निजी क्षेत्रले भन्यो,‘एमसिसी मुलुकको हितमा’
२२ असोज २०७८
•
५ मिनेट पाठ
निजी क्षेत्रले भन्यो,‘एमसिसी मुलुकको हितमा’
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का बारेमा राजनीतिक दल विभाजित भइरहेका बेला निजी क्षेत्रले ५० करोड डलरको उक्त परियोजना तत्काल कार्यान्वयनमा ल्याउन लबिङ सुरु गरेको छ। 




राजनीतिक वृत्तमा लामो समयदेखि परियोजना स्वीकार गर्ने/नगर्ने पक्षमा बहस चलिरहेका बेला निजी क्षेत्रका तीन छाता संस्थाले एक ठाउँमा उभिएर भने, ‘एमसिसी परियोजना मुलुकको हितमा छ। यसले मुलुकको आर्थिक समृद्धिमा सघाउँछ।’

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले एमसिसी तत्काल कार्यान्वयनमा ल्याउन माग गर्दै साझा धारणा सार्वजनिक गरेका छन्। यो परियोजनाले मुलुकलाई आर्थिक लाभ हुने निजी क्षेत्रको निष्कर्ष छ। 

एमसिसी अहिलेसम्मकै ठूलो परियोजना भएकाले यसले पूर्वाधार निर्माणसँगै प्रविधि हस्तान्तरण, रोजगारी सिर्जना र मुलुकको समृद्धिमा सघाउ पुग्ने उनीहरूले बताएका छन्। उनीहरूले परियोजनाको विपक्षमा भएको बहसलाई ‘उग्र राष्ट्रवाद’को संज्ञा दिएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले एमसिसी मुलुकको समृद्धिसँग जोडिएको परियोजना भएकाले तत्काल कार्यान्वयन गर्नुपर्ने बताए। ‘विरोध गर्नेहरूको उग्र राष्ट्रवादबाहेक केही होइन,’ गोल्छाले नागरिकसँग भने, ‘राष्ट्रियता मुुलुकको समृद्धिभन्दा बाहिर हुन सक्दैन।’ एमसिसीले नेपालका लागि आवश्यक परियोजनामा सहयोग गर्ने भएकाले अब यसको कार्यान्वयन गर्न ढिलाइ गर्न नहुने गोल्छाको तर्क छ।  

नेपाल र एमसिसीबीच सन् २०१७ सेप्टेम्बर १४ मा भएको सम्झौताअनुसार विद्युत् प्रसारण लाइन निर्माण र सडक मर्मतको काम अझैअघि बढ्न सकेको छैन। संघीय संसद्बाट सम्झौता अनुमोदन गर्नुपर्ने पूर्वसर्त पूरा नभएका कारण द्विपक्षीय सम्झौता भएको चार वर्षसम्म एमसिसी कार्यान्वयन हुन नसकेको हो। ‘विगतमा राष्ट्रियतासँग जोडेकाले हामी चुप लागेर बस्यौं,’ अध्यक्ष गोल्छाले भने, ‘लामो अध्ययनपछि यो परियोजना मुलुककै हितमा देखिएकाले बोलेका हौं।’  

यो विषयमा राजनीतिक वृत्त पनि विभाजित नभई एकजुट भएर परियोजना कार्यान्वनयमा ल्याउनुपर्ने गोल्छाले बताए। पूर्वाधार कमजोर रहेको अवस्थामा यो परियोजना कार्यान्वयनमा ल्याए मुलुकको समृद्धिमा टेवा पुग्ने उनको तर्क छ। 

‘एमसिसी नेपालले कार्यान्वयन गर्ने अहिलेसम्मको ठूलो परियोजना हो,’ गोल्छाले भने, ‘यसले मुलुकको समृद्धिमा सहयोग पुग्छ।’ पूर्वाधार कमजोर हुँदा समृद्धि आउन नसकेकाले सडक, विद्युत् लाइनको निर्माणले ठूलो सहयोग पुग्ने उनले बताए।

मुलुकको विकासमा रणनीतिक महत्व राख्ने यो परियोजनामार्फत विद्युत् प्रसारण लाइन र सडक मर्मत आयोजना समयमै निर्माण सम्पन्न गर्न सके उच्च आर्थिक वृद्धिलाई सघाउ पुग्ने निजी क्षेत्रको बुझाइ छ।  

उनीहरूले एमसिसी अन्तर्गतका आयोजना सुरु भएको पाँच वर्षभित्र सम्पन्न गर्नुपर्ने व्यवस्थाले विकास र सुशासनका लागि समेत नमुना बन्न सक्ने बताएका छन्। युरोप, एसिया, ल्याटिन अमेरिका र अफ्रिकाका ३० भन्दा धेरै मुलुकमा एमसिसीअन्तर्गत परियोजना निर्माण भइसकेकाले नेपालमा पनि सहज कार्यान्वयन हुनेमा निजी क्षेत्र विश्वस्त रहेको छ।

कोभिड–१९ को महामारीपछि अर्थतन्त्रको सुधारका लागि पर्याप्त लगानी आवश्यक भएको र दीर्घकालमा विद्युत् निर्यात एवं प्रविधि हस्तान्तरणको अवसर एमसिसीबाट प्राप्त हुने सम्भावना भएकाले राष्ट्रिय हित हेरी संसद्बाट तत्काल पारित गरी कार्यान्वयन गर्न सरकारसहित दलहरूलाई निजी क्षेत्रले आग्रह गरेको छ।

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले मुलुकको नीतिभित्र रहेर एमसिसी परियोजना तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने बताए। ‘मुलुकको विकास गर्न एमसिसीजस्ता ठूला परियोजना आवश्यक छन्,’ अध्यक्ष अग्रवालले नागरिकसँग भने, ‘निजी क्षेत्र विकासको पक्षमा छ।’ विकासका लागि नयाँ परियोजना आउँदा स्वीकार गर्नुपर्ने उनले बताए। 

‘देशलाई फाइदा पुग्ने एमसिसी परियोजना गुम्न दिनु हुँदैन,’ उनले भने, ‘यो परियोजनाले मुलुकको विकासमा सघाउ पुर्‍याउँछ।’ सरकारले छिटोभन्दा छिटो परियोजना कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए। ट्रान्समिसन लाइन निर्माण गर्दा विद्युत् व्यवस्थापन गर्न सघाउ पुग्ने उनले बताए। पूर्वाधार निर्माणले मुलुकको क्षमता विकास हुने उनको तर्क छ।

अर्थविज्ञहरूले एमसिसी परियोजना मुलुकको हितमा भए पनि विकृत राजनीतीकरणले अन्योल उत्पन्न भएको बताएका छन्। पूर्वअर्थसचिव रामेश्वर खनालले एमसिसी परियोजनामा अनावश्यक राजनीतीकरण भएको बताए। 

समयमा एससिसी परियोजना कार्यान्वयन नगर्दा अन्तर्राष्ट्रिय समुदायबीच नेपालको छवि बिग्रिएको खनालको बुझाइ छ। ‘कम्युनिस्ट मुलुक मंगोलियाले पनि एमसिसी परियोजना लागू गरेको छ,’ पूर्वअर्थसचिव खनालले भने, ‘हाम्रो मुुलुकमा चाहिनेभन्दा धेरै राजनीति भयो।’ सरकारले आफ्नै पैसाले पूर्वाधार निर्माण गर्न सक्ने भए पनि विकासका नाममा अनावश्यक राजनीति भएको खनालले बताए। 

‘हाम्रै पैसाले मध्यपहाडी, तामाकोसी परियोजना बने,’ खनालले भने, ‘विकास नहुने भन्ने होइन। तर सम्झौता कसरी कार्यान्वयन हुन्छ भन्ने नबुझ्दा परियोजनाका बारेमा जनस्तरसम्म गलत धारणा बन्यो।’  

केही समयअघि एमसिसीकी उपाध्यक्ष फतिमा सुमार नेपाल आएर परियोजना स्वीकार गर्न आग्रह गरेकी थिइन्। उनले एमसिसी अनुदान अस्वीकार गरे वैदेशिक सहयोग रोकिनेसम्मको चेतावनी दिएकी थिइन्। एमसिसी अस्वीकार गर्ने हो भने नेपाल र अमेरिकाबीचको सम्बन्ध बिग्रने र अमेरिकाले दिने अन्य धेरै सहयोग गुम्ने भन्दै अर्थ क्षेत्रका जानकारले चिन्ता व्यक्त गरेका छन्। 

सरकारले मुलुकका प्रमुख सहरको विद्युत् माग पूरा गर्ने र बचेको बिजुली भारत निर्यात गर्ने लक्ष्य राखेर यो आयोजना निर्माण गर्न चाहेको हो। एमसिसीले पनि नेपालका सन्दर्भमा यसलाई आवश्यक देखेर अनुदान दिन सहमति जनाएको थियो।

