काठमाडौं-मजदुर र व्यवस्थापनबीच सेवा–सुविधाका विषयमा कुरा नमिलेपछि दुई महिनादेखि बन्द रहेको ललितपुरस्थित गोदावरी भिलेज रिसोर्टमा पुनः तनाव सुरु भएको छ।
रिसोर्ट परिसरमा शान्तिपूर्ण धर्नामा बसेकामध्ये एक मजदुरलाई बोलाएर धर्ना फिर्ता लिन 'दबाब' दिइएको तर तिनले नमानेपछि व्यवस्थापनले गुन्डा लगाएर कुटपिट गरेको मजदुर युनियनको आरोप छ।
रिसोर्टस्थित एकीकृत नेकपा माओवादीनिकट मजदुर युनियनका अध्यक्ष जीवन सिग्देलका अनुसार हाउस किपिङमा काम गर्ने मजदुर रामबहादुर राजवंशीलाई बुधबार साँझ व्यवस्थापनले धर्ना फिर्ता लिन हस्ताक्षर गराउने र त्यसवापत ५ हजार रुपैयाँ दिने प्रलोभन दिएको थियो। तर, राजवंशीले नमानेपछि उनलाई कुटपिट गरिएको थियो।
'यसबारे ललितपुर बाँडेगाउँ प्रहरी चौकीमा उजुरी दिएका छौं,' सिग्देलले बिहीबार नागरिकसँग भने, 'राजवंशीको सामान्य उपचार गरिएको छ। थप उपचारका लागि शुक्रबार पाटन अस्पताल लान्छौं। हामी शान्तिपूर्ण धर्नामा बसे पनि व्यवस्थापनले ज्यादती गरेको छ।'
व्यवस्थापनले माग पूरा नगरेको भन्दै मजदुरहरूले गत असार ११ गते बिहान ७ बजेबाट सबै काम बन्द गरेका थिए। तर, लगत्तै व्यवस्थापनले पनि रिसोर्टको मूलगेटमा सूचना टाँसेर सबै कोठामा तालाबन्दी गरेको थियो।
श्रम ऐनअनुसार शान्तिपूर्ण धर्नामा बसे पनि व्यवस्थापनले जबर्जस्ती कोठा, रेस्टुरेन्ट, सम्मेलन कक्षमा तालाबन्दी गरेको मजदुरको भनाइ छ। श्रम ऐनको दफा ८२ मा 'अबैध हडताल वा तालाबन्दी अवधिको पारिश्रमिक पनि कामदार/कर्मचारीलाई दिनुपर्ने' उल्लेख रहेको सिग्देलले बताए। 'तर, हामी सम्बद्ध सबै निकायलाई जानकारी गराएर शान्तिपूर्ण धर्नामा छौं,' उनले भने।
यता व्यवस्थापनले भने सबै मजदुर बिनासर्त काममा फर्किनुपर्ने भनाइ राख्दै आएको छ। व्यवस्थापनले यसअघि नै सूचना जारी गरी धर्ना अवधिको सेवा–सुविधा दिन नसकिने बताइसकेको छ।
रिसोर्ट व्यवस्थापनलाई पटक–पटक माग पूरा गराउन लिखित आग्रह गरिएको तथा विभिन्न चरणमा वार्तासमेत हुँदा पनि सुनुवाई नभएपछि 'बाध्य भएर' काम बन्द गरेको मजदुरको भनाइ छ।
युनियनका अनुसार श्रम ऐनको दफा ७४ अनुसार मजदुरले एक महिनाअघि मागपत्र पेस गरेका थिए। लामो प्रयासमा पनि रिसोर्ट व्यवस्थापन मागप्रति सकारात्मक हुन सकेन। त्यसपछि 'माग पूरा नभए ६० प्रतिशत मजदुरले गोप्य मतदानबाट हडतालमा जान पाउने' दफा ७६ पछ्याउँदै काम बन्द गरी हडतालमा उत्रिने निर्णय भएको हो।
पटक–पटक आग्रह गर्दा पनि व्यवस्थापनले माग पूरा नगरेपछि रिसोर्टमा काम गरिरहेका ९४ प्रतिशत (१ सय २३) मजदुरले काम बन्द गरी हडतालमा उत्रिन गत जेठमा मत हालेका थिए। मतदानमा श्रम कार्यालय, मजदुर संगठन, व्यवस्थापनलगायतका प्रतिनिधि उपस्थित थिए।
रिसोर्टमा काम गरिरहेका मजदुरले व्यवस्थापनसँग खाइपाइ आएको तलबमा मूल्य वृद्धिअनुसार २५ प्रतिशतसम्म वृद्धि गर्नुपर्ने (यसमा थपघट गर्न सकिने), यसअघि व्यवस्थापनले सहमति गरेको मजदुर कल्याणकारी कोषमा पैसा जम्मा गर्नुपर्ने, १० प्रतिशत सेवा शुल्क पारदर्शी हुनुपर्ने, उपदान कोष खडा गर्नुपर्ने, सुत्केरी भत्ता, किरिया खर्च दिनुपर्ने, दीर्घसेवा पुरस्कार दिनुपर्ने, तलब, भत्ता र आधारभूत आवश्यकता तोकिएको समयमै दिनुपर्ने लगायत ११ बुँदे माग राखेका छन्।
१८ वर्षअघि सन् १९९६ अक्टोबर ४ मा स्थापित गोदावरी भिलेज रिसोर्टमा हाल १ सय ३० जना स्थायी मजदुर/कर्मचारी छन्। स्थापना हुँदा २५ कोठा रहेको रिसोर्टमा अहिले ६९ वटा डिलक्स कोठा छन्।