काठमाडौं- सरकारी स्वामित्वको नेपाल खाद्य संस्थानले स्थानीय चामललाई आफ्नै नयाँ ब्रान्ड नाममा बेच्ने भएको छ। उसले परीक्षणको रुपमा पोहोर सुरु गरेको अभियानलाई निरन्तरता दिन लागेको हो।
ब्रान्डिङका माध्यमबाट स्थानीय उत्पादन बढाउने उद्देश्यले संस्थानले यो कदम चालेको नायब महाप्रबन्धक नवराज उपाध्यायले बताए। 'परीक्षणका रुपमा पोहोर साल केही चामल बेच्यौं,' उपाध्यायले भने, 'यसलाई यसपालि पनि निरन्तरता दिँदैछौं।'
नयाँ ब्रान्डमा चामल बेच्न संस्थानले लोगो बनाउने प्रक्रिया अघि बढाइसकेको उपाध्यायले जानकारी दिए। 'नयाँ लोगोको लागि उद्योग विभागमा अनुरोध गरिसकेका छौं,' उनले भने । नयाँ लोगो नबनुन्जेल संस्थानको साबिककै लोगोमा बेच्ने उनले जानकारी गराए।
संस्थानले बर्दियाको मकवानपुर, नेपालगन्ज, भैरहवाको मसिनो तथा वीरगन्ज र लहानको जिरा मसिनो चामललाई ब्रान्डिङ गरेर बेच्दैछ। पोहोर साल यिनै चामललाई परीक्षणको रुपमा ब्रान्डिङ गरेको संस्थानले यसपटक थप दुई किसिमका चामल समेट्ने योजना बनाएको छ। 'यसपालि दुई नयाँ आइटम थप्दै छौं,' उपाध्यायले भने, 'भविष्यमा अरु पनि थप्दै जाने छौं।'
भविष्यमा आफ्नै ब्रान्डमा कर्णालीका कृषि उपज बेच्ने सोच बनाएको उपाध्यायले जानकारी दिए। 'हामीले कर्णालीको खाद्यान्नलाई पनि ब्रान्डिङ गर्ने सोचिरहेका छौं,' उनले भने। गत वर्षदेखि नै संस्थानले कर्णालीका उत्पादन उपत्यका ल्याएर बेचिरहेको छ।
संस्थानले बेच्ने कर्णालीका उत्पादनमा उवा, चिनो, फापर, कागुनु, सिमी, मटमास, कोदो र फलफूल छन्। कर्णालीका विभिन्न जिल्लामा उत्पादन हुने उवा, चिनो, तितेफापर, कागुनु अन्य अन्य ठाउँको चामलभन्दा पोषिलो हुने उपाध्यायले बताए।
काठमाडौं ल्याइएका ती वस्तुको बिक्री राम्रो थियो। तितेफापर धेरैले मन पराएका थिए। उवा हिमाली क्षेत्रको धेरैजसो ठाउँमा उत्पादन हुन्छ। तितेफापर हुम्ला र जुम्लामा बढी हुने गरेको छ।
संस्थानले आफ्नै ब्रान्डमा तेल उत्पादन गर्ने योजना बनाएको पनि थियो। तर यो अहिलेलाई स्थगित गरिएको उपाध्यायले बताए।