काठमाडौं- अघिल्ला वर्षहरुमा जस्तै चाडपर्वको सुरु हुन लाग्दा सरकारले बजार अनुगमनलाई तीब्रता दिने तयारी गरेको छ। वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, गुणस्तर तथा नापतौल विभागलगायतका सरकारी निकायहरुले संयुक्त बजार अनुगमन संयन्त्र बनाएर बजार अनुगमन सुरु गर्न लागेका हुन्।
चाडपर्वको समयमा वस्तु तथा सेवाको अनुचित सञ्चय गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने खाद्य पदार्थमा मिसावट गर्ने, वस्तु तथा सेवाको गुणस्तर, परिमाण वा मूल्यमा अनुचित व्यापारिक क्रियाकलाप गरी लाभ लिने प्रवृत्तिलाई निरुत्साहित गर्न विगतका वर्षहरुमा जस्तै बजार अनुगमनको कार्यलाई तीब्रता दिन लागिएको सरकारले जनाएको छ। सरकारी निकायहरुले संयुक्त बजार अनुगमन निर्देशिका, २०६९ अनुसार संयुक्त बजार अनुगमन संयन्त्रको गठन गरी बजार अनुगमनलाई प्रभावकारी बनाइन लागेको वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता दिपक सुवेदीले बताए।
'विगतमा भन्दा यो वर्ष बजार अनुगमन अझ प्रभावकारी रुपमा अगाडि बढ्नेछ,' उनले भने। अघिल्ला वर्षहरुमा तीजदेखि अनुगमन तीब्र बनाउँदै आएका यी सरकारी निकायहरुले अबको वर्षमा मिठाइ पसल, होटलका खाद्यान्न मात्र नभएर मासु, फलफूल, जुस, चामल, दालजस्ता खाद्य वस्तुको गुणस्तर पनि मापन गर्ने सुवेदीले बताए। यसका लागि तीन वटै विभाग मिलेर संयुक्त बजार अनुगमन निर्देशिका अनुसार कार्ययोजना तयार पारिरहेको उनले बताए। 'कार्ययोजना अन्तर्गत चाडपर्वममा बढी खपत हुने मिठाई, खाद्यान्नको गुणस्तर तथा मूल्य, कालोबजारी सबै विषयमा अनुगमन हुनेछ,' उनले जानकारी दिए।
विगतका वर्षमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मात्र विभिन्न खाद्यान्न र मिठाइको गुणस्तरको अनुगमन गर्ने गरेको भए पनि यो वर्ष संयुक्त टोलीले माछामासु, फलफूल, तरकारी, पानीलगायतका वस्तुको अनुगमन तथा गुणस्तर मापन गर्ने उनले जानकारी दिए। 'केन्द्रीय संयुक्त बजार अनुगमन संयन्त्रमा विभिन्न निकायका प्रतिनिधीहरु रहन्छन्। यसले गर्दा सबै खाद्यवस्तुको गुणस्तर अनुगमन गर्न सजिलो हुनेछ,' उनले भने।
संयुक्त बजार अनुगमन निर्देशिकाले केन्द्रीय तहमा १३ वटा सरकारी निकायका प्रतिनिधिसहित १४ जनाको अनुमगन संयन्त्रको परिकल्पना गरेको छ। वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका निर्देशक वा अधिकृत तहका कर्मचारीसहित नेपाल गुणस्तर तथा नापतौल विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, औषधी व्यवस्था विभाग, पशुसेवा विभाग, घरेलु तथा साना उद्योग विभाग, कृषि विभाग र उद्योग विभागका अधिकृत तहका कर्मचारी यो संयन्त्रमा रहन्छन्।
यातायात व्यवस्था विभाग, शिक्षा विभाग, सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालय, स्थानीय निकाय र नेपाल प्रहरीका प्रतिनिधी पनि यो संयन्त्रमा रहन्छन्। सरकारी निकायका अलावा उपभोक्ता हितसँग सम्बन्धित संस्थाका प्रतिनिधि पनि केन्द्रीय संयुक्त बजार अनुगमन संयन्त्रमा रहने व्यवस्था छ।
जिल्ला स्तरमा उपभोक्ता संरक्षण नियमावली, २०५६ ले व्यवस्था गरेअनुसार जिल्ला अनुगमन समितिले जिल्ला स्तरीय अनुगमन संयन्त्रको काम गर्ने व्यवस्था छ। यसमा जिल्लास्थित वाणिज्य, शिक्षा, कृषि, घरेलु तथा साना उद्योग, नापतौल, यातायात कार्यालयका प्रतिनिधि रहने गर्छन्। संयन्त्रले आवश्यकताअनुसार जिल्ला स्तरका उद्योग वाणिज्य संघका प्रतिनिधि, विशेषज्ञ वा सञ्चारकर्मीलाई समेत बजार अनुगमनमा सहभागी गराउन सक्ने व्यवस्था निर्देशिकामा उल्लेख गरिएको छ।
राजधानी मात्र नभई राजधानीबाहिर पनि बजार अनुगमनलाई तीब्रता दिइने सुवेदीले बताए। राजधानीमा अनुगमनका लागि स्रोत साधन पर्याप्त भएपनि देशभरका लागि भने यसमै खटिने कर्मचारीको संख्या कम रहेको उनले बताए। 'जिल्ला स्तरमा बजार अनुगमनलाई प्रभावकारी कसरी बनाउने भनी जिल्ला प्रशासन कार्यालयसँग सहकार्य भइरहेको छ,' उनले जानकारी दिए। मिठाईमा रंग, मापदण्डअनुसार सञ्चालन नभएका मासु पसल, विभिन्न खाद्य वस्तुमा मिसावट तथा कालोबजारीलाई पनि प्रभावकारी रुपमा नियन्त्रण गरिने सुवेदीले दाबी गरे।