काठमाडौं-नेपाल टेलिकमले उच्च क्षमताको ब्रोडव्यान्ड ‘फाइबर टु दी होम’ (एफटिटिएच) सेवा शुरु गरेको छ। एफटिटिएच सेवाको शुक्रबार सुचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले उद्घाटन गरे।सेवा उद्घाटन गर्दै मन्त्री रिजालले सुचना तथा सञ्चार नीति पुरा गर्नलाई टेलिकमले सहयोगी भूमिका खेलेको बताए। ‘सस्तो र गुणस्तर सेवा दिएर प्रतिस्पर्धीहरुको अगाडी टेलिकम नमूना बन्नुपर्छ,' उनले भने।
सहरी क्षेत्रका ग्राहकलाई लक्षित गरी टेलिकमले फाइबर टु द होम सेवा शुरु गरेको हो। टेलिकमले पहिलो चरणमा काठमाडौंको दरबारमार्ग, कमललादी, काठमाडौं प्लाजा, जमल क्षेत्रमा सेवा सञ्चालन गर्ने जनाएको छ। परम्परागत तामाको तारको सट्टामा ग्राहकहरुको घरसम्म अप्टिकल फाइबर तानेर सेवा पुर्यादइने भएकाले व्यावसायिक ग्राहकहरुको लागि यो सेवा प्रभावकारी हुने टेलिकमले जनाएको छ। पहिलो चरणपछि उपत्यकाको ३१ स्थानमा सेवा सुरु हुने कम्पनीले जनाएको छ।
टेलिकमले उपत्यकापछि भरतपुर, पोखरा, वीरगंज, विराटनगर, बुटवलमा पनि सेवा प्रदान गर्ने जनाएको छ। टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले सेवा उपत्यकामा शुरु गरिएपनि विस्तारै उपकरण जडानको काम उपत्यका बाहिर गरिने। ‘हामीले नेक्ष्ट जेनेरेशन नेटवर्क टेक्नोलोजीमार्फत ग्राहकलाई सेवा दिएका छौं, आगामी दिनमा पनि नयाँ-नयाँ सेवा दिन तत्पर रहेका छौं,' उनले भने।
फाइबर सेवामा भ्वाइस सेवाको अतिरिक्त डाटा सेवा र अन्य भ्यालु एडेड सेवा समेत उपलब्ध हुने कम्पनीले जनाएको छ। फाइबर सेवापछि ग्राहकहरुले डाटा सेवाको सबैभन्दा उच्च क्षमताको डाटा सेवा प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ।
एफटिटिएच सेवाग्राहीले १ एमबिपिएस देखि १ सय एमबिपिएससँगै आइपीमा आधारित भ्वाइस सेवा पाउने छन्। निकट भविष्यमा नै मल्टिमिडिया सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ। यो सेवा सुन्धारा काउन्टरबाट प्रदान हुने टेलिकमले जनाएको छ। सेवा शुल्क विभिन्न प्याकेज र अवधिको आधारमा तोकेको छ।