मलेसिया (क्वालालम्पुर)- मलेसियाको जोहोर क्षेत्रमा रोजगारदाताको लापरबाहीले बिरामी सहकर्मीको मृत्यु भएको भन्दै आन्दोलित नेपाली कामदार कम्पनीको नियमित काममा फर्केका छन्। कामदारले राखेका विभिन्न माग पूरा गर्न व्यवस्थापन सहमत भएपछि उनीहरु काममा फर्केका हुन्।सहकर्मीको मृत्युपछि आक्रोशित नेपाली कामदारले मलेसियाको जोहोर क्षेत्रस्थित जेसिवाई इन्टरनेसनल कम्पनीमा मंगलबार साँझ तोडफोड र आगजनी गरेका थिए। प्रहरीले तोडफोड आरोपमा ३९ नेपालीसहित त्यहाँ कार्यरत ४२ कामदारलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ।
मलेसियास्थित नेपाली दूतावासका राजदूत निरन्जनमानसिंह बस्न्यातले कामदार र कम्पनी व्यवस्थापनबीच भएको वार्तामा माग पूरा गर्ने सहमति भएपछि कामदार काममा फर्केको बताए। कामदारको आन्दोलनका विषयमा यहाँको मन्त्रिपरिषदमा समेत कुरा उठेको थियो। यहाँका सरकारी अधिकारी र दूतावासका उपनियोग प्रमुख हेमलाल भट्टराईसहित टोली गएर छलफलमा बसेपछि विभिन्न माग पूरा गर्ने सहमतिमा आन्दोलन रोकिएको हो।
कामदारले मृतक निरौला तीन वर्ष काम गर्नेगरी आएको र कम्पनीले बाँकी समयको क्षर्तिपूर्ति दिनुपर्ने माग राखेका थिए। कम्पनीले सो माग पूरा गर्ने भएको दूतावासले जनाएको छ। त्यस्तै कम्पनीभित्र चौबिसै घन्टा क्लिनिक खोल्नुपर्ने, ग्यास र पानीको पैसा तिर्नु नपर्ने र होस्टेलमा २५ जनाभन्दा थोरै राख्नुपर्ने नियमलाई पनि व्यवस्थापनले सम्बोधन गर्ने भएको दूतावासले जनाएको छ।
घटनाका विषयमा मलेसियाका मानव संसाधनमन्त्री डाटुक रिचर्ड रायत जाइम र राजदूत बस्न्यातबीच भेटवार्ता भएको थियो। भेटमा जाइमले यस्तो घटनाले नेपाल र मलेसियाको वर्षाैं पुरानो सम्बन्ध बिगार्न नहुने भन्दै घटनाप्रति चासो राखेको बस्न्यातले बताए। जाइमले आगामी बिहीबार घटनास्थल जोबोरबारुको जेसिवाई कम्पनी निरीक्षण गर्ने भएका छन्। उनीसँगै राजदूत बस्न्यात पनि घटनास्थल पुग्ने दूतावासले जनाएको छ।
दुई साताअघि झापा दहचोकका हर्कबहादुर निरौलाको छातीमा समस्या देखिएपछि उपचारक्रममा मृत्यु भएको थियो। बिरामी निरौलाको उपचारमा कम्पनीले ध्यान नदिएको र सहकर्मीले अस्पताल भर्ना गर्दा पनि बेवास्ता गरेको कामदारको आरोप छ। यही आक्रोशमा नेपालसहित अन्य मुलुुकका कामदारलेे कम्पनीमा तोडफोड र आगजनी गरेका थिए।
कामदारको मृत्युपछि आक्रोशितले कम्पनी तोडफोड र आगजनी गरेका थिए। जेसिवाई कम्पनीमा नेपालीसहित अन्य देशका कामदार पनि रहेकाले आन्दोलनमा उनीहरु पनि संलग्न रहेको बताइएको छ।
तोडफोडमा नेपालीसहित बंगलादेशी, इन्डोनेसियाली र बर्मेली कामदार संलग्न रहेको प्रहरीले जनाएको छ। घटनापछि ३९ नेपाली कामदारसहित ४२ जनालाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेका कामदारलाई १४ दिनसम्म अनुसन्धान गर्नुपर्ने भन्दै हिरासतमा राखिएको छ।
कम्पनीमा आठ हजारभन्दा बढी नेपाली कार्यरत रहेको र तोडफोड र आगजनीमा हजारभन्दा बढी संलग्न भएको कम्पनीले जनाएको दूतावासले जानकारी दियो। जेसिवाई इलेक्ट्रोनिक कम्पनी हो। यसले सामसङ, हिटाची र वेस्टर्न डिजिटल पार्टस् उत्पादन गर्दै आएको छ।