झापा– विद्युतीय ऊर्जा संकटले मुलुक थलिँदै जाँदा त्यसका वैकिल्पक स्रोतमा लगानी पनि बढ्दै गएको छ। ऊर्जाको एउटा स्रोत मानिने पत्थर कोइलाको आयात बर्सेनि बढिरहेको छ।
मुलुकको पूर्वी नाका काँकडभिट्टा हुँदै नेपाल भित्रने वस्तुमध्ये सबैभन्दा धेरै परिमाणमा पत्थर कोइला आयात हुने गरेको छ। मेची भन्सार कार्यालय काँकडभिट्टाले केही वर्षयता हरेक आर्थिक वर्षमा मुख्य आयात वस्तु कोइला हुने जनाएको छ। कार्यालयका अनुसार आव २०७०/०७१ मा ४ अर्ब १२ करोड रुपैयाँको कोइला यस नाकाबाट आयात भएको छ।
आव २०६९/७० मा ३ अर्ब ४१ करोडको कोइला आयात भएको थियो। नेपालमा सञ्चालित सिमेन्ट उद्योग, चिया उद्योगहरुले ऊर्जाको वैकल्पिक स्रोतको रुपमा कोइला प्रयोग गर्न थालेपछि यसको आयात पनि ह्वात्तै बढेको हो । 'विद्युतीय ऊर्जामा कलकारखानाहरु भर पर्न सक्ने अवस्था छैन', मेची उद्योग वाणिज्य संघका अध्यक्ष विजय डालमिया भन्छन् 'कोइलाले काम चलाउने उद्योगहरुले अचेल अत्यधिक खपत गर्छन् । त्यसैले यसको कारोबार बढेको हो ।' उनका अनुसार सिमेण्ट र चिया कारखानामा कोइला खपत अधिक छ ।
व्यवसायीहरुका अनुसार पूर्वोत्तर भारतको आसाम, मेघालय लगायतका राज्यमा रहेका कोइलाखानीबाट नेपाली आवश्यकता पूर्ति हुँदै आएको छ। लगातारको लामो लोडसेडिङले हैरान बनेका उद्योगहरुले विकल्पमा कोइलाको प्रयोग बढाएका हुन् । केही वर्ष अघिसम्म झापाका चिया उद्यमीले धानको भुसले ऊर्जा संकट टार्ने गरेका थिए । अहिले कोइलाबाट त्यसको पूर्ति गर्न थालेका हुन् ।
मेची भन्सार कार्यालयका प्रमुख मुक्तिप्रसाद पाण्डेका अनुसार पूर्वी नाकाबाट नेपाल भित्रिने दोस्रो मुख्य वस्तुमा सुपारी रहेको छ । २०७०/०७१ मा २ अर्ब ३० करोड १९ लाख रुपैयाँको सुपारी भित्रिएको मेची भन्सार कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०६९/७० मा ५३ करोडको मात्र सुपारी आयात भएको थियो ।
सरकारले आयात गर्न दिने र मुलुकभित्र खपत असम्भव हुने भएका कारण तेश्रो मुलुकबाट आयातित सुपारी भारततिरै तस्करी भएर जाने गरेको छ । केही बर्ष यता सुपारी भारत लैजान नदिन कडाई गरिए पनि त्यसको आयात भने बिगत दुई बर्षमा ४ गुणा बृद्धि भएको छ ।
त्यस्तै धेरै आयात हुने अन्य वस्तुमा जुट र पेट्रोलियम पदार्थ रहेको छ।
आर्थिक वर्ष २०७०/७१ मा १ अर्ब ३० करोडको जुट नेपाल भित्रिएको छ। २०६९/७० मा १ अर्ब ५५ करोडको आयात भएको जुट गत आवमा घटेको छ ।
आर्थिक वर्ष २०७०/०७१ मा काँकरभिट्टा नाका भएर पेट्रोलियम पदार्थ ९६ करोड १४ लाख ३४ हजार रुपैयाँको आयात भएको छ । जसमा डिजेल, पेट्रोल, एलपी ग्याँस, मटितेल र एटीएफ जस्ता पेट्रोलियम पदार्थ नेपाल भित्रिने गरेको छ । आर्थिक वर्ष २०६९÷७० मा ८० करोड ८१ लाख ४६ हजार रुपैयाँको पेट्रोलियम पदार्थ यहाँबाट भित्रिएको थियो ।
निर्याततर्फ भने नेपालबाट भारत, भूटान र बंगलादेश निर्यात हुने वस्तुमा दालको कारोबार घटेको छ ।
आव २०७०/०७१ मा १ अर्ब ९६ करोडको दाल निर्यात भएको छ । तर, अघिल्लो आव २०६९/७० मा २ अर्ब ६३ करोडको दाल निर्यात भएको थियो ।
मेची भन्सार कार्यालयका अनुसार चिया, जडिबुटी, हरियो तरकारीको निर्यातमा अघिल्ला बर्षको तुलनामा खासै फरक परेको छैन ।
आर्थिक वर्ष २०७०/०७१ मा १ अर्ब ७८ करोडको चिया निर्यात भएको छ । २०६९/७० मा १ अर्ब ७९ करोडको निकासी भएको थियो ।
त्यस्तै, २ करोडको जडिबुटी निर्यात भएको छ । अघिल्लो बर्ष पनि त्यत्तिकै परिमाणको जडिबुटी निकासी भएको थियो । जडिबुटीमा चिराइतो र मजिता बढी मात्रामा भारत गएको छ । हरियो तरकारी बिगत दुई आर्थिक वर्षमा बराबरी जस्तै छ । करिब ५ करोडको तरकारी भारत निकासी भएको कार्यालयले जनाएको छ।