काठमाडौं- नेपाल विद्युत प्राधिकरणले पुनः बिजुलीको महसुल बढाउन प्रस्ताव गरिरहँदा ठूला उद्योगी भने यसको विपक्षमा उभिएका छन्। संस्थागत सुधार, चुहावट नियन्त्रण नगरी महसुल बढाउन खोजिएको भन्दै उनीहरुले विरोध गरेका हुन्।महसुल नबढाएकै काराण निरन्तर घाटा भइरहेकाले २० प्रतिशतसम्म वृद्धि गर्न प्राधिकरणले महसुल निर्धारण आयोगसमक्ष प्रस्ताव गरेको छ। तर, संस्थाको सुधारमा नलागी एकपक्षीय रुपमा महसुल बढाउने तयारी गरिएको ठूला उद्योगीको आरोप छ।
दुई वर्षअघि आयोगले २० प्रतिशत महसुल बढाएको थियो। त्यतिबेला २६ प्रतिशत रहेको चुहावटलाई आयोगले पाँच वर्षभित्र २० प्रतिशतमा झार्न निर्देशन दिएको थियो। तर, प्रधिकरणले दुई वर्षमा एक प्रतिशत हाराहारी मात्रै चुहावट घटाएको छ। यस्तै व्यवस्थापन सुधारका लागि दिइएको कुनै निर्देशन कार्यान्वयन भएको छैन।
निरन्तर बिजुली दिएपछि मात्रै महसुल बढाउने आधार सुनिश्चित हुने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले बताए। 'लक्ष्यअनुसार चुहावट घटाउनु पर्यो्, संस्थाको सुधार हुनुपर्योत,' उनले आइतबार नागरिकसँग भने, 'बिजुली उत्पादन र प्रसारण क्षमता बढाएपछि वैज्ञानिक आधारमा महसुल बढाउन उचित हुन्छ।'
निर्माणाधीन जलविद्युत आयोजना रुग्ण अवस्थामा रहेको टिप्पणी गर्दै पाण्डेले थपे, 'पर्याप्त बिजुली उत्पादन गर्नुपर्योय, सम्भव भएसम्म तत्कालका लागि भारतबाट आयात गर्नुपर्योम।' गर्न सकिने काम नै नगरी महसुल बढाउनमात्र जोड दिन नहुने उनले प्राधिकरणलाई सुझाए। लोडसेडिङको बेला पनि लिइरहेको डिमान्ड शुल्क हटाउनुपर्नेमा पनि अध्यक्ष पाण्डेले जोड दिए।
यसैगरी उद्योग परिसंघ (सिएनआई) का वरिष्ठ उपाध्यक्ष हरिभक्त शर्माले बिजुली अभावका कारण लोडसेडिङ गर्दा महसुल बढाउन नहुने बताए। 'जनताको क्रयशक्ति घटेको र महँगी बढेको अवस्थामा महसुल बढाउनु हुँदैन,' उनले भने। ठूला उद्योगका लागि डेडिकेटेड फिडर (छुट्टै प्रसारण लाइन) बनाएर महसुल बढाउँदा आपत्ति नहुने शर्माको तर्क छ।
ठूलो उद्योगलाई डेडिकेटेड फिडरबाट निरन्तर कम्तीमा १८ घन्टा बिजुली दिए साविकको दरमा ५० प्रतिशतसम्म बढी महसुल तिर्न तयार रहेको उनले बताए। उनका अनुसार बढी महसुल तिर्न सक्नेलाई बढाउँदा प्राधिकरणको आम्दानी बढ्छ र उसको घाटा कम हुन सक्छ। तर, चुहावट नघटाउने र सुधारका योजना कार्यान्वयन नगरी बढाइने महसुल उद्योगीलाई मान्य नहुने उनको धारणा छ।
२०६८ सालमा महसुल बढाउँदा कुल पुँजीको एक प्रतिशतसम्म मात्र जगेडा उपकरण राख्नुपर्ने, खिम्ती–भोटेकोसीको पिपिए पुनरावलोकन गर्नुपर्नेलगायत थप निर्देशन दिइएको थियो। तर, प्राधिकरणमा अहिले पनि पाँच अर्ब रुपैयाँ बराबरको जगेडा उपकरण छन्। भने दुई आयोजनाको पिपिए पुनरावलोकन कागजमै सीमित छ।
आयोगले दिएका कुनै पनि निर्देशन कार्यान्वयन नगर्ने संस्थालाई महसुल बढाउने अधिकार नरहेको महासंघका वरिष्ठ उपाध्यक्ष पशुपति मुरारकाले बताए। 'हरेक वर्षको घाटा पूर्ति गर्नमात्रै महसुल बढाउँदै जाने हो भने प्राधिकरणमा कहिल्यै सुधार आउँदैन,' उनले भने, 'प्राधिकरण ऐन, २०४२ अनुसार सुधार गर्नुपर्छ, उसले दुई वर्षअघि दिएको सुझावसमेत कार्यान्वयन गरेको छैन।'
लोडसेडिङले औद्योगिक क्षेत्र अस्तव्यस्त भएको भन्दै महसुल बढाएर निरन्तर बिजुली उपलब्ध हुन्छ भने बढाउन उचित हुने पञ्चकन्या समूहका उपाध्यक्ष धु्रवकुमार श्रेष्ठले बताए। 'भारतमा समेत महसुल बढेको छ, यहाँ बढाउनु हुँदैन भन्ने होइन,' उनले भने, 'तर, निरन्तर बिजुली दिने प्राधिकरणको प्रतिबद्धता हुनुपर्छ।'
लोडसेडिङ र गिटी, ढुंगाको अभावमा सिमेन्ट र स्टिल उद्योगमा प्रतिकुल असर परेको उनले बताए। उनका अनुसार बिजुली र गिटी, ढुंगा अभावले छडको बिक्री झन्डै ९० प्रतिशत घटेको छ। यसले बेरोजगारको समस्या उत्पन्न हुने भन्दै बिजुली दिने सुनिश्चितता भएमात्रै महसुल बढाउन उचित हुने उनको तर्क छ।