काठमाडौं-नेपाल र भारतबीच विद्युत व्यापार सम्झौता (पिटिए) गर्न निरन्तर प्रयास हुँदै आए पनि राजनीतिक दलको विरोधका कारण तत्काल नहुने भएको छ। भारतले जलस्रोत कब्जा गर्न खोजेको भन्दै दलका नेताहरूले फरक–फरक अभिव्यक्ति दिन थालेपछि तत्काललाई सम्झौता नहुने भएको हो।दलहरूबीचको विवादका कारणमात्रै होइन, नेपालले पठाएको मस्यौदाप्रति भारतले कुनै प्रतिक्रिया नदिएकाले पनि पिटिए अनिश्चित बनेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको अघिल्लो दिन (साउन १६ गते) संशोधन गरेर पठाइएको मस्यौदाको जवाफ भारतले अहिलेसम्म नदिएको ऊर्जा मन्त्रालयले जनाएको छ।
भारतले असार २ गते पठाएको मस्यौदामा जलस्रोत तथा विद्युत विकासमा दुवै देशको संयुक्त सहभागिता हुने र जलविद्युत आयोजना निर्माण गर्दा शतप्रतिशत भारतीय कम्पनी वा नेपालसँगको साझेदारीमा गर्न सकिने उल्लेख छ। यो बुँदा नेपालले हटाएपछि भारत सम्झौताबाट पछि हट्न खोजेको केही सभासदको तर्क छ।
भारतीय मस्यौदा एकपक्षीय भएको भन्दै राजनीतिक दलले विरोध गरेका बुँदा हटाई विद्युत उत्पादन र व्यापारका विषयमात्र समावेश गरिएकाले भारत यसमा सहमत नभएको ऊर्जा मन्त्रालयका एक उच्च अधिकारीले बताए। ‘यहाँ अनावश्यक विरोध भयो, भारतले चाहेअनुसारको मस्यौदा पनि भएन, यसैले उसले चासो देखाएन,' उनले भने।
भारतले पठाएको मस्यौदाको धारा १ मा उल्लेखित ‘जलविद्युत विकासका लागि त्यससँग सम्बन्धित तालिमका कार्यक्रम, दक्षता विकास र परामर्शदाता नियुक्ति प्रक्रियामा व्यापक रूपमा भारतीय पक्षको सहभागिता हुने वा भारतले सहयोग गर्ने' भन्ने बुँदा नेपालले हटाएको छ। त्यस्तै, भारत निर्यात गर्ने बिजुली भारतनियन्त्रित हुनुको सट्टा चलन–चल्तीको बजार मूल्यअनुसार निर्धारण हुनुपर्नेमा नेपालले जोड दिएको छ।
सोही मस्यौदाको धारा ३ (क) मा आयोजना विकास र प्रसारणमा दुई देशबीच संयुक्त लगानी हुने उल्लेख छ। नेपालले भने विद्युत उत्पादनमा जुनसुकै कम्पनी समावेश हुने र प्रसारण तथा ग्रिड कनेक्सन (दुई देशबीच प्रसारण लाइन निर्माण) मा दुवै देशको लगानी हुने गरी संशोधन गरेको छ।
धारा ३ मै जलविद्युत विकासमा भारतीय कम्पनीको शतप्रतिशत लगानी हुने भन्ने बुँदा नेपालले हटाएको छ। जुनसुकै देशका कम्पनीले यहाँका आयोजनामा लगानी गर्नसक्ने नेपालको मस्यौदामा उल्लेख छ। नेपालले बिजुलीको आफ्नो आवश्यकता किटान गरिसकेको र चाहिएजति (खपत हुन सक्ने) बिजुली राखिसकेपछि बाँकी भारतकै सर्तमा निर्यात गर्नुपर्ने विषयसमेत हटाइएको छ।
नेपाल र भारतले आफू अनुकूल मस्यौदा बनाएको र यसमा अतिराजनीति भएकाले दुई देशको समान धारणा बन्न नसकेको ऊर्जा मन्त्रालयका अधिकारीको टिप्पणी छ। यिनै मतभेद र विरोधका कारण मोदी भ्रमणका क्रममा तोकिएको ४५ दिनभित्र पिटिए हुन नसक्ने मन्त्रालयको दाबी छ।
