झापा– सुपारी आयातलाई निरुत्साहित गर्न सरकारले भन्सार मूल्याङ्कनमा भारी वृद्धि गरे पनि त्यसको आयात रत्तिभर घटेको छैन। उल्टै पहिले झैं धमाधम आयात भइरहँदा तस्करी दर पनि उही रुपमा जारी छ।
पूर्वी नाकाबाट सुपारीका पोका भारतीय बजारतिर छिराउन सक्रिय रहेको समूहले आफ्नो धन्दा नयाँ रुपमा चलाउने प्रयास गरिरहेको छ। विद्यार्थीको ब्याग, रिक्सा र बाइकको डिकीमा मात्रै होइन, शरीरमै पनि सुपारीको पोका बाँधेर हिँड्नेहरु दिनैपिच्छे प्रहरी पक्राउ गरिरहेको छ। नाकामा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले छोटो अवधिमै ठूलो परिमाणमा सुपारी बरामद गरेको तथ्यले पूर्वी नाकामा तस्करी प्रयास पहिले झैं उच्च रहेको देखाउँछ।
मेची भन्सार कार्यालयका अनुसार केही समय अघिसम्म सुपारी आयातमा लगाइने भन्सार मुल्यांकन प्रतिकेजी ३५ रुपैयाँ थियो । तर, साउनयता आयातकर्ताले सुपारी ल्याउँदा प्रतिकेजी ४५ रुपैयाँ राजस्व तिर्नुपर्छ। यसरी एकै केजीमा १० रुपैयाँसम्म भन्सार मूल्यांकन बढाउँदा पनि आयात दर उत्तिकै छ। 'आयात निरुत्साहित होस् भनेरै राज्यले भन्सार मूल्यांकन बढाएको हो', मेची भन्सार अधिकृत शरद केसीले भने 'तर, आयातको दर यथावत छ। घटेको छैन।'
आर्थिक वर्ष २०७०/०७१ मा मात्रै २ अर्ब ३० करोड १९ लाख रुपैयाँको सुपारी नेपाल भित्रिएको थियो। यो त्यस अघिको वर्षभन्दा धेरै बढी हो। आर्थिक वर्ष २०६९/७० मा ५३ करोडको मात्रै सुपारी आयात भएको थियो। आयात बढेकै कारण तस्करी क्रम पनि जारी रहेको सुरक्षा अधिकारीहरुको भनाई छ। उनीहरु तस्करी धन्दा रोक्न आफूहरु सफल हुँदै गएको दाबी पनि पेश गर्छन्।
काँकडभिट्टाको सशस्त्र प्रहरी टोलीले पछिल्लो एक साताभित्रै ६ लाख रुपैयाँ बराबरको सुपारी पक्रेर भन्सार बुझाएको छ। 'पोकामा हालेर थोरै थोरै रुपमा पारी लैजाने बाटै यो बरामद भएको हो', सशस्त्रका डिएसपी रामहरि अधिकारीले भने 'यसले पनि तस्करी प्रयासमा धेरै मान्छे रहेको देखाउँछ।' एक साताभित्रै ३६ लाख रुपैयाँ बराबरको अवैध सामान पनि पक्रेको उनको जानकारीले सुपारी बाहेकका सामानको तस्करी पनि मौलाएकै देखाउँछ ।
त्यसैगरी इलाका प्रहरी कार्यालय काँकडभिट्टाले पनि सुपारी बरामद गर्ने क्रम पहिले झैं जारी राखेको छ। कार्यालयका प्रमुख डिएसपी अर्जुन तिम्सिनाका अनुसार साउनयता मात्रै प्रहरीले १५ हजार ८ सय ९५ केजी सुपारी बरामद गरिसकेको छ । ३२ लाख रुपैयाँभन्दा बढीको अवैध सामान पनि सँगै पक्रेको छ । 'तस्करी गर्नेहरु सक्रिय भएको यसले देखाउँछ', उनले भने 'तर, हाम्रो कामले त्यसलाई नियन्त्रण गरेको पनि प्रष्टै देखाउँछ ।'
सुपारी ओसार्न भारतीय मजदुरहरु संलग्न हुने गरेका छन्। एलसी खोलेर तेस्रो देशबाट आयात गरिएका सुपारी व्यापारीहरुले अवैध रुपमा भारत निकासी गर्दै आएका थिए। पूर्वी नाकामा हुने अवैध ओसारपसार रोक्नकै लागि पूर्व क्षेत्रीय प्रहरी कार्यालयले डिएसपीको कमाण्डमा पूर्वी नाकामा अलग्गै टोली परिचालन पनि गरेको छ। तर, नियन्त्रण प्रयासमा जतिसुकै लगानी भए पनि कारोबारीको प्रयास पनि उत्तिकै रुपमा जारी छ।