डडेलधुरा-अमरगढी–५ की शान्ती भट्टले बागबजारबाट किनेको खानेतेल प्रयोग गर्दा नराम्रो गन्ध आयो। प्याकेटमा उत्पादन र उपभोग्य मिति थिएन।खानेतेल मात्र होइन हरेक वस्तु मिसावटयुक्त र गुणस्तरहीन प्रयोग गर्नु पहाडी भेगका उपभोक्ताको नियति नै बनेको छ। ‘तरकारी भुट्ने बेला कराही भरिने गरी पिँ्कज आउँछ,' बजारमा उपलब्ध सबै ब्रान्डबाट वाक्क भट्ट भनिन्, ‘अचेल भारतीय र नेपाली ब्रान्डको खानेतेल किन्न छाडेकी छु।'
खाद्य बाली कम हुने यस क्षेत्रका उपभोक्ता बजारमा उपलब्ध सामान किन्नैपर्ने बाध्यतामा छन्। पहाडी जिल्लामा नापतौल तथा गुणस्तर कार्यालयले चेक जाँच नगर्ने हुँदा गुणस्तरहीन वस्तु खुलेआम बिक्री हुन्छ। सुदूरपश्चिमका डडेलधुरा, डोटी, बैतडी, अछाम, बाजुरा, दार्चुलामा गुणस्तरहीन खाद्य वस्तु निर्वाध किनबेच भइरहेको पाइन्छ।
‘महँगोमा बेचिने चामल पनि सडिसकेको हुन्छ,' डडेलधुरा, बागबजारकी शारदा जोशीले भनिन्, ‘ग्रामीण भेगमा त उपभोग गर्ने म्याद सकिइसकेका सामान बिक्री भइरहेका छन्।' खाद्य सामग्रीमा मिसावटको समस्या पनि कम छैन। ‘बजारवाट रेडिमेड मसाला किन्दा पिठो र काठको धुलो मिसाइएको पाइयो,' बैतडी गोठलापानीका बासुदेव भट्टले भने, ‘अत्यन्तै संवेदनशील खाद्य सामग्रीमा मिसावटले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भए पनि यहाँ गुणस्तर जाँच्ने निकाय छैन।
कैलालीका विभिन्न खाद्य उद्योगबाट उत्पादित सामानको वर्चश्व रहने सुदूरपश्चिमका पहाडी जिल्लाका अधिकांश बजारमा उपभोग गर्न नहुने खाद्य सामाग्री प्रचुर मात्रामा भेटिन्छ। स्थानीयका अनुसार बजारमा पाइने चामल, तेल, पिठो, दालका साथै प्याकिङ भएर आउने बिस्कुट, चाउमिन, चाउचाउजस्ता वस्तु पनि सडेका हुन्छन्।
भात पकाउँदा गन्हाउने गरेको बैतडी पाटनका हरि बिष्टले बताए। डिपोबाट ल्याएको चामलमा सिसाका टुक्रा भेटिएपछि स्थानीय प्रशासनमा उजुरी गर्दा पनि कुनै कारबाही नभएको उनले गुनासो गरे।
डडेलधुरा उद्योग वाणिज्इ संघका महासचिव भोजराज भट्ट पछिल्लो समय अखाद्य बस्तु बेच्न पहाडीलाई रोज्न थालिएको बताउँछन्। ‘अखाद्य वस्तु नबेच्न संघले आग्रह गरे पनि रोकिएको छैन,' उनले भने।
पहाडी जिल्लामा तत्काल चेकजाँच नहुने कारण अखाद्य वस्तुहरु आउने गरेको भट्टले बताए। सरकारले बजारमा बिक्री हुने सामान निरीक्षण र अनुगमनमा स्थानीय प्रशासनलाई सक्रिय हुन निर्देशन दिए पनि सुदूरपश्चिमका पहाडी जिल्लामा प्रशासनले अनुगमन नगरेको स्थानीयको गुनासो छ।
सुदूरपश्चिमका जिल्ला हेर्ने धनगढीस्थित नापतौल तथा गुणस्तर कार्यालयले पहाडी जिल्लामा वर्षको एकपटक पनि अनुगमन गर्दैन। ‘चार वर्ष पहिला एकपटक गुणस्तर जाँच गर्ने टोली आएको थियो त्यसपछि कोही देखिएको छैन,' स्थानीय व्यापारी महेश कठायतले भने।