यो आयोजनाअन्तर्गत ४ सय केभी क्षमताको ३ सय १५ किलोमिटर लामो विद्युत् प्रसारण लाइन निर्माण गरिनेछ। यो परियोजनाले प्रसारण लाइनसँगै सडक मर्मतको काम पनि गर्नेछ। दाङको भालुवाङदेखि बाँकेको शिवखोलासम्मको ७७ किलोमिटर सडक नयाँ प्रविधिमा आधारित भएर निर्माण गरिनेछ। उक्त सडकको चौडाइ १४ मिटर हुनेछ।

आयोजना बने काठमाडौं, पोखरा, नारायणगढ, भरतपुर, बुटवल र आसपास क्षेत्रमा बिजुली आपूर्ति सहज हुनेछ। यस्तै बढी भएको बिजुली बुटवल हुँदै भारत निर्यात गर्न सकिनेछ र आवश्यक परे आयात गर्न पनि सकिनेछ। यस आयोजनाअन्तर्गत तीनवटा ४ सय केभी क्षमताका सबस्टेसन निर्माण हुनेछन्।

यो आयोजनाका लागि एमसिसीले ५० करोड अमेरिकी डलर अनुदान दिने र नेपालले १३ करोड डलर लगानी गर्ने सहमति बनेको थियो।  

सन् २०१७ को सेप्टेम्बरमा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालका तर्फबाट यो सम्झौतामा हस्ताक्षर गरेका थिए। एमसिसीसँग गरिएको सम्झौता दुई वर्षदेखि संघीय संसद्मा विचाराधीन छ। संघीय संसद्को तल्लो सदनको साधारण बहुमतले सम्झौता अनुमोदन भएपछि कार्यान्वयमा आउनेछ।
अर्को समाचार
थप ८० अर्ब अमेरिकी अनुदान
०३ वैशाख २०७९
•
४ मिनेट पाठ
थप ८० अर्ब अमेरिकी अनुदान
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मार्फत करिब ६० अर्ब अनुदान सहयोग गर्ने निर्णय गरेको अमेरिकाले करिब ८० अर्ब रूपैयाँ थप अनुदान दिने भएको छ।




नेपालको शिक्षा, स्वास्थ्य, स्वास्थ्य, मानवीय विकास, प्राकृतिक सम्पदाको संरक्षणलगायत क्षेत्रको विकासका लागि अनुदान दिन लागिएको हो। अमेरिकाले विगतदेखि नै युएसएआइडीमार्फत अनुदान सहायता उपलब्ध गराउँदै आएको छ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले अमेरिकाको अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकाय (युएसएआइडी) मार्फत ६ सय ५९ मिलियन डलर (७९ अर्ब ७१ करोड रूपैयाँ) बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो। सन् २०२२ देखि २०२७ सम्म विभिन्न कार्यक्रमका लागि यो रकम खर्च हुनेछ।

मानवीय विकाससहित विभिन्न क्षेत्रमा खर्च गर्नेगरी अनुदान लिन लागिएको अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता तथा समन्वय महाशाखा प्रमुख ईश्वरीप्रसाद अर्यालले बताए। ‘यो फ्रेमवर्क एग्रिमेन्ट हो,’ अर्यालले भने, ‘पाँच वर्षका लागि अमेरिकी सरकारले ६ सय ५९ मिलियन डलर अनुदान उपलब्ध गराउने भएको छ।’ यो रकम बजेट प्रणालीबाट खर्च हुने अर्यालले बताए। विभिन्न मन्त्रालयसँगको समन्वयमा आगामी आर्थिक वर्षको बजेटबाट रकम खर्च हुने उनले बताए।

अर्यालका अनुसार युएसएआइडी मार्फत बजेट प्रणालीबाट खर्च गर्नेगरी लिन लागेको यो ठुलो अनुदान रकम हो। ‘खर्च गर्ने क्षेत्र पहिचान भएको छ,’ अर्यालले भने, ‘आगामी वर्षबाट परियोजना कार्यान्वयन सुरु हुन्छ।’ विभिन्न मन्त्रालयसँगको समन्वयमा प्राथमिकताका आधारमा बजेट खर्च गर्ने अर्थ मन्त्रालयले जनाएको छ। विगतमा युएसआईडीको केही सहयोग अनुदान बजेट प्रणालीबाहिरबाट पनि खर्च हुने गरेको थियो।