भारतले हालै पिटिएबारे वार्ता गर्न पत्राचार गरे पनि नेपालले पठाएको मस्यौदाबारे कुनै प्रतिक्रिया नदिएको ऊर्जासचिव राजेन्द्रकिशोर क्षेत्रीले बताए। संसदको जलविद्युत तथा कृषि समितिलाई पिटिएबारे आइतबार जानकारी दिँदै सचिव क्षेत्रीले भने, ‘उताबाट आएको मस्यौदा तीन राजनीतिक दलका प्रतिनिधिद्वारा संशोधन गरी पठाइयो तर प्रतिक्रिया आएको छैन।'
भदौ ३ गते पुनः ताकेतापत्र पठाएको तर यसको पनि जवाफ नआएको उनले बताए। भारतले पठाएको मस्यौदा तीन राजनीतिक दलका प्रतिनिधिले संशोधन गरेपछि सम्झौता प्रक्रिया अप्ठ्यारो हुँदै गएको बताउँदै क्षेत्रीले भने, ‘ताकेतापत्रको जवाफ सातासम्म नआए पुनः आन्तरिक छलफल गर्नुपर्छ।'
नेपालले मस्यौदा पठाएको तर भारतले प्रतिक्रिया नदिएकाले उसकै कारण सम्झौता नहुने सम्भावना बढेको समितिका सदस्य गगन थापाले नागरिकलाई बताए। ‘राजनीतिक दललाई मात्रै दोष दिनुको अर्थ छैन,' उनले भने, ‘सम्झौता भारतभन्दा नेपाललाई बढी आवश्यक भएरै ताकेता गरिएको हो तर उसैले चासो देखाएको छैन।'
भारतले पठाएको मस्यौदा संशोधन गर्न अर्थमन्त्री रामशरण महत, एमाले नेता भीम रावल र एकीकृत नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठको कमिटी गठन गरिएको थियो। उक्त कमिटीले पानी उपयोगका मुद्दा अलग राखेर पिटिए गर्ने निचोड निकालेको थियो। यो मस्यौदा भारतले अस्वीकार गरेपछि सम्झौता हुन सकेको थिएन।
सम्झौता गर्न ऊर्जा मन्त्रालयलाई सहयोग गर्न समिति तयार रहेको र सरकारसमक्ष लबिङ गर्न सकिने पनि थापाले बताए। तर, ऊर्जासचिव क्षेत्रीले राजनीतिक दलले हातखुट्टा बाँधेर सम्झौता गर्न अनुमति दिएकाले केही गर्न नसकिएको टिप्पणी गरे। ‘पिटिए वार्ता टोलीलाई अधिकारसहितको निर्देशिका प्रयोग गर्नसक्ने अनुमति नदिएसम्म सम्झौता हुँदैन,' उनले भने।
राजनीतिक दलले बिजुली निर्यातलाई पानीको विषयसँग जोडेर विरोध गरेको भन्दै उनले यी विषय सँगै उठाउँदासम्म जलविद्युत विकास नहुने प्रतिक्रिया दिए। भारतले भने बिजुली र पानीका विषय वा जलस्रोतको समग्र विकास गर्न सकिने मस्यौदामा जोड दिएको छ। ‘पानीका मुद्दा अलग गर्नासाथ पिटिए गर्न सबै दल सहमत हुन्छन् तर भारत सहमत हुँदैन,' एक सभासदले भने।
ऊर्जा सचिवको संयोजकत्वमा यसअघि पिटिए वार्ता टोली भारत जाने तयारी भएको थियो तर दलको विरोध र मन्त्रिपरिषदले स्वीकृति नदिएका कारण रोकिएको थियो। चार वर्षयता दुवै देशका सचिवस्तरीय जलस्रोत बैठकमा कुरा उठाइए पनि भारतले यसमा खासै चासो दिएको थिएन। ठूला आयोजना बनाएर बिजुली निर्यात गर्नेबारे लामो समयदेखि छलफल हुँदै आएको छ। भारतले भने आफूअनुकुलका सर्तमात्र राखेकाले टुंगो लाग्न सकेको छैन।