पोखरा- मुलुकमा सशस्त्र द्वन्द्व चर्कंदो थियो, त्यसैले स्वदेशमा भन्दा विदेशमा व्यापार व्यवसायको सम्भावना देखेर उनी कोरिया गएका थिए। त्यो १० वर्षअघिको कुरा हो। सन् २००५ मा बिजनेस भिसा लिएर कोरियामै आयातनिर्यातको व्यापार थाले। डिपार्टमेन्ट स्टोर खोले अनि रेस्टुरेन्ट पनि चलाए। कमाइ पनि राम्रै भयो। समय बदलियो। उनको धनसम्पत्तिको ग्राफले पनि उचाइ लियो।
समय बदलिएसँगै नेपालमा सशस्त्र द्वन्द्व सकिएको थियो। त्यसपछि भने मदन केसीले कोरियामा भन्दा नेपालमै सम्भावना देखे। कोरियाली कमाइ लिएर फर्किएका तिनै केसीले पोखराको लेकसाइडमा २५ करोड रुपैयाँ लगानी गरेर ‘होटल गुडविल' निर्माण गरिरहेका छन्। यो वर्षभित्रै सञ्चालनमा आउने उनको ४३ कोठाको होटलमा ५० जनाले रोजगारी पाउनेछन्। कोरियाको व्यापार व्यवसाय बेचेर फर्केका केसीको पोखरामा ट्राभल एजेन्सी र मनी चेन्जरमा पनि लगानी छ।
रमेश कार्की १४ वर्ष जापान बसेर फर्किए। लेकसाइडमै ६ करोड लगानीबाट तीन वर्षअघि होटल मिडलपाथ सुरु गरेका उनको सम्पत्तिको मूल्य तीन वर्षमै तेब्बर भइसकेको छ। होटलमा २४ जनालाई रोजगारी दिइरहेका उनले काठमाडौंमा स्पा खोल्ने योजना गरिरहेका छन्, जहाँ २० जनालाई रोजगारी मिल्नेछ। कार्की भन्छन्, ‘यहाँ जति नै मैले जापानमा लगानी गरेको भए यो उन्नति हुने थिएन। यहाँ त जे बिजनेस गरे पनि माथि जाने बेला छ, तल जाने ठाउँ नै छैन।' देशको अवस्था विस्तारै सुध्रँदै गएको रमेशको अनुभूति छ। भन्छन्, ‘सरकारी कार्यालयहरु सुध्रदैछन्, शान्ति सुरक्षा राम्रो छ। चन्दा आतंकको समस्या हटेको छ।'
विदेशको अनुभवका आधारमा नेपाल आएर व्यवसाय गर्दा कार्की धेरै सुविधा देख्छन्। ‘यहाँ धेरैले बाउबाजेको पैसाबाट व्यवसाय गरेका छन्, बैंकको ऋण छैन, टेन्सन छैन,' उनी भन्छन्, ‘त्यस्तासँग ब्रान्ड बनाउने तरिका पनि छैन, त्यसैले हामीजस्तासँग प्रतिस्पर्धै हुँदैन।' काममा लगानशील भएर काम गर्नुपर्छ भन्ने ज्ञानचाहिँ जापान जानाले नै सिक्न पाएको उनी बताउँछन्।
गैरआवासीय नेपाल संघ (एनआरएन) कोरियाका कोषाध्यक्षसमेत रहेका केसी सरकारले लगानी सुरक्षाको ग्यारेन्टी गरे विदेशमा कमाएका नेपाली धमाधम स्वदेश फर्कने ठान्छन्। ‘धेरै देश घुमेँ, नेपालमा जस्तो लगानीको सम्भावना अन्त देखिनँ,' उनी भन्छन्।
कास्कीको रुपाकोटमा ३० करोडको लगानीमा रिसोर्ट बनाइरहेका पुष्प अधिकारीले पनि विदेशकै कमाइ स्वदेश भित्र्याएका हुन्। बेल्जियममा रेस्टुरेन्ट चलाएका उनीले आउने दसैंताका रिसोर्ट सुरु गर्दै ५० जनाजतिलाई रोजगारी दिँदैछन्। पूर्णक्षमतामा रिसोर्ट चलेपछि भने रोजगारी पाउनेको संख्या दोब्बरभन्दा बढी हुन सक्छ। उनी पनि नेपालमा जति लगानीको सम्भावना अन्त छैन भन्छन्। बेलायत र जापानमा कमाइ गरेका अमृत र लक्षिन गुरुङले माछापालनमा लगानी लगाएका छन्। सार्दिखोलामा खोलिएको उनीहरुको गण्डकी रेन्बो ट्राउट माछा फार्मले वर्षेनी करोडौंको कारोबार गर्छ। कोरियाबाट फर्केका केही युवाले लेखनाथको रिठेपानीमा बंगुरपालन गरिरहेका छन्।
विदेशमा गरेको कमाइ स्वदेशमा लगाउनेहरुको उदाहरण धेरै हुन थालेको छ। पोखरा र आसपासकाहरुले यहाँको पर्यटन क्षेत्र र बैंकिङलाई आफ्नो लगानीको सुरक्षित थलो मानेको देखिन्छ। पोखरामा भएका १४ वटा स्थानीय बैंकमध्ये विदेशमा बस्ने वा फर्केर आएको नेपालीको लगानी नभएको छैन भने पनि हुन्छन् भन्छन् जानकारहरु। विदेशमा बस्ने नेपालीले कम्तीमा पनि १० लाखदेखि लगानी गरेका छन्। पोखरा फाइनान्समा मात्रै विदेशमा बस्ने आठ नेपालीले लगानी गरेको सिइओ राजकुमार गुरुङले जानकारी दिए।