सफ्टवेयरमय दैनिकी प्रवर्द्धनलाई मेला
२५ भदौ २०७१
•
१३ मिनेट पाठ
सफ्टवेयरमय दैनिकी प्रवर्द्धनलाई मेला
अफिस जाँदा हाजिरी डिजिटल मेसिनमा औंठा छापबाट हुन थालेको छ। घर पुग्दा ढोका खुल्ने र बन्द गर्ने काम इन्टर लक प्रणालीको हुन्छ। रेस्टुरेन्ट छिर्दा बिल मेसिनबाट प्रिन्ट भएर आउँछ। बिजुली, टेलिफोन, कर, खानेपानीको बिल तिर्न जाँदा ती कार्यालयले सफ्टवेयर नै प्रयोग गरेर शुल्क र बक्यौंता बताउँछन्। यतिमात्र होइन मोबाइलभित्रको सफ्टवेयर (एप)ले कार्यतालिका नै परिवर्तन थालेको छ।४ देखि ७ इन्चका मोबाइल र ट्याब स्क्रिनमा चोर र बुढीऔंला दगुराउने पुस्ताले एप नै जिन्दगी ठान्छ। सार्वजनिक सवारी साधनमा होस् या कसैलाई पर्खन पर्ने नै किन नहोस्। टाउको झुकाएर औंला दौडाउने जमातको सहरमा कमी छैन। 
यही सूचनाप्रविधिको फराकिलो दायरामा नेपाली कम्पनीहरुले अवसर छोप्न थालेका छन्। सूचना प्रविधिमा बढ्दै गएको आकर्षण र यसले बनाएको सहज जीवनशैलीका कारण नेपाली कम्पनीहरुले वस्तु र सेवामार्फत् उपभोक्तालाई सुविधा प्रदान गरिरहेका हुन्। प्रविधिमैत्री उपभोक्ता बढ्न थालेपछि विभिन्न कम्पनी स्थापना हुँदै सेवा दिने होडबाजी नै चल्न थालेको छ। 
पछिल्लो समय सफ्टवेयर या एप्लिकेसन निर्माताहरुको व्यवसाय स्थापित हुँदै गएको छ। सामान्य एसएमएसको सहजता होस् या डिजिटल पेमेन्ट सुविधायसले पनिकम्पनीलाई प्रविधिमाआफ्नो दह्रो उपस्थितिजनाउन सहयोग गरेको छ। नेपालका आइटी कम्पनीहरुले विदेशी आउटसोर्सिङकाकाममात्रगरिरहेका छैनन्, आफ्नै प्रडक्ट बनाएर नेपालीहरुलाई अभ्यस्तपनिबनाउनथालेका छन्। नेपालमाकति आइटी कम्पनीले सेवा र प्रडक्ट प्रदानगरिरहेकाछन् भन्ने आधिकारिक तथ्यांकनभएपनितीनसयभन्दा बढीले कामगरिरहेको सरोकारवाला बताउँछन्। 
नेपाली आइटी कम्पनीहरुको नेटवर्क विदेशसम्मपुग्नथालेको छ। अभियानर सञ्जालमार्फत नेपालीप्रडक्ट, अन्वेषण, आविष्कार अन्तराष्ट्रिय क्षेत्रमाविस्तारै पुग्नथालेको हो। भर्खर सुरुभएकाकम्पनीहरु समेत आइटी सर्कलमास्थापितभैसकेका छन्। 
नेपालमा सफ्टवेयरको विकास र बढ्दो बजारलाई लक्ष्यगरी कम्प्युटर एसोसियसनअफ नेपाल (क्यान) ले हरेक वर्ष सफ्टेक मेलाको आयोजनागर्दै आइरहेको छ। क्यानकाअध्यक्षविनोद ढकाल भन्छन्, 'नेपालमा सफ्टवेयरले ठूलो योगदानदिन सक्छ, नेपालको हित सूचनाप्रविधिमा सफ्टवेयरको माध्यमबाट हुन सक्छ भनेर अहिले हामीले सफ्टटेक मेलालाई पनि ठूलो इभेन्टकै रुपमाआयोजनागरिरहेका छौं। नेपालमासफ्टवेयरको बजार बढिरहेको छ। भौतिकपूर्वाधारमा ठूलो लगानीगर्ननपर्ने सफ्टवेयरउद्योग जुनबिपिओको रुपमापनि चिनिन्छ। यसबाट नेपालले पनि फड्को मार्न सक्छ भन्ने सोच राखेर हामीले सफ्टवेयरमा बढीफोकस भएका छौं।' सूचनाप्रविधिमाकामगर्ने समुदाय र कम्पनीहरुबीच नेटवर्किङका साथै सर्वसाधरणलाई जानकारी दिने उद्देश्यलेकार्यक्रमको आयोजनागरिएको उनले बताए। 
नेपालमा रिसर्च गर्ने, अनलाइन जब, सफ्टवेयरबनाउने, मोबाइलएप्लिकेसन बनाउनेदेखि रोबोटको अनुसन्धानगर्ने कम्पनीहरु छन्।नेपालीकम्पनीहरुले आफ्नो उत्पादन र सेवाको बजार अहिले धेरै बढाइरहेको छ। 
गोल्छा अर्गेनाइजेसन अन्तर्गतको आइटी नेपालकाप्रमुखकार्यकारी अधिकृत रोहितरौनियारले नेपालमा सफ्टवेयरको विकास विस्तारै अघि बढेको बताउँछन्। 'केहीकम्पनीहरु उदाइरहेका छन्, नेपालमाआवश्यक पर्ने हरेक सफ्टवयर निर्माण हुने क्रम बढिरहेको छ,'उनले भने, 'सरकारले प्राथमिकतामा राखेर केहि सेवा सुविधामात्रदिने हो भने यसले ठूलो योगदानदिन सक्छ।'
नेपालमा रहेका आइटी कम्पनीहरुले स्वदेशमा नै सफ्टवेयरनिर्माण गरेर प्रयोगमाल्याउनेदेखि लिएर आउटसोर्सिङ गर्नेसम्म गर्छन्। आउटसोर्सिङ कम्पनीमध्ये डाटा भर्ने, रिसर्च गर्ने कम्पनीहरु नेपालमा बढ्दै गएका छन्। यसले युवाहरुलाई रोजगार पनिदिलाएको छ भने प्रविधिमैत्रीपनिबनाएको छ। यीकम्पनीले उत्पादन गरेका सेवातथावस्तु घरेलुदेखि विदेशीबजारसम्मपुगिरहