झापा - बाघडोग्रा–काठमाडौं सोझो विमानसेवा सुरु भएसँगै नेपाली विमान सेवाले पूर्वोत्तर भारतका हजारौं यात्रु गुमाउने भएपछि व्यवसायी चिन्तित बनेका छन्।झापा तथा विराटनगर विमानस्थल हुँदै राजधानीसम्म पुग्ने हवाई यात्रुहरुको कूल संख्यामा पूर्वोत्तर भारतका यात्रु संख्याको हिस्सा ठूलो छ। अब त्यो यात्रु पंक्ति गुम्ने भयले व्यवसायीहरु चिन्तित बनेका हुन्।
नेपालको पूर्व सीमा नजिकै रहेको भारत पश्चिम बंगालको बागडोग्रा र काठमाडौंबीचको सिधा विमानसेवा बुधबारदेखि शुरु भएको हो। भारतीय निजी विमान कम्पनी स्पाइसजेटले सस्तो भाडादरमा उडान शुरु गरेको हो। चन्द्रगढी विमानस्थलबाट काठमाडौं उड्दा लाग्नेभन्दा ज्यादै कम्ती भाडादरमा शुरु भएको यो विमान सेवाले आफ्नो व्यवसायमा ठूलो धक्का पुर्याउने भन्दै नेपाली व्यवसायी चिन्तित छन्।
अन्य केही विकल्प नहुँदा भारतीय हवाइयात्रुले चन्द्रगढी र विराटनगर विमानस्थल प्रयोग गरेको बताउँदै पर्यटन व्यवसायीहरु बागडोग्रा विकल्पले नेपाली व्यवसायमा असर पर्ने बताउँछन्। 'नेपाली विमानस्थलसम्म आइपुग्ने भारतीय तथा विदेशी यात्रुलाई यहाँ धेरैले दुहुनो गाई सम्झेर दुः ख दिन्थे,' नाम उल्लेख गर्न हच्किने एक पर्यटन व्यवसायी भन्छन्, 'बाटोदेखि विमानस्थलसम्मै दुःख पाउन अब उनीहरु यता किन आउँछन्?' प्रतिष्पर्धी समयमा नेपाली हवाई सेवा र राज्यका निकायले आफूलाई पनि रुपान्तरण गर्नुपर्ने उनको भनाई छ।
अहिले चन्द्रगढी– काठमाडौं विमान सेवा मार्फत दैनिक दुईसय भन्दा बढी यात्रु आहोरदोहोर गर्छन्। दैनिक चार वटा विमानले उडान भर्ने चन्द्रगढी विमानस्थलमा अब राष्ट्रिय ध्वजाबाहकले पनि नियमित उडान शुरु गर्दैछ। तर, आधाभन्दा बढी यात्रु भारतीय हुने यो विमानस्थललाई बागडोग्रा–काठमाडौं उडानले असर पार्ने व्यवसायी बताउँछन्। 'यो नेपाली विमान सञ्चालक र हामी पर्यटन व्यवसायीका लागि खतराको संकेत हो,' पर्यटन व्यवसायी गोपाल खनाल भन्छन्, 'भारतीय यात्रु चन्द्रगढी विमानस्थल नआउँदा आधा कारोबार प्रभावित हुन्छ।'
व्यवसायीहरुका अनुसार नेपाली निजी विमानहरु बुद्ध र यति एयरलाइन्सका दुई दुई वटा विमानले सेवा दिइरहेको चन्द्रगढी– काठमाडौं यात्रामा ज्यादै कम्ती रकम तिर्दा पनि चार हजार रुपैयाँ अनिवार्य छ। चारदेखि ८ हजार रुपैयाँसम्ममा यात्रा गर्न सकिन्छ। तर, बागडोग्रा–काठमाडौं चल्ने स्पाइस जेटमा १ सय ९९ रुपैयाँको प्रवर्द्धनात्मक भाडादर समेत छ। त्यसबाहेक अन्य बेलामा पनि ४ सय भारतीय रुपैयाँदेखि अधिकतम ३ हजार ५ सय भारतीय रुपैयाँसम्म भाडा तिर्नुपर्ने हुन्छ। पूर्वोत्तर भारतका मात्रै नभई यसले नेपाली यात्रुलाई पनि बागडोग्रातिर आकर्षित गर्ने खतरा रहेको व्यवसायीहरु बताउँछन्।
पूर्वोत्तर भारतका दार्जिलिङ, सिक्किम, आसाम, मेघालय लगायत क्षेत्रका यात्रु लक्षित गरेर थालिएको बागडोग्रा– काठमाडौं विमान सेवाले सातामा तीन दिन उडान गर्नेछ। तीन सय सीट क्षमताको विमानले पहिलो उडानमै एक सय ८० यात्रुलाई काठमाडौं पुर्याएको छ। जबकी चन्द्रगढी विमानस्थलबाट एक दिनमा नेपाली चार वटा विमानले दुई सय जति यात्रु ओसार्छन्। बागडोग्रा विमानस्थल प्रशासनका अनुसार यो विमानले सातामा तीन पटक सोमबार, बुधबार र शुक्रबार उडान गर्नेछ।
भारतीय विमानले चन्द्रगढी बिमानस्थलका हुँदै जाने यात्रु आकर्षित गर्ने गरी सेवा शुरु गर्ने खबर आएलगत्तै नेपाली सरोकारवालाले चिन्ता जाहेर गरेका थिए। साउन पहिलो साता चन्द्रगढीमा आयोजित एक कार्यक्रममा सहभागीहरुले चन्द्रगढी विमानस्थलको तत्काल ब्यबस्थापकीय सुधार नगरे भारतीय यात्रु गुम्ने मात्र नभई स्थानीय सवारी तथा ट्राभल ब्यबसायले ठूलो क्षति ब्यहोर्नु पर्ने चेतावनी दिएका थिए। बुद्ध एयरलायन्सका स्टेशन मेनेजर ओम प्रधानाङ्गले त बागघडोग्राबाट सीधा हवाई सेवा शुरु भएपछि नेपाली एयरलायन्सहरु मारमा पर्ने बताएका थिए। नभन्दै नेपाली व्यवसायीको मुटुमा ढ्यांग्रो बजाउने गरी सेवा शुरु भइसकेको छ।
नेपाली हवाई रुटतर्फ भारतीय यात्रु आकर्षित गर्न काँकरभिट्टादेखि चन्द्रगढीसम्मको सडकको गुणस्तर तत्काल सुधार गर्नुपर्ने, भारुको सटही सुबिधा उपलब्ध हुुनुपर्ने, बाटोमा अनियमित चेकजाँचको नाममा सास्ती दिन नहुने, एयरपोर्टभित्र यात्रुले आधारभूत सुबिधा पाउनु पर्ने माग स्थानीय व्यवसायीको छ। चन्द्रगढी बिमानस्थलमै मनिचेन्जर, खानेपानीमा सुधार, पार्किडमा एकरुपता, प्रहरी चेकजाँचमा एक्स–रे मेसिनको प्रयोग, बाटोको मर्मत लगायतका समस्याहरुलाई तत्काल समाधान गरिनुपर्ने उनीहरुको भनाई छ। हाल काँकरभिट्टाबाट धुलाबारी र ज्यामिरगढी हुँदै चन्द्रगढी आइपुग्न सकिने छोटो बाटो र चारआलीबाट पुहातुबाडी हुँदै आउन सकिने अर्को बाटो प्रचलनमा छ। तर, दुबै बाटो भत्किएका कारण आवागमनमा ढिलाई र असुबिधा हुने गरेको छ।