लुम्बिनी प्रदेशको बजेट भोलि
१९ असोज २०७८
•
१ मिनेट पाठ
लुम्बिनी प्रदेशको बजेट भोलि
प्रतिस्थापन विधेयकमार्फत लुम्बिनी प्रदेश सरकारले बुधबार नयाँ बजेट ल्याउने भएको छ। बुधबार बस्ने लुम्बिनी प्रदेशसभाको बैठकमा सरकारका तर्फबाट आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले बजेट पेश गर्नेछन्।




एमाले नेता शंकर पोखरेल नेतृत्वको अघिल्लो सरकारले चालु आर्थिक वर्ष २०७८/७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो। प्रतिपक्षी दलहरूको असहयोगका कारण बजेट पारित हुन नसकेपछि तत्कालिन सरकारले अध्यादेशमार्फत बजेट ल्याएको थियो।

तर, २८ साउनमा माओवादी केन्द्रका कुलप्रसाद केसी नेतृत्वमा कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद अजय शाहीसमेतको गठबन्धन सरकार बनेपछि बजेट कार्यान्वयन हुन सकेको थिएन। नयाँ सरकार गठन भएको दुई महिना पुग्न लाग्दासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन र नयाँ बजेट ल्याउन नसकेपछि सरकारको चर्को आलोचना हुँदै आएको छ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री खड्काका अनुसार अध्यादेशबाट ल्याइएको बजेटलाई संशोधन गरेर केही नयाँ कार्यक्रम थप गरी बजेट ल्याउन लागिएको हो। ‘अघिल्लो सरकारले ल्याएको बजेटमा आफूहरूको धेरै विषययमा असहमति रहेकाले भोलि बस्ने प्रदेशसभा बैठकमा बजेट पेश गर्ने तयारी गरेका छौं’, उनले भने। अबको बजेट नयाँ योजना र कार्यक्रमसहित आउने खड्काले जानकारी दिए।

प्रतिस्थापन विधेयकमार्फत ल्याउन लागिएको बजेटमा लुम्बिनी प्रदेश बैंक स्थापना, मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम, बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटन प्रर्वद्धनका लागि बहु–साँस्कृतिक डबली निर्माण तथा निजी क्षेत्रसँगको सहकार्यमा स्थानीय कच्चा पदार्थमा आधारित मायाको चिनो तथा उपहार सामग्री उत्पादन उद्योग स्थापना लगायतका नयाँ कार्यक्रम समेटिने छन्।
अर्को समाचार
स्पन्ज आइरनको शून्य भन्सारमा विवाद
२८ भदौ २०७८
•
४ मिनेट पाठ
स्पन्ज आइरनको शून्य भन्सारमा विवाद
सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको संशोधित आर्थिक ऐनमा स्पन्ज आइरन आयात गर्दा लाग्ने भन्सार शुल्क शून्यमा झार्ने निर्णय विवादमा आएको छ। स्पन्ज आइरन प्रयोग गर्ने स्टिल उद्योगले यो निर्णयको स्वागत गरेका छन् भने प्राइम बिलेट प्रयोग गर्ने उद्योगीले विरोध गरेका छन्।




सरकारले अध्यादेशमार्फत बजेटमा पत्रु (स्क्राप) पगालेर फलामे छड उत्पादन गर्ने र त्यसमा मिसाउन चाहिने कच्चा पदार्थ (स्पन्ज आइरन) आयात गर्दा लिँदै आएको करिब ५ प्रतिशत अन्तःशुल्क शून्यमा झार्ने निर्णय गरेको थियो। सरकारको यो निर्णयले एक थरी उद्योगीले स्वदेशमा लगानी वृद्धि, रोजगारी सिर्जना र विद्युत खपत् गर्न सघाउ पुग्ने दाबी गरेका छन् भने अर्काथरी उद्योगीले बहुसंख्यक स्टिल उद्योग धराशयी हुने बताएका छन्। सरकारको यो निर्णयले पत्रु गाल्ने उद्योगलाई फाइदा र विदेशबाट प्राइम बिलेट ल्याएर डन्डी उत्पादन गर्ने उद्योगलाई घाटा पुगेको गुनासो गरेका छन्।

अध्यादेशमा सोझै बिलेट आयात गर्दा ४.७५ प्रतिशत भन्सार शुल्क लिने व्यवस्था गरिएको छ। स्पन्ज आइरनको भन्सार शुल्क शून्यमा झारिएको छ। आयातित बिलेटको अन्तःशुल्क प्रतिकिलो एक रूपैयाँ ६५ पैसाबाट बढाएर दुई रूपैयाँ ५० पैसा कायम गरिएको छ। यसअघि स्पन्ज आइरन र स्टिल बिलेटको आयातमा लाग्ने अन्तःशुल्क प्रतिकिलो एक रूपैयाँ ६५ पैसा थियो। बिलेट आयात गर्दा प्रतिटन एक हजार ६ सय ५० रूपैयाँबाट वृद्धि गरी दुई हजार पाँच सय अन्तःशुल्क पुर्‍याएको छ। सरकारको निर्णयले स्पन्ज आइरन आयात गर्दा लाग्ने अन्तःशुल्क शून्यमा झरेको छ।