नयाँ सहयोग सरकारको बजेट प्रणालीभित्रबाटै परियोजनाका लागि रकम विनियोजन गर्ने बताइएको छ। विगतमा यस्तो रकम लेखापरीक्षण नहुने गरेकोमा अब लेखापरीक्षण पनि हुने अर्थ मन्त्रालयले जनाएको छ। अर्थ मन्त्रालयका अनुसार यो सहयोग अझ बढ्ने सम्भावना छ। ‘१ हजार मिलियन डलरसम्म पुर्‍याउने सम्भावना छ,’ अर्थमन्त्रीको सचिवालयका एक अधिकारीले भने, ‘अझै ३ सय ४१ मिलियन थपिन सक्छ।’  

अमेरिकाले २०१९/२० मा करिब १५ अर्ब ३७ करोड रूपैयाँ , २०१८/१९ मा करिब ९ अर्ब ५२ करोड रूपैयाँ, २०१७/१८ मा करिब १३ अर्ब ४३ करोड रूपैयाँ सहयोग उपलब्ध गराएको थियो।

संसद्बाट एमसिसी अनुमोदन भएपछि अमेरिकाले नेपालमा विद्युत् र सडक परियोजनाका लागि ५ सय मिलियन अमेरिकी डलर अनुदान उपलब्ध गराउँदैछ। अमेरिकारले युएसएआइडीमार्फत एमसिसीभन्दा १ सय ५९ मिलियन डलर बढी अनुदान दिन लागेको हो। एमसिसी परियोजनामा ५० करोड डलर र नेपाल सरकारले १३ करोड अमेरिकी डलर गरी ६३ करोड डलर खर्च गर्ने योजना छ।

अमेरिकाले शिक्षा, स्वास्थ्यलगायतको क्षेत्रमा सहयोग गर्दै आएको छ। युएसआइडीमार्फत साझेदारी संघीयता, पोषण अभिवृद्धिका लागि सुआहारा, स्वच्छता, मातृशिशु स्वास्थ्यसम्बन्धी स्वास्थ्य प्रणाली सबलीकरण, लागुऔषध सेवनकर्ताको सामाजिक पुनःस्थापनाका लागि जीवनयापन कार्यक्रम, शारीरिक पुनःस्थापनालगायत विभिन्न कार्यक्रमका लागि सहयोग गर्दै आएको छ।

यता प्रतिनिधिसभाबाट एमससिसी अनुमोदन भएसँगै परियोजना कार्यान्वयन गर्न नुवाकोटमा सबस्टेसन निर्माणका लागि अधिग्रहण गरिएका घरजग्गा खाली गराउने प्रक्रिया अघि बढेको छ। ४ सय केभी रातमाटे सबस्टेसनका लागि अधिग्रहण गरेर मुआब्जा वितरण गरिएको घरजग्गा खाली गर्न अनुरोध गरिसकेको छ। अधिग्रहण भइसकेको करिब ३ सय ८५ रोपनी क्षेत्रफलमा स्थानीयले खेतीपाती गर्दै आएकाले सो हटाउन लागेको हो। सबस्टेसन निर्माणका लागि ३ सय ९८ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने हुन्छ।

अहिलेसम्मको इस्टिमेटअनुसार यो परियोजनाअन्तर्गत ८ सय ६० वटा टावर निर्माण गर्नुपर्ने हुन्छ। परियोजनाअन्तर्गतको प्रसारण लाइन १० वटा जिल्लामा पर्छ। एमसिसी परियोजनाअन्तर्गत ४ सय केभी क्षमताको ३ सय १५ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरिनेछ।

त्यसैगरी, दाङको भालुवाङबाट बाँकेको शिवखोलासम्मको ७७ किलोमिटर सडक अत्याधुनिक प्रविधिमा आधारित सडक निर्माण गरिनेछ। सो सडकको चौडा भने १४ मिटरको बनाउने योजना छ। यो परियोजना बनेसँगै नेपालका जलविद्युत् आयोजनाबाट उत्पादन भएको बिजुली छिमेकी मुलक भारत तथा बंगलादेश निर्यात गर्न उपयुक्त माध्यम बन्नेछ।

यो परियोजनाअन्तर्गत तीनवटा ४ सय केभी क्षमताका सबस्टेसनसमेत निर्माण गरिनेछ। यो प्रसारण लाइन आयोजनामा काठमाडौंको लप्सेफेदी र नुवाकोटको रातमाटे सबस्टेसन, मकवानपुर, धादिङ, तनहुँ, पाल्पा, चितवन, नवलपरासी हुँदै भारतको महेशपुरसम्म पुग्नेछ।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३४ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ३९ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस