चितवन-पाहुना नआउँदा असारदेखि असोजसम्म बन्द हुने चितवन निकुञ्ज आसपासका होटललाई अहिले भ्याइनभ्याइ छ। वर्षायाममा हजारौं पर्यटक निकुञ्ज घुम्न आउन थालेपछि पर्यटन व्यवसायमा ‘अफ सिजन' अन्त्य भएको छ।सौराहा चितवन निकुञ्ज छिर्ने १० मध्येको मुख्य प्रवेशद्वार हो। सौराहाको बाघमारा मध्यवर्ती सामुदायिक वनमा असोज लागेपछि मात्रै हात्ती चढेर गैंडा हेर्न जानेको घुइँचो लाग्थ्यो। अहिले असार साउन कुनै बेला पनि त्यहाँ पर्यटकको भिड घटेको छैन।
‘पहिला–पहिला जेठ लागेपछि पर्यटक आउन कम हुन्थ्यो, असारदेखि भदौसम्म होटल बन्द हुन्थे। केही वर्षयता होटल बन्द गर्नुपर्ने अवस्था छैन,' सौराहाको जंगल सफारी लजका सञ्चालक तथा क्षेत्रीय होटल संघ सौराहाका महासचिव सुमन घिमिरेले भने।
चितवन राष्ट्रिय निकुञ्जबाट प्राप्त जानकारीअनुसार गएको असारमा ९ हजार ५५१ जना पर्यटक निकुञ्ज घुमेका छन्। जसमा ९७४ जना नेपाली थिए। त्यस्तै सार्क क्षेत्रका १ हजार १ सय ९० र सार्क क्षेत्रभन्दा बाहिरी देशका विदेशी ७ हजार ३ सय ८७ जनाले चितवन निकुञ्ज घुमेका थिए।
साउनमा यो संख्या झनै बढ्ने छ। गत वर्षको साउनमा चितवन निकुञ्ज घुम्ने कुल पर्यटकको संख्या १२ हजार ८१४ रहेको निकुञ्ज कार्यालयले जानकारी दिएको छ। गत वर्ष सबैभन्दा धेरै पर्यटक कात्तिकमा आएका थिए। सो महिनामा २० हजार ७ सय ७२ जनाले निकुञ्ज घुमेका थिए।
‘कात्तिक त एकदमै पिक सिजन हो। साउनमा पनि यस्तो पिक सिजनको तुलनामा आधाभन्दा बढी पर्यटक आए,' चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत विष्णु थपलियाले भने। सौराहामा आएको पर्यटकको चाप हेर्दा यो साउनमा १२ हजार नाघ्ने पर्यटन व्यवसायीको अनुमान छ।
‘नेपालमा चिनियाँ पर्यटक आउन थालेपछि मनसुन याममा पनि चाप सुरु भएको हो। चिनियाँ आउन थालेको त्यस्तै दुई चार वर्ष भयो,' क्षेत्रीय होटल संघ सौराहाका महासचिव घिमिरेले भने।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवर पनि चीनबाट पर्यटक आउन थालेसँगै बाह्रै महिना पर्यटकको चाप हुन थालेको बताउँछन्। यसका साथै निकुञ्जभित्रका होटलबाट सेवा दिन बन्द भएपछि अरु बेला पनि पर्यटकको चहल पहल बढेको उनको भनाइ छ।
‘भित्रका होटल असारदेखि असोजसम्म बन्द हुन्थे। जस्का कारण सवै होटल चार महिना बन्द हुन्छन् भन्ने आम बुझाइ थियो। अहिले भित्रका होटलले सेवा दिन रोकेपछि चार महिना बन्द हुन्छ भन्ने सन्देश जान पाएन, त्यसैले पर्यटक आएका हुन्,' प्रमुख संरक्षण अधिकृत कुँवरले भने।
चितवन राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएका एकसिंगे गैंडा, पाटे बाघजस्ता वन्यजन्तु देख्न पाइन्छ। यसका साथै निकुञ्ज नजिक आदिवासी थारु, बोटे, कुमाल, दरै समुदायको बसोबास पनि छ। वन्यजन्तुका साथै आदिवासीका मौलिक रहन सहन हेर्न पनि देश विदेशबाट पर्यटक चितवन आउने गर्दछन्।
असारदेखि असोजसम्म निकुञ्ज भित्र पैदल हिँड्न र जिपमा जान बन्देज छ। त्यसैले निकुञ्ज घुम्न आएकाहरु हात्ती चढेर जंगल जाने गर्छन्। चितवन राष्ट्रिय निकुञ्जमा आर्थिक वर्ष ०७०/७१ मा एक लाख ७३ हजार ४२५ पर्यटक आएका थिए। आघिल्लो आर्थिक वर्षभन्दा यो संख्या २० हजार बढी हो।