्लो आर्थिक वर्षको भन्दा १२.७ प्रतिशतले बढी हो।
उनका अनुसार २०६३ सालदेखि नेपाली फेल्ट उत्पादनको अन्तराष्ट्रिय बजारमा माग बढ्न थालेको हो। नेपालबाट निर्यात हुने टेक्सटाइलमा फेल्ट तेस्रो र सम्पूर्ण ह्याडिक्राफ्टस्मा चौथो नम्बरमा निर्यात हुने तथ्यांक संघसँग छ। यो ऊनका उत्पादन र पश्मिनापछि निर्यात हुने वस्तुमा पर्छ।
नेपाली फेल्ट उत्पादन युरोपेली मुलुक, अमेरिका, जापान, अस्ट्रेलियामा धेरै निर्यात हुन्छ। सरकारी तथ्यांकमा हुने निर्यातबाहेक नेपालमा आएका पर्यटकले पनि फेल्ट धेरै किन्ने र स्याम्पलका रुपमा पनि विदेश जाने गरेको श्रेष्ठले बताए।
वर्षौंदेखि फेल्ट उत्पादन भए पनि औपचारिक रुपमा नेपाली फेल्ट उद्योग संघ स्थापना भएको १५ वर्ष पुगेको र यो अवधिमा यसले नेपालको आर्थिक उन्नतिमा ठूलो सहयोग गरेको बताए।
कच्चा पदार्थ विदशेबाट आयात गर्नुपर्ने भएकाले यसमा लगानी धेरै हुने श्रेष्ठले बताए। नेपालमा फेल्ट सामग्री उत्पादनको लागि न्युजिल्यान्डबाट भेडाको ऊन कच्चा पदार्थका रुपमा आयात गरिन्छ। केही मात्रामा अस्ट्रेलियाबाट पनि आउँछ। नेपालमा भेडाको ऊन न्यून मात्रामा उत्पादन हुने र त्यो पनि धेरै बाक्लो हुने भएकाले नेपाली कच्चा पदार्थ प्रयोग नभएको श्रेष्ठले बताए। वर्षमा लगभग ३० देखि ४० करोडको कच्चा पदार्थ आयात हुने उनले जानकारी दिए। न्युजिल्यान्डको भेडाको ऊन लामो र पातलो हुने भएकाले फेल्टलाई राम्रो मानिन्छ।
नेपालमै भेडा पालेर फेल्टको कच्चा पदार्थ ऊन उत्पादन गर्ने हो भने न्युजिल्यान्डबाट उन्नत नश्लको ब्याडे भेडा ल्याएर पाल्नुपर्ने श्रेष्ठले बताए।
अहिले नेपालमा सय हाराहारी फेल्ट उद्योग सञ्चालनमा रहेको फेल्ट संघको तथ्यांकमा छ। यी उद्योगलाई साना, ठूला र निर्यात कम्पनी गरी तीन भागमा वर्गीकरण गरिएको छ। घरमै खोलिएका साना फेल्ट उद्योगले १० जनासम्मलाई रोजगारी दिएका छन्।। ठूला उद्योगले २० देखि ६ सयसम्मलाई रोजगारी दिएका छन्। तीन दर्जन हाराहारीमा ठूला फेल्ट उद्योग चलिरहको संघले जनाएको छ। फेल्ट निर्यात कम्पनीले ती उद्योगबाट उत्पादन भएका सामान विश्व बजारमा पुर्यााइरहेका छन्।
केही समयअघि 'फिनिस्ड प्रोडक्ट'का रुपमा पनि नेपाली फेल्ट विदेश निर्यात हुने गरेको थियो। तर भन्सारमा कच्चा पदार्थ भनेर रोकिएपछि यसको निर्यात बन्द भएको उनले बताए। 'विदेशबाट ल्याएको कच्चा पदार्थलाई रंगरोगन गरेर बनाइएको सामान हो,' श्रेष्ठले भने, 'यो खासमा कच्चा पदार्थ होइन।'
श्रेष्ठका अनुसार यी उद्योगमा लगभग २० हजारजनाले रोजगारी पाएका छन्। तीमध्ये बढीमा १० प्रतिशतमात्र पुरुष छन्। महिलाले मात्र चलाइरहेको उद्योगमा अधिकांश उच्च शिक्षाबाट बन्चित व्यक्ति संलग्न छन्। २० प्रतिशतमात्र शिक्षित युवा रहेको संघको तथ्यांकमा उल्लेख छ।
करिब २० वर्षअघि स्विट्जरल्यान्ड र जर्मनीका डिजाइनरले नेपालमा फेल्ट उत्पादन गर्न सिकाएको श्रेष्ठले बताए। एसोसिएसन अफ क्राफ्ट प्रोडक्ट कम्पनीबाट सञ्चालित ढुकुटी क्राफ्टमा उनीहरूले फेल्ट उत्पादन गर्न सिकाएका थिए।
के हो फेल्ट?
शब्द नयाँ जस्तो लागे पनि यो पुरानो उत्पादन हो। खासगरी जनावरको रौंबाट बनाइने सामान हो। यसमा भेडाको ऊन प्रयोग गरिन्छ। ऊनलाई साबुन र पानीमा घोलेर टेलुलमा राखेर उत्पादन गर्ने सामानको आकार निकालिन्छ।
यो नेपालको परम्परागत कला हो। पहिले हिमाली क्षेत्रमा राडीपाखी बनाउने चलन थियो। त्यही प्रविधिबाट बनेका झोला, जुत्ता, कार्पेट, विभिन्न खेलौना, पर्स, साँचोको छल्ला, टोपी, सजावट सामग्रीलाई फेल्ट उत्पादनको नामले चिनिन्छ।