चितवन-स्थानीय बजारमा तरकारी र फलफूलको मूल्य अचानक बढेको छ। चाडपर्व सुरु हुन लागेपछि व्यवसायीले मनोमानी मूल्य बढाएको उपभोक्ताको आरोप छ। व्यवसायी भने वर्षा र उत्पादन कम भएकाले मूल्य बढेको बताउँछन्। भारतबाट आउने तरकारी घटेकोले पनि मूल्यमा चाप परेको व्यवसायीको भनाइ छ।‘बजारमा मागअनुसार तरकारी आएको छैन त्यसैले मूल्य बढेको हो। व्यपारीले बढी नाफा लिन मूल्य बढाएका होइनन्,' फलफूल तथा तरकारी व्यवसायी संघका महासचिव मुकुन्दराज गौतमले भने। बजारमा तरकारी फलफूल धेरै आउँदा मूल्य कम हुने र कम आउँदा बढ्ने उनको भनाइ छ।
चितवनभर तरकारी आपूर्ति हुने नारायणगढ लायन्स चोकको तरकारी थोक बजारमा शुक्रबारसम्म काउलीको थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ थियो। टमाटर ३० देखि ४० रुपैयाँ, परवल ४० रुपैयाँ, बोडी २५ देखि ३० रुपैयाँ र भिन्डी २० रुपैयाँ किलो थियो। अहिले हरेक तरकारीमा १० देखि ३० रुपैयाँसम्म मूल्य बढेको छ।
आइतबार लायन्सचोकको तरकारी बजारमा काउलीको थोक मूल्य प्रतिकलिो ४५ रुपैयाँ थियो। त्यस्तै टमाटर ७५ रुपैयाँ, परवल ५० रुपैयाँ, बोडी ७० रुपैयाँ र भिन्डी ६० रुपैयाँ किलोमा किनबेच भएको व्यवसायी जोगेन्द्र साहले जानकारी दिए। उनका अनुसार बजारमा तरकारी कम आउन थालेको छ।
‘मान्छेहरु तरकारी खोज्दै बिहान चार बजे नै आउन थाले। तरकारी कम आएको छ। मूल्य बढी छ,' साहले भने। दिनमा २० क्विन्टलसम्म तरकारी बेच्ने गरेकोमा अहिले मुस्किलले आधा मात्रै बेचेको साह बताउँछन्। दैनिक २० गाडीभन्दा धेरै तरकारी आउने मण्डीमा अहिले १० देखि १५ गाडीमात्रै आइरहेको उनले बताए।
‘भिन्डी दुई सय पोकासम्म आउँदा मूल्य २० रुपैयाँ किलो थियो। अहिले २० पोकामात्रै आउँछ मूल्य ६० रुपैयाँ पुग्यो,' व्यवसायी साहले भने। तरकारी बजारको नियमित अनुगमन नहुँदा मूल्य बढेको हुन सक्ने उपभोक्ताको गुनासो छ। ‘व्यापारीका आफ्नै कुरा छन् मूल्य बढ्नुको खास कारण के हो कसैले खोजी गरेको छैन,' तरकारी बजारमा भेटिएका महेश गौतमले भने।
बजारमा आएको तरकारीको अभिलेख र मूल्यसूची राख्ने परिपाटी यहाँ छैन। तरकारी बजार व्यवस्था समितिलाई भरतपुर नगरपालिकाले निष्त्रि्कय बनाएपछि यो काम हुन नसकेको व्यवसायी संघका महासचिव मुकुन्द गौतम बताउँछन्। पहिला समितिले बजारमा आउने तरकारीको परिमाण र मूल्य पनि राख्थ्यो। एक वर्षदेखि समिति निष्त्रि्कय छ।
बजारमा केरा, स्याउ र अनारको मूल्य पनि बढेको छ। महासचिव गौतमका अनुसार अघिल्लो हप्तासम्म केरा प्रतिकोसा तीनदेखि चार रुपैयाँ थियो। अहिले ६ रुपैयाँ पुगेको छ। त्यस्तै प्रतिकिलो ७० देखि ८० रुपैयाँसम्म पर्ने स्याउ सयदेखि एक सय ५० रुपैयाँ पर्छ। एक सय २० देखि एक सय ४० रुपैयाँमा पाइने अनार किलोको एक सय ५० देखि दुई सय रुपैयाँसम्म पुगेको गौतमले बताए।
‘भारतबाट फलफूल तरकारी कम आएको छ। अहिले उत्पादन पनि कम हुन्छ। भएको उत्पादन पनि पानीले बिगारेको छ। बाटोको समस्याले पनि बजारसम्म आउन समस्या भएकाले मूल्यमा असर परेको हो,' महासचिव गौतमले भने। चाडपर्व नजिक आएकाले माग बढ्ने र सँगसँगै मूल्य झनै बढ्ने सम्भावना रहेको उनले बताए।