काठमाडौं-सरकारले पिउने पानीमा कार्टेलिङ गर्ने व्यवसायीमाथि कारबाही सुरु गरे पनि बढेको मूल्य यथावत छ। व्यवसायीले एम इन्टरनेसनलमार्फत कार्टेलिङ सुरु गरेपछि प्रतिबोतल पानीको मूल्य बढेर २५ रुपैयाँ पुगेको हो। प्रतिस्पर्धाको बेला २० रुपैयाँमा एक बोतल पानी पाइन्थ्यो।करिब एक साताअघि व्यवसायलाई मर्यादित बनाउने नाममा व्यवसायीले कार्टेलिङ सुरु गरेका थिए। ‘व्यवसायीले एम इन्टरनेसनल खडा गरी पानी बिक्रीमा एकाधिकार जमाएको भोलिपल्टबाट उपभोक्ता मूल्य २५ रुपैयाँ पुगेको हो,' उपभोक्ता हित संरक्षण मञ्च नेपालका महासचिव ज्योति बानियाँले नागरिकसँग भने, ‘सरकारले कार्टेलिङ गर्ने व्यवसायी र एमलाई कारबाही सुरु गरेको बताए पनि अझैसम्म बढेको मूल्य घटेको छैन।'
संसदको उद्योग वाणिज्य तथा उपभोक्ता समितिअन्तर्गत उपसमितिका सभापति सुभासचन्द्र ठकुरी शाहले प्रकृतिले निःशुल्क दिएको पानीमाथि कार्टेलिङ गर्न खोज्नेविरुद्ध कडा रुपमा प्रस्तुत हुन सरकारलाई निर्देशन दिएका थिए। ‘प्राकृतिक स्रोतलाई कसैले आफ्नो दाबी गर्न मिल्दैन,' उनले नागरिकसँग भने, ‘कसैले प्राकृतिक स्रोत, साधन कब्जा गरी मनोमानी गर्न खोज्छ भने कारबाही गर्नु पर्छ।'
शाहले खोलामा बगेको पानी उठाएर बोतलमा प्याकिङ गर्दा २५ रुपैयाँ नपर्ने बताए। ‘यसको पनि वास्तविक मूल्य निर्धारण गर्न वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छु,' उनले भने। काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले एम इन्टरनेसनलको डिपोमा छापा मारी सिलबन्दी गरेका छन्। बजार संरक्षण अधिकृत तथा काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालाले आइतबार एम र नेपाल बोटल वाटर उद्योग संघका पदाधिकारलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बयानका लागि बोलाएको बताए।
प्रशासनले बिहीबार एमको डिपोमा रहेको एक हजार दुई सय कार्टुन पानीमा सिलबन्दी गरेको छ। अर्को आदेश नभएसम्म सिल गरिएको पानी बिक्री नगर्न संघ तथा एमलाई प्रशासनले निर्देशन दिएको छ। कोइरालाले एमको कार्यालयमा छापा मारेर कागजपत्र लिएको जानकारी दिएका हुन्।
वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका महानिर्देशक नारायणप्रसाद बिडारीले कार्टेलिङ गर्ने संस्थालाई कारबाही थाल्नुपूर्व बजारमा गएको पानी अहिले पनि बिक्री भइरहेको बताए। ‘उनीहरूले सुरुसुरुमा पठाएको पानी हो,' उनले भने, ‘सिलबन्दी गरेपछि पानी बिक्री रोकिएको छ।' सुरुको पानीको मूल्य बढाएर व्यवसायीले बजारमा पठाएको उनको भनाइ छ।
पानीका बोतल स्टिकर टाँसेर बजार पठाउन थालेपछि मूल्य २५ रुपैयाँ पुगेको हो। जिल्ला प्रशासनले एमले स्टोर गरेर राखेको पानी गुणस्तहीन हुन सक्ने अनुमानसमेत गरेको छ। ‘हामीले छापा मार्दा पानीमा ब्याच नम्बर र एमआरपी थिएन,' कोइरालाले भने, ‘पानीमा गुणस्तरको समेत समस्या देखिन सक्छ।' अहिले प्रशासनले सिल गरेको पानी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा परीक्षणका लागि पठाइएको छ।
पानीमा भएको कार्टेलिङविरुद्ध सरकारले अनुगमन तीव्र बनाएपछि एम र संघका पदाधिकारी फरार भएको प्रशासनले बताएको छ। ‘हामी अनुगमनमा आउने थाहा पाएपछि सबै संघ र एमका पदाधिकारी फरार भएछन्,' कोइरालाले भने, ‘फरार व्यवसायीलाई बयानका लागि आइतबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिएका छौं।'
कार्टेलिङ प्रक्रियामा सहभागी केही उद्योगले गैरकानुनी रुपमा टाँसिएको स्टिकर उप्काउन थालेको स्रोतले बताएको छ। सरकारले संघको स्टिकर टाँसेको पानी बजारमा ल्याउन नदिने बताएपछि उनीहरुले यो कदम चालेका हुन्। ‘स्टिकर राखेको पानी बजारमा लैजाँदा हामीलाई नै समस्या पर्ने भयो,' एक उद्योगीले भने, ‘त्यसैले संघको स्टिकर उप्काउन थालेका हौं।'