चितवन-माछा काठमाडौं लैजाँदा नागढुंगा नाकामा प्रहरीले दुःख दिने गरेको चितवनका मत्स्य व्यवसायीले गुनासो गरेका छन्। चेक पोस्टमा प्रहरीले माछा वा नगद माग्ने व्यवसायीको गुनासो छ। मागेको रकम र माछा नदिए अनेक बहानामा दुःख दिने नेपाल मत्स्य व्यवसायी संघका केन्द्रीय महासचिव अम्बिकाप्रसाद अधिकारीले बताए।‘प्रहरीले नाकामा दिने हैरानीका विषयमा प्रहरी प्रधान कार्यालयमा सोमबार जानकारी पत्रसमेत पठाएका छौं,' महासचिव अधिकारीले भने। प्रहरी प्रधान कार्यालयलाई पठाएको पत्रमा चेक पोस्टमा अनावश्यक विवाद परी आर्थिक लाभसमेत लिने गरेको उल्लेख छ। पत्रको बोधार्थ कृषि विकास मन्त्रालय, मत्स्य विकास निर्देशनालयलगायतका आधा दर्जन सरकारी निकायमा पठाइएको छ।
नेपालमा भारतीय माछाको खपत निकै छ। भारतबाट आउने माछा कुहिन नदिन फर्मालिन जस्तो मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने खतरनाक रसायन राख्ने गरिन्छ। केही सयमयता नेपालमा माछा उत्पादन बढ्न थालेको छ। नेपाली माछा ज्युँदै उपभोक्तासम्म पुर्यािउने प्रयास व्यवसायीले गर्दै आएका छन्।
‘ज्युँदो माछा बोकेर जाने गाडी रोकेर पैसा र माछा माग्ने गरिन्छ,' महासचिव अधिकारीले भने। चितवनबाट नागढुंगा हुँदै र बारा, पर्साबाट फर्पिङ हुँदै ज्युँदो माछा काठमाडौं लगिन्छ। ‘दुवै ठाउँमा प्रहरीले दुःख दिने व्यवसायीको गुनासो आउने गरेको छ,' महासचिव अधिकारीले भने।
उनको माछा पनि आइतबार काठमाडौं जाँदा प्रहरीले दुःख दिएको थियो। बिहान ८ बजे एक सय ८७ केजी ज्यँुदो माछा बोकेको ना २ च ४४४७ नम्बरको बलेरो पिकअपसँग प्रहरीले पहिला पैसा मागेका थिए। ‘पिकअपमा रहेका मेरो साथीले पैसा दिन नमानेपछि बिलबुक खोसेर लगेछ,' अधिकारीले भने।
‘धेरै विवाद भएपछि अन्तिममा पाँच सय रुपैयाँ जरिवाना काटेरमात्रै गाडी छाडेछन्,' अधिकारीले भने। माछा पशु सेवा कार्यालयले प्रमाणित गरेको हुनुपर्छ। चितवन जिल्ला पशुसेवा कार्यालयका पशु चिकित्सक डा. टीकाराम न्यौपानेले माछा स्वास्थ्यकर भनेर प्रमाणित गरेको काजपत्र पनि साथमै रहेको अधिकारीले बताए।
‘सबै कागजपत्र देखेपछि अन्तिममा दुःख दिने नियतले ओभरलोड भनेर जरिवाना काटेछन्,' महासचिव अधिकारीले भने। मत्स्य व्यवसायीले आउँदो पाँच वर्षभित्र नेपाललाई माछामा आत्मनिर्भर बनाउने उद्देश्यले अभियान चलाइरहेको अधिकारी बताउँछन्। ज्युँदो माछा उपभोक्ता आकर्षित गर्न निकै प्रभावकारी भएको उनले बताए।
‘प्रोत्साहनको साटो प्रहरीले हैरानी दिने कार्य निन्दनीय छ। यस्तो घटनाको तुरुन्त छानबिन गरी दोषीलाई कराबाही होस्,' मत्स्य व्यवसायी संघले प्रहरी प्रधान कार्यालयमा पठाएको पत्रमा उल्लेख छ। केन्द्रीय महासचिव अधिकारीका अनुसार अहिले दैनिक पाँच गाडी ज्युँदो माछा काठमाडौं लगिन्छ। माग बढी हुने समयमा यो दोब्बर हुन्छ।