काठमाडौं-टेन्डर भन्नेबित्तिकै वस्तु वा सेवा बेच्ने भए कम र किन्ने भए बढी मूल्य दिएर काम हात पार्ने प्रक्रिया हो। तर, जताततै कार्टेलिङ हुने नेपालमा त्यसो हुँदैन। प्रतिस्पर्धा गर्नुपर्ने व्यवसायी नै एकआपसमा मिल्छन् र घटाघट हुनुपर्नेमा बढी र बढाबढ हुनुपर्नेमा घटी मूल्य कबोलिन्छ।
व्यवसायी मिलेर बढिबढाउ वा घटिघटाउ जस्ता टेन्डरका आधारभूत प्रक्रिया नै अवरुद्ध पारेपछि नेपाल खाद्य संस्थानले चार वर्षदेखि चामल किन्न सकेको छैन। आपूर्तिकर्ताबीच प्रतिस्पर्धा गराएर सकेसम्म कम मूल्यमा चामल किन्न टेन्डर आह्वान गर्दा व्यवसायीले बजार मूल्यभन्दा पनि धेरैको प्रस्ताव पेस गरेपछि संस्थानले किन्न नसकेको हो।
प्रस्तावित मूल्य बजारको भन्दा धेरै भएपछि टेन्डर दिन नसकेको संस्थानका नायब महाप्रबन्धक नवराज उपाध्यायले बताए। 'हामीले चार वर्षदेखि चामल किन्न सकेका छैनौं,' उपाध्यायले भने, 'बजार मूल्यभन्दा धेरैमा हामी किन्न सक्दैनौं।'
संस्थानले चार वर्षमा तीनपटक चामल किन्न टेन्डर आह्वान गरेको थियो। तीनैपटक किन्न सकेन। 'प्रत्येकपटकको टेन्डरमा हामीले तोकेको मूल्यभन्दा धेरैको प्रस्ताव आयो,' उपाध्यायले भने, 'यसले टेन्डरमा मिलोमतो भएको पुष्टि गर्छ।'
चामल ढुवानीमा पनि यस्तै समस्या रहेको संस्थानले जनाएको छ। ढुवानीको टेन्डरमा पनि व्यापारीबाट कार्टेलिङ हुँदै आएको संस्थानको अनुभव छ।
सरकारसँग चामलको स्टक कम छ भन्ने थाहा पाएका व्यापारीले मिलेमतोमा धेरै मूल्य राखेर टेन्डर हाल्ने उपाध्यायले बताए। सामान व्यापारीसँग हुन्छ। व्यापारीले आफ्नै संगठन र संस्थामार्फत कार्टेलिङ गर्ने गरेको संस्थान स्रोतले बतायो। 'आन्तरिक रुपमा व्यापारीबीच मिलोमतो हुन्छ,' संस्थान स्रोतले भन्यो, 'संगठनभित्र नआउने बजारमा टिक्न सक्दैन।'
दुई वर्षअघिको एक टेन्डरलाई उपाध्यायले उदाहरणको रुपमा प्रस्तुत गरे। उनका अनुसार त्यतिबेला बजारमा मन्सुली चामलको मूल्य प्रतिकिलो ३६ रुपैयाँ थियो। संस्थानले टेन्डर प्रक्रिया सकिएर खरिद गर्ने बेलासम्ममा बढीमा ३९ रुपैयाँ पुग्ने अनुमान लगायो। त्यसैअनुसार प्रतिकिलो ३९ रुपैयाँमा दिन सक्ने व्यवसायीलाई चामलको टेन्डर दिने निर्णय गर्योे। तर संस्थानले सोचेअनुसारको मूल्य आएन। 'सबैभन्दा कम मूल्य प्रतिकिलो ४२ रुपैयाँ थियो,' उपाध्यायले भने।
बजारमा प्रतिकिलो ३६ रुपैयाँमा पाइने चामल ४२ रुपैयाँभन्दा कममा दिन नसक्ने प्रस्ताव आएपछि संस्थानले बढी पैसा तिरेर किन्न नसक्ने जवाफ दियो। यस्तै प्रवृत्ति हरेक टेन्डरमा दोहोरिँदै आएको छ।
ठूलाबडाको हातमा टेन्डर परेकाले यस क्षेत्रमा प्रतिस्पर्धा हुन नसकेको उपाध्याय बताउँछन्। 'टेन्डरमा प्रतिस्पर्धा हुनुपर्ने हो,' उनले भने, 'सीमित व्यक्तिको हातमा रहेकाले त्यसो हुँदैन।' यस्तो स्थिति हटाउन सार्वजनिक खरिद अनुगमन कार्यलयसँग धैरैपटक छलफल गरे पनि निममअनुसार गर्दा टेन्डर प्रक्रियामा जानै पर्ने उनले बताए।
खाद्य संस्थानले उपभोक्तालाई सस्तोमा बेच्ने उद्देश्यले मन्सुली र मोटा चामल किन्ने गरेको छ। एकपटकमा ६/७ हजार क्विन्टल चामल किन्न टेन्डर आह्वान गर्छ। करोडौं मूल्यको टेन्डर हात पार्न व्यापारी एकजुट हुन्छन्। बढी मूल्यमा टेन्डर पारेपछि व्यवसायीबीच नाफा बाँडफाँड हुन्छ।
चामल किन्न नसकेपछि संस्थानले धान किन्न थालेको छ। 'यस वर्ष पनि धान किन्दैछौं,' उपाध्यायले भने, 'चामल किन्न नसके धान किनेर भए पनि चामल बेच्छौं।'
सरकारसँग 'बफर स्टक' भए प्रतिस्पर्धी मूल्यमा सामान किन्न सकिने उपाध्यायको अनुमान छ। 'सरकारसँग छैन भन्ने चाल पाएपछि व्यापारीले महँगोमा किन्न बाध्य पार्छन्,' उनले भने।
नेपालमा किन्दा महँगो परे विदेशबाट भए पनि ल्याउनुपर्ने उनको सुझाव छ। 'स्वदेशमा महँगो पर्छ भने विदेशबाट आयात गर्नुपर्छ,' उनी भन्छन्, 'हामीले सस्तोमा चामल दिन सक्यौं भने बजार मूल्य पनि घट्छ, टेन्डरमा कार्टेलिङ पनि हट्छ।'
केही समयअघि संस्थानलाई जापान सरकारले चामल सहयोग गरेको थियो। त्यही चामल बाँकी भएकाले लामो समय नकिन्दा पनि समस्या नपरेको उनले बताए।
कतिपय अवस्थामा अन्यन्तै कम मूल्यको प्रस्तावले पनि संस्थानलाई दुःख दिएको उपाध्यायले बताए। तीन वर्षअघि टेन्डर आह्वान गर्दा बजारको भन्दा कम मूल्यमा दिने प्रस्ताव आयो। बजारमा प्रतिकिलो ३३ रुपैयाँ पर्ने मोटा चामल २८ रुपैयाँ दिने प्रस्ताव आयो।
सार्वजनिक खरिद ऐनअनुसार सामान किन्न टेन्डर आह्वान गरिसकेपछि सबैभन्दा कम मूल्य बोल्नेलाई काम दिनुपर्छ। कम मूल्यको प्रस्ताव दिएर टेन्डर पारेको व्यापारीले उक्त मूल्यमा दिने गरी चामल किन्नै नसकेको उपाध्यायले बताए। बजारमा चलेको भन्दा कम भाउमा दिन्छु भन्नेको धरौटी नै जफत गर्नु परेको उनले जानकारी दिए।