मलेसिया (क्वालालम्पुर)- नेपाल वायुसेवा निगमले मलेसिया–काठमाडौंको हवाई भाडा ७० प्रतिशत बढाएको छ। मलेसियामा अवैधानिक रूपमा बसिरहेका नेपाली कामदार स्वदेश फर्काउने तयारी भइरहँदा उसले भाडा बढाएको हो।
मलेेसियामा बसेका अवैधानिक आप्रवासी कुनै पनि बेला पक्राउ पर्न सक्ने भन्दै यहाँस्थित नेपाली दूतावासलेे कोपरासी इमिग्रेसन मलेेसिया बरहाड र नेपाली व्यवसायीको समन्वयमा उनीहरुलाई स्वदेश फर्काउने सूचना जारी गरेको छ। उक्त सूचना आएको भोलिपल्टै निमगले क्वालालम्पुर–काठमाडौंको हवाई भाडा ७० प्रतिशत बढाएको छ। सस्तो भाडाको स्वदेशी वायुसेवाले बढाएपछि यसैमा चढेर दसैंमा घर फर्कने योजना बनाएका कामदारमाथि व्ययभार थपिने भएको छ।
नेपाल एयरलायन्सले एकतर्फी हवाई भाडा पाँच सय तीन रिंगेटबाट (१५ हजार ९० रुपैयाँ) आठ सय ६० रिंगेट (२५ हजार सात सय १० रुपैयाँ) पुर्याबएको छ। हवाई भाडा वृद्धिबाट ट्राभल डकुमेन्ट लिएर घर फिर्ने तयारीमा रहेका करिब १० हजार कामदार प्रभावित हुनेछन्।
मलेसियास्थित नेपाली राजदूत निरञ्जनमानसिंह बस्न्यातले हवाई भाडा वृद्धिले फर्काउने तयारीमा रहेका कामदार रोकिएको बताए। 'नियमित रुपमा पठाउने हाम्रो योजना थियो। तर भाडा वृद्धिले भार थपिने देखिएपछि विकल्प खोजिरहेका छौं,' उनले भने, 'हामीले निगमलाई पहिलाकै भाडामा पठाउन अनुरोध गर्दै पत्र पठायौं, उताबाट जवाफ आएन।'
दूतावासको सूचनामा आगामी डिसेम्बर ३१ भित्र नेपाल फर्काउने गरी प्रक्रिया सुरु गरिएकालेे तत्काल सम्पर्क गरी यात्रा अनुमतिपत्र बनाउन आग्रह छ।
दूतावासलेे पहिलो चरणमा अगस्ट महिनाभरि दैनिक सय जनाको दरलेे स्वदेश फर्काउने योजना बनाए पनि भाडा वृद्धिपछि सेप्टेम्बर दोस्रो सातादेखि मात्र पठाउने जनाएको छ। सेप्टेम्बर १ मा महँगो भाडामै भए पनि केही कामदार नेपाल जाने छन्।
निगमको मलेसिया कन्ट्री म्यानेजर सुधन श्रेष्ठले विगतदेखि नै सेप्टेम्बरमा भाडा बढ्ने गरेको बताए। 'पहिलादेखि नै चाडपर्वको बेला भाडा बढ्दै आएको छ, अहिले अवैधानिक कामदार फिर्ता पठाउन लागेकोले बढेको होइन,' उनले भने, 'हामीले घटाउन छलफल पनि गरेका छौं, एक–दुई दिनमा केही निर्णय होला।'
अवैधानिक कामदार फर्काउन मलेसियाली अध्यागमन विभागलेे आफ्ना पूर्व कर्मचारीको संस्था कोपरासीलाई जिम्मा दिएको छ। दूतावासका अनुसार मलेेसियामा ४० देखि ५० हजार हाराहारी अवैधानिक नेपाली छन्। कोपरासीलेे तिनलाई सहज रूपमा नेपाल पठाउने व्यवस्था गरेको हो। दूतावासले डिसेम्बरसम्म १५ हजारलाई स्वदेश पठाउन सक्ने अनुमान गरेको छ।
दूतावासले यात्रा अनुमतिपत्रको क्रम संख्याका आधारमा प्राथमिकता निर्धारण गरेर नेपाल पठाउने व्यवस्था गरेको छ। यसका लागि कोपरासीमार्फत अध्यागमनबाट फिर्ता हुने पास लिएपछि हवाई टिकट उपलब्ध गराउने दूतावासले जनाएको छ। यो अभियानमा सहभागी हुन कामदारलेे कोपरासीलाई हवाई भाडा, अध्यागमनको शुल्क र जरिवानासहित बढीमा एक हजार तीन सय ४० रिंगेट (करिब ४० हजार दुई सय रुपैयाँ) बुझाउनुपर्नेछ। हवाई भाडा वृद्धिले कामदारलाई आर्थिक भार पर्ने सक्ने दूतावासले जनाएको छ। दूतावासले हवाई भाडा थपघट भए सोहीअनुसार व्यवस्था हुने सूचनामा उल्लेख गरेको थियो।
गैरआवासीय नेपाली संघ, मलेसियाका वरिष्ठ उपाध्यक्ष रमेश तिवारीले समस्यामा परेका कामदारलाई राहत दिन नेपाल पठाउन लाग्दा हवाई भाडा वृद्धिले झन् समस्या थपिएको बताए। 'अन्य मुलुकका अवैधानिक कामदारलाई आफ्नो देशका एयरलायन्सले सस्तोमा उडाइरहेका छन्। तर नेपाल एयरलायन्सले मौका छोपेर महँगो बनाउनु गैरजिम्मेवारी हो,' उनले भने, 'अझ चाडपर्वको नाम लिएर बढाउनु सरासर गलत छ, हज गर्न जाँदा साउदी अरबले छुट दिन्छ, हामी दसैं मनाउन जाँदा महँगो तिर्नुपर्छ।
उनका अनुसार पहिल्यैदेखि महँगो भाडा लिने एयरलायन्सले पनि नेपाल उडान भरिरहेका छन्, कामदारले नेपाल एयरलायन्स सस्तो छ भनेर कुरेर बस्दा अचानक बढाउनु कामदारको हित विपरित हुने उनको भनाइ छ। 'कामदार पठाउन अन्य एयरलायन्सको विमान चार्टर गर्ने कुरा भएको छ, कसरी सस्तो पर्छ हामी त्यसरी नै पठाउछौं,' उनले भने।
मलेसिया सरकारले एक वर्षअघि गैरकानुनी रुपमा बसेका नेपालीसहित बंगाली, पाकिस्तानी, इन्डोनेसियाली, बर्मेली, भियतनामी कामदारलाई पक्राउ गरेको थियो। अपरेसन बरसेपाडु (एकीकृत अभियान) नाम दिएर सुरु गरिएको धरपकडमा अध्यागमन विभागको नेतृत्वमा प्रहरी, सशस्त्र बल, रेला, सिभिल डिफेन्स, स्थानीय काउन्सिल र राष्ट्रिय दर्ता विभागका गरी एक लाख ३५ हजार सुरक्षाकर्मी र कर्मचारी खटिएका थिए। त्यसमा एक हजारभन्दा बढी नेपाली कामदारलाई धरपकड गरेर पक्राउ गरिएको थियो।