काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले पछिल्लो तीन महिनामा तीन दर्जन अन्तर्राष्ट्रिय उडान रद्द गर्दा ३७ करोड रुपैयाँबराबरको आम्दानी गुमाएको छ। यो रकम करसहित हो। निगमले हाल हङकङ, थाइल्यान्डको बैंकक, मलेसियाको क्वालालम्पुर र कतारको दोहा उडान गरिरहेको छ। १ सय ९० सिट क्षमताका दुईवटा बोइङ ७५७ जहाजबाट निगम ती गन्तव्य गइरहेको छ।
'अधिकांश उडान रद्द हुनुमा यात्रु अभाव प्रमुख रूपमा देखिएको छ, यसको मूल कारण निगमको बजारीकरण प्रभावकारी नभएको भन्ने बुझिन्छ,' निगमसम्बद्ध स्रोतले बिहीबार नागरिकसँग भन्यो, 'यसबाट के निष्कर्ष निस्कन्छ भने निगम व्यवस्थापन कमजोर रहेको छ।'
निगममा भएको पछिल्लो उडान रद्दसम्बन्धी नागरिकलाई प्राप्त तथ्यांकअनुसार गत वैशाख दोस्रो साताबाट साउन दोस्रो सातासम्मका उडान रद्द भएका छन्। उक्त अवधिमा निगमले हङकङका १५, दोहाका १०, क्वालालम्पुरका नौ र बैंककका दुई उडान रद्द गरेको थियो। तीमध्ये वैशाख दोस्रो साताबाट मसान्तभित्र तीन, जेठमा नौ, असारमा १३ तथा साउन दोस्रो साताभित्र ११ उडान रद्द भएका हुन्।
सम्बद्ध अधिकारीका अनुसार निगमले काठमाडौंबाट हङकङ दुईतर्फी उडान गर्दा प्रतियात्रु ६४ हजार रुपैयाँ लिने गरेको छ। यो सस्तो भाडा हो। महँगो भाडा भने ६९ हजार ६ सय रुपैयाँ पर्छ। त्यस्तै दोहा दुईतर्फीका लागि ४९ हजार ६ सय, क्वालालम्पुर दुईतर्फी ४७ हजार ९ सय र बैंकक दुईतर्फी सस्तोमा ३२ हजार र महँगोमा ३४ हजार रुपैयाँ तोकिएको छ। यी सबै भाडा दर करबाहेक हुन्।
यी भाडा दर हिसाब गर्दा निगमले तीन महिनामा ३७ करोड ७ लाख ९ हजार रुपैयाँ आम्दानी चोखो गुमाएको छ। सस्तो भाडामा हिसाब गर्दा पनि निगमले हङकङ सेक्टरबाट मात्र १८ करोड २४ लाख रुपैयाँ गुमाएको छ। यो सेक्टरमा प्रतिउडान १ सय ९० (पूर्ण) यात्रु हुँदा १ करोड २१ लाख ६० हजार रुपैयाँ आम्दानी हुने गर्छ। यसमा १५ उडान रद्द भएका थिए। त्यस्तै दोहा सेक्टरका १० उडान रद्द हुँदा ९ करोड ४२ लाख ४० हजार रुपैयाँ गुमेको छ। निगमले यो सेक्टरमा प्रतिउडान ९४ लाख २४ हजार आम्दानी गर्ने गर्छ।
त्यसैगरी क्वालालम्पुर सेक्टरका नौ उडान रद्द गरेको थियो। प्रतिउडान ९१ लाख १ हजारका दरले गएको तीन महिनामा ८ करोड १९ लाख ९ हजार रुपैयाँबराबरको आम्दानी गुमाएको छ। बैंकक सेक्टरबाट भने दुई उडान रद्द गर्दा १ करोड २१ लाख ६० हजार गुमाएको छ। यो सेक्टरमा प्रतिउडान सस्तो भाडा दर हिसाब गर्दा पनि ६० लाख ८० हजार रुपैयाँ आम्दानी हुने गर्छ। निगमले प्रत्येक टिकटका लागि एजेन्टलाई पाँच प्रतिशत कमिसन दिने गरेको छ।
