रुपाकोट (कास्की)— गैरआवासीय नेपाली (एनआरएन) को ३० करोड रुपैयाँ लगानीमा निर्माणाधीन रुपाकोट रिसोर्ट दसैंको छेकोमा सञ्चालनमा आउने भएको छ। लगानीकर्ता बेल्जियम निवासी पुष्प अधिकारीले ९० प्रतिशत निर्माण पूरा गरिसकेको नागरिकलाई जानकारी दिए।'पूर्ण रुपमा नभए पनि केही कोठा र रेस्टुरेन्ट गरी दसैंतिर रिसोर्ट सुरु हुन्छ,' उनले भने, 'योजनाअनुसार रिसोर्टका सबै भौतिक संरचना पूरा गर्न त केही वर्षै लाग्न सक्छ ।' रिसोर्टमा अहिले ४० कोठा तयार भइसकेका छन्।
अहिलेसम्म कुनै पर्यटकीय गतिविधि नभएको कास्कीको पूर्वी गाउँ रुपाकोटको डाँडामा रिसोर्ट बनिरहेको छ । पोखरा र वरिपरि खुलेका होटल तथा रिसोर्टले लेकसाइड र फेवाताललाई आफ्ना पाहुनाको एउटा मुख्य गन्तव्य बनाउँछन् तर, रुपाकोट रिसोर्टले वेगनाश र रुपाताल प्रवद्र्धन गर्दैछ । आँखै टाँसिन आउने दुईताल र हिमाली शृंखला यो रिसोर्टको मुख्य आकर्षण हुनेछ ।
महँगा पर्यटकलाई रिसोर्टले मुख्य लक्षित पाहुना बनाउनेछ। अहिले बनेका भवन नेपाली शैलीका देखिने गरी तयार पारिएको छ। दुईवटामात्रै तला भएका घरहरुका सबैजसो कोठाबाट अन्नपूर्ण हिमशृंखला देखिन्छ । अहिले तीन सय डलर प्रतिरात प्याकेजमा बिक्री हुने कोठा ४० बाट बढाएर एक सय १६ बनाउने लक्ष्य राखिएको छ । त्यतिसम्म पुर्याउँदा ८० करोड लगानी हुने अनुमान छ । तीन सय डलरको प्रतिरात प्याकेजमा बेच्न सके पोखरामा सम्भवतः सबैभन्दा महँगो रिसोर्ट रुपाकोट हुनेछ ।
महँगो प्याकेजमा रिसोर्टका कोठा बिक्री गर्न सके २५ प्रतिशत अकुपेन्सी भए पनि रिसोर्ट चुस्तरुपमा चलाउन सकिने अधिकारीको सोच छ । 'पैसाभन्दा पनि सेवा हेर्ने पर्यटक हामी लक्षित गर्छौं,' उनले भने । पोखराका अरु होटल भने २५ प्रतिशत अकुपेन्सी भएर टिक्न सक्दैनन् ।
दुई सय रोपनी क्षेत्रफल जग्गा भएको रिसोर्ट केही समयपछि थप भवन र स्विमिङ पुल निर्माण गर्ने योजना बनाएको छ । प्याकेजमा आउने पर्यटकलाई कम्तीमा पनि दुई दिन राख्ने र वेगनाश तथा रुपाताल र रुपाकोट गाउँ डुलाउने योजना बनाइएको पनि लगानीकर्ता अधिकारीले जानकारी दिए । 'यहाँ आउने पर्यटक हाइकिङ जान्छन्, वनजंगल डुल्छन् र चराचुरुंगी हेर्छन्,' उनले भने, 'रुपाकोट र वरिपरिको जैविक विविधतामा रमाउँछन् ।' उनले आफ्नो गाउँ रुपाकोटका एकै ठाउँमा साल र सल्लो अनि गुलाब र गुराँसका देख्न पाइने पनि बताए।
पर्यटन क्षेत्रमै २० वर्षजतिको अनुभव बटुलेका अधिकारीले बेल्जियम गएर कमाइ गरेको पैसा आफ्नो पुख्र्यौली गाउँ रुपाकोटमा लगानी गरेका हुन् । बेल्जियममा आफ्नो रेस्टुरेन्ट व्यवसाय रहेको उनले जानकारी दिए । उनकै भनाइमा त्यहाँ भने जम्मा सात करोड रुपैयाँ लगानी छ । नेपालमै प्रशस्त सम्भावना छ भनेरै लगानी भिœयाएको उनले बताए । रिसोर्टमा ८० जनालाई रोजगारी दिने योजना उनले बनाएका छन् । रिसोर्ट प्रवद्र्धक अधिकारीले केही वर्षदेखि नै रुपाकोट टुर्स एन्ड ट्राभल्स सञ्चालन गरिरहेका छन् ।
रुपाकोट गाउँ यसअघि चर्चित रोयक टे«कअन्तर्गत पर्छ । तर, केही वर्षयता सबै गाउँतिर मोटरबाटो बनेपछि पदयात्री पर्यटक देखिन छाडेका छन् । रिसोर्टले पर्यटकीय रुपमा रुपाकोटलाई पुनर्जन्म दिने विश्वास गरिएको रिसोर्टका व्यवस्थापक तुलसी लामिछानेले बताए । रिसोर्टका लगानीकर्ता पुष्प अधिकारीकै पहलमा गाउँमा खानेपानी समस्याको समाधान पनि निकालिएको छ । डाँडामा बोरिङ प्रविधिबाट पानी निकालेपछि गाउँलेले सुख पाएका छन् ।