मुुलुकमा साना ठूला गरी ३० वटा फलामे छड उत्पादन गर्ने उद्योग छन्। तीमध्ये ६ वटा उद्योगले पत्रु बाट र २४ उद्योगले प्राइम बिलेट आयात गरेर डण्डी उत्पादन गर्दै आएका छन्। कवाडी र स्पन्ज आइरनबाट बिलेट बनाउने उद्योगीलाई सरकारको निर्णयले लाभ पुगेको छ। विदेशबाट बिलेट ल्याउने उद्योगले स्वदेशमै स्क्रापबाट बिलेट बनाउने उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्ने भन्दै निर्णय फिर्ता लिन सरकारलाई दबाब दिएका छन्।

स्पन्ज आइरनलाई मात्र छुट दिँदा सोझै बिलेट प्रयोग गरी उत्पादन गरिने डण्डी स्वतः महगो हुन जाने र बहुसंख्यक डण्डी उद्योगले प्रतिस्पर्धा गर्न नसक्ने नेपाल स्टिल रोलिङ मिल्स एसोसिएसनले जनाएको छ। एसोसिएसनले सरकारी निर्णयमा विरोध जनाएको छ।

सरकारको निर्णयले विदेशबाट बिलेट ल्याएर रड उत्पादन गर्ने उद्योग धराशयी हुने नेपाल स्टिल बिलेट उत्पादक संघका उपाध्यक्ष किरण शाखःले बताए। ‘६ वटा उद्योगको पक्षमा निर्णय गर्दा २४ वटा उद्योग बन्द हुने अवस्थामा पुग्छन्,’ शाखले भने, ‘सरकारले विभेदकारी निर्णय तुरुन्त फिर्ता लिनुपर्छ।’

स्पन्ज आइरनमा मात्र छुट दिँदा बिलेट ल्याएर डण्डी उत्पादन गर्दै आएका उद्योगले डण्डी उत्पादन गर्दा प्रतिकिलो पाँच देखि ६ रूपैयाँसम्म महँगो हुने बताएका छन्। प्राइम बिलेट देशमा उत्पादन नहुने हुँदा विदेशबाट आयात गर्नुपर्ने बाध्यता रहेको उनीहरूको तर्क छ। अध्यादेशले गर्दा ६ वटा उद्योग यसबाट लाभान्वित हुने देखिए पनि बाँकी २४ उद्योगलाई प्रत्यक्ष असर परी विस्थापित हुने अवस्था आउने एसोसिएसनको दाबी छ।

सरकारको निर्णयविरुद्ध विदेशबाट बिलेट ल्याएर डण्डी उत्पादन गर्ने उद्योग आन्दोलित भएका छन्। ती उद्योगले आयातित सामानको भन्सार छुटाउने कार्य तथा उद्योगबाट उत्पादित फलामे छड बिक्री वितरण रोकेको जनाएका छन्।

दुईथरी कच्चा पदार्थ प्रयोग गर्ने स्टिल उद्योगमध्ये स्पन्ज आइरन आयात गरेर प्रयोग गर्ने उद्योगलाई मात्र सरकारले संरक्षण गर्ने नीति लिएको भन्दै प्राइम बिलेट प्रयोग गर्ने उद्योगीले अर्थमन्त्री जनार्दन शर्माको ध्यानाकर्षण गराएका थिए। स्पन्ज आइरनको मात्र भन्सार शुल्क घटाउँदा अरू उद्योगीले प्रतिस्पर्धा गर्न नसक्ने भन्दै निर्णय पुनर्विचार गर्न अर्थमन्त्रीलाई दबाब दिएका हुन्। स्वदेशमा नै बिलेट उद्योग सञ्चालन गर्न प्रोत्साहित गर्न यस्तो नीति ल्याएको भए पनि अर्को पक्ष समस्या परेको भन्दै अर्थमन्त्री शर्माले निर्णयमा पुनर्विचार गर्ने आश्वासन दिएको उद्योगीले बताएका छन्।

यता स्क्रापबाट बिलेट उत्पादन गर्दै आएका उद्योगीले भने भन्सार शून्यमा झार्ने निर्णयको स्वागत गरेका छन्। स्टिल बिलेट उत्पादनलाई प्रोत्साहन गर्न स्पन्ज आइरन आयातमा भन्सार शून्य दिने नीति स्वागतयोग्य भएको नेपाल स्टिल बिलेट उत्पादक संघले जनाएको छ। स्पन्ज आइरन आयातमा लाग्दै आएको ५ प्रतिशत भन्सारलाई शून्यमा झार्दा स्वदेशी डण्डी उद्योगमा लगानी समेत वृद्धि हुने संघले जनाएको छ। विधेयकले मुलुकभित्र बिलेट उद्योग खोल्ने वातावरण सिर्जना गरेको र यसले दीर्घकालीन फाइदा हुने बताएका छन्। स्टिल बिलेट उत्पादक संघले स्वदेशमै बिलेट उद्योग खुल्ने क्रम बढ्ने र यसले मुलुकको अर्थतन्त्रमा टेवा पुर्‍याउने जनाएको छ। 
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ६ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १२ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस