पोखरा-मुलुकको होटल तथा रिसोर्ट सञ्चालक कम्पनी ‘सांग्रिला होटल एन्ड रिसोर्टले कास्कीको बेगनासमा आधा अर्ब रुपैयाँ लगानी गरी एउटा रिसोर्ट सञ्चालन गर्ने भएको छ। सांग्रिलाले हाल राजधानीमा पाँचतारे होटल सांग्रिला र कास्कीकै पोखरामा चारतारे सांग्रिला भिलेज रिसोर्ट सञ्चालन गरिरहेको छ। बेगनासमा नयाँ रिसोर्ट सञ्चालन गर्न कम्पनीले ४० रोपनी जग्गा पनि लिएको छ। रिसोर्ट बेगनास तालबाट करिब ५ सय फिट उचाइमा अवस्थित पचभैया डाँडामा निर्माण हुनेछ।‘आगामी पुस तेस्रो साताबाट रिसोर्ट निर्माण सुरु गर्छौं,' सांग्रिलाका प्रबन्ध निर्देशक प्रसिद्धबहादुर पाण्डेले नागरिकसँग भने, ‘यसका लागि ५० करोड रुपैयाँसम्म लगानी गरी ४० वटा ‘कटेज' बनाउँछौं। जुन विश्वस्तरीय हुनेछन्।
सांग्रिलाले रिसोर्टको नाम ‘द लस्ट होराइजन रिसोर्ट' राखेको छ। हाल रिसोर्ट डिजाइनको काम तीव्र गतिमा भइरहेको छ। तीनदेखि चार महिनाभित्र डिजाइनको काम पूरा हुने पाण्डेले बताए। बेलायती आर्किटेक्ट जोन स्यान्डीले रिसोर्ट डिजाइन गरिरहेका छन्।
‘रिसोर्टका सबै कटेजबाट जंगल, बेगनास ताल, आठ हजार मिटरभन्दा अग्ला चारवटा हिमाल, सँगसँगै माछापुच्छ्रे हिमाल पनि देखिने छ,' पाण्डेले भने, ‘सबै कटेजमा रहने बाथरुमबाट पनि ती दृश्य देख्न सकिने छ।
उनका अनुसार रिसोर्टले चरा अवलोकन (बर्ड वाचिङ), तालका गतिविधि (लेक एक्टिभिटिज), पदयात्रा (ट्रेकिङ) सबै समेट्ने छ। रिसोर्टमा आउने पर्यटकले बेगनास तालमा डुंगामा सयर, त्यसपछि पदयात्रा र चरा अवलोकन गर्दै रिसोर्ट पुग्न सक्नेछन्। यसका लागि ताल किनारबाट दुई छुट्टाछुट्टै पदयात्रा मार्ग बनाइएको छ।
‘सस्तो र मध्यमखालका पर्यटक नभई बढीभन्दा बढी पैसा खर्च गर्ने गुणस्तरीय पर्यटक नेपाल ल्याउने लक्ष्य लिएर रिसोर्ट निर्माण गर्न लागेका हौं,' पाण्डेले भने, ‘हाम्रो रिसोर्टका कोठा प्रतिरात करबाहेक न्यूनतम ३ सयदेखि ५ सय अमेरिकी डलर (३० हजारदेखि ५० हजार रुपैयाँ) सम्ममा बिक्री गर्छौं। यस्तो क्षमता गुणस्तरीय पर्यटकमा मात्र हुन्छ'
उनका अनुसार रिसोर्टमा विश्वस्तरीय स्पा, कोठा, अनौठो खालको ‘ह्यांगिङ' बार्दली, पौडी पोखरी, लाउन्ज बार, सम्मेलन कक्षलगायत हुनेछन्। रिसोर्ट पूर्णरूपमा वातावरणमैत्री हुनेछ। वरिपरिका रुखबिरुवा कुनै पनि काटिँदैनन्। कटेज निर्माण गर्दा कुनै रुख पर्योु भने त्यसलाई काट्नुको सट्टा कटेजकै एक अंगका रूपमा राखिने छ। सबै कटेज र वरिपरि सौर्यबत्ती जडान गरिनेछन्।
‘विश्वकै नमुन रिसोर्ट बनाउने लक्ष्य छ, त्यसमाथि भिन्नै अनुभव दिलाउने रिसोर्ट संसारमै कम छन्, त्यसभित्र नेपाललाई पनि पार्ने हाम्रो अर्को प्रमुख लक्ष्य हो, प्रबन्ध निर्देशक पाण्डेले भने, ‘रिसोर्टमा अधिकतम दुई सयजनालाई रोजगारी दिन्छौं। रोजगारीमा स्थानीयलाई उच्च प्राथमिकता दिइने छ।
सांग्रिलाले रिसोर्ट निर्माण गर्न लागेको थाहा पाएपछि धेरै अन्तर्राष्ट्रिय होटल तथा रिसोर्ट चेनले चासो दिएको पाण्डेले बताए। तर, आफूहरू छुट्टै ब्रान्ड बनाएर अन्तर्राष्ट्रिय पर्यटन बजारमा जाने उनले जानकारी दिए। ‘लस्ट होराइजन' लाई ब्रान्ड बनाउँदै पोखरा र चितवनसम्म विस्तार गर्ने सांग्रिलाको योजना छ।
रिसोर्ट निर्माणको पहिलो चरणमा ४० कटेज बन्नेछन्। पर्यटकको मागअनुसार बढाउँदै ७० कटेजसम्म पुर्यााइने पाण्डेले बताए। सांग्रिलाको व्यवस्थापकीय समूहले ४ सयदेखि ५ सयवटासम्म कोठा ‘ह्यान्डल' गर्नसक्ने भएकाले नयाँ रिसोर्टमा पनि यही समूहले काम गर्ने उनले जानकारी दिए।
बढीभन्दा बढी पैसा खर्च गर्ने गुणस्तरीय पर्यटक नेपाल ल्याइरहेको ट्राभल कम्पनी कोरा टुर्सका प्रमुख कार्यकारी अधिकृत विजय अमात्यले सांग्रिलाको लस्ट होराइजन रिसोर्ट परियोजना अद्वितीय हुने दाबी गरे। रिसोर्ट तयार भएपछि अन्य अन्तर्राष्ट्रिय चेनसमेत नेपालमा लगानी गर्न आकर्षित हुने उनको अनुमान छ।
‘लस्ट होराइजन रिसोर्टले नेपालको होटल क्षेत्रमात्र नभई समग्र पर्यटन उद्योगको प्रोफाइल र नक्सा नै परिवर्तन गर्नेछ,' चार दशकभन्दा बढी अवधिदेखि पर्यटन व्यवसाय गरिरहेका अमात्यले नागरिकसँग भने, ‘सांग्रिलाले मुलकुको पर्यटन इतिहासमै एउटा नौलो काम गर्दैछ। यो रिसोर्ट संसारकै एक उत्कष्ट हुने सम्भावना बलियो छ।
बेगनास रिसोर्टको काम सकिने बेलामा चितवनमा पनि अर्को रिसोर्ट निर्माण गर्ने योजना सांग्रिलाको छ। त्यसका लागि पनि डिजाइनको काम सुरु भइसकेको छ।