स्रोतका अनुसार तीन महिनामा रद्द भएका ३६ मध्ये ३३ उडान 'कमर्सियल' (यात्रु अभाव) का कारण भएका थिएनन्। बाँकी तीनमा प्राविधिक, मर्मत र ढिलो (डिले) का कारण उडान रद्द भएका थिए। उडान रद्द हुँदा यात्रुलाई स्वेदश तथा विदेशका होटलमा राख्दा, अन्य वायुसेवा कम्पनीका जहाजमा पठाउँदा (अधिकांश बेला यसरी पठाउँदा अन्य कम्पनीले बढी भाडा लिने गर्छन्) लाग्ने खर्च छुट्टै छ। यसको हिसाब हुन बाँकी छ।
'छोटो समयमा यति ठूलो (३७ करोड) आम्दानी गुमाउने व्यवस्थापनलाई कारबाही गर्ने कसले हो?,' स्रोतले भन्यो, 'संसदको सार्वजनिक लेखा समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसबारे छानबिन गर्नु आवश्यक छ।'
पाइलटकै कारण उडान रद्द भयो भने कारबाही गर्ने निगम व्यवस्थापनले कमर्सियल विभाग, इन्जिनियरिङ विभाग वा आफ्नै कारण उडान रद्द हुँदा भने मौन बसेको निगमका एक वरिष्ठ क्याप्टेनले आरोप लगाए। 'यसको जिम्मेवारी कसले लिन्छ?,' आफ्नो नाम उल्लेख नगर्ने सर्तमा उनले भने, 'पछिल्लो तीन महिनामा भएका तीन दर्जन उडान रद्दको घटनाले के पुष्टि गर्छ भने व्यवस्थापनलाई जे गरे पनि छुट छ।'
निगमले हाल दुई ठूला जहाजबाट सातामा १७ उडान गरिरहेको छ। जसअन्तर्गत क्वालालम्पुर दैनिक एक उडान रहेको छ। त्यस्तै दोहाका लागि सातामा चार, हङकङ सातामा तीन तथा बैंककका लागि सातामा दुई उडान गरिरहेको छ। क्वालालम्पुरबाट सातामा ६ करोड ३७ लाख ७ हजार, दोहाबाट ३ करोड ७६ लाख ९६ हजार, हङकङबाट ३ करोड ६४ लाख ८० हजार तथा बैंककबाट सातामा १ करोड २१ लाख ६० हजार रुपैयाँ आम्दानी गर्छ। निगमले प्रत्येक साता १५ करोड ४३ लाख रुपैयाँ आम्दानी गर्ने गर्छ।
'योजनाविहीन व्यवस्थापन, विज्ञता शून्य र एकदेखि बाह्र तह (महाप्रबन्धक) सम्मका कर्मचारी बिहान १० देखि साँझ ५ बजेसम्म बिनायोजना जागीरमात्र खाने काम गरिरहेका छन्,' स्रोतले प्रश्न गर्योब, 'यसरी निगम कहिले उँभो लाग्छ?'
इन्जिनियरिङमा पुनः पहाडी
नेपाल वायुसेवा निगम व्यवस्थापनले इन्जिनियरिङ विभागको निमित्त निर्देशकमा पुनः अच्युतराज पहाडीलाई नियुक्त गरेको छ। प्रभाष कर्माचार्यलाई अन्य विभागमा सरुवा गरेर पहाडीलाई इन्जिनियरिङ विभागको जिम्मेवारी दिइएको हो।
२०६८ असार दोस्रो साता २५ भारतीय नागरिकलाई 'एयरक्राफ्ट मेन्टिनेन्स टेक्निसियन' पदमा नियुक्ति गर्दा पहाडीको संलग्नता पुष्टि भएको थियो। त्यसपछि निलम्बनमा परेका पहाडीलाई निगम सञ्चालक समितिले एक वर्षपछि २०६९ असार पहिलो साता 'क्लिन चिट' दिएको थियो।