काठमाडौं- सरकारले नेपालबाट बहुमूल्य पत्थर तथा धातु निकासीमा रोक लगाएको छ। नेपालमा उत्पादन भएका बहुमूल्य पत्थर तथा धातुको उचित मूल्य नपाएपछि विशेष व्यवस्था नहुन्जेलका लागि बिहीबारको मन्त्रिपरिषद बैठकले निकासीमा रोक लगाएको हो।
नेपालबाट बहुमूल्य धातु तथा पत्थर कौडीको मूल्यमा बाहिर गएकाले यसको उचित व्यवस्थापन गर्न निकासी रोकिएको उद्योगमन्त्री कर्णबहादुर थापाले बताए। ‘नेपालमा संसारमा पाइने बहुमूल्य धातु छन्,’ मन्त्री थापाले भने, ‘तर कौडीको भाउमा निकासी भइरहेको छ। यसको पूर्ण व्यवस्थापन हुनुपर्छ भनेर हामी लागेका छौं।’
'नेपालमा बहुमूल्य पत्थर छ र सम्भावना धेरै छ। यो क्षेत्रमा कुनै काम हुन सकेको छैन। विदेशमा लाखौं पर्ने पत्थर तथा धातु नेपालबाट अति कम मूल्यमा भारत निकासी हुने गरेको छ,' उनले भने, ‘मेरो भारत जाँदाको अनुभव छ, त्यहाँ यस्ता पत्थर लाखौंमा बिक्री हुन्छन्।'
आफ्नै देशमा भएको बहुमूल्य धातु तथा पत्थर व्यवस्थापन र सही उपयोग गर्नका लागि सरकारले विशेष कार्यक्रम ल्याउने जनाएको छ। उनका अनुसार विशेष तालिमको व्यवस्था गर्न लागेको छ।
'बहुमूल्य पत्थरलाई चिन्ने, प्रशोधन गर्ने, कटिङ गर्ने, रंग गर्ने तालिम दिने प्रस्ताव अगाडि सारेका छौं,' मन्त्री थापाले भने।
उनले सुदूरपश्चिमका खानीको अन्वेषणमा लागेको जानकारी गराए। नेपालमा रुवि, काइनाट, सुन, क्वार्ज, क्रिस्टल, युरेनियमजस्ता बहुमूल्य धातु तथा पत्थर भएको अनुसन्धानले देखाएको छ।
नेपालमा पाइने विभिन्नथरी जडीबुटीको सदुपयोगका लागि सरकाले जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न लागेको छ। मन्त्री थापाले संसारमै हर्बल उत्पादन गर्न नेपालको हावापानी उपयुक्त रहेको जनाए।
यो वातावरणको उपभोग गर्नका लागि उद्योग मन्त्रालयबाट केही पाइलट प्रोजेक्ट अगाडि सारेको उनले जानकारी दिए। 'सबैभन्दा धेरै खानी रहेको सुदूरपश्चिमका बाजुरा, मुगु, बझाङ, अछाम, बैतडीलाई केन्द्र बनाएर जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने योजनामा छु,' मन्त्री थापाले भने, 'यो केन्द्रलाई जोड्नका लागि पहुँच मार्गको प्रस्ताव गरिएको छ।'
बजेटबाट यो कुरा आए पनि त्यसका लागि रकम भने छुट्याइएको छैन। यस योजनका लागि रकम छुट्याउने अर्थ मन्त्रालयमा पहल गरिहरको उनले जनाए। यस योजनाका लागि २० करोड माग भएको छ। 'एक जिल्लामा कम्तीमा पाँच करोडका हिसाबले लगानी गर्न सकियोस् भन्ने मेरो चाहना हो,' मन्त्री थापाले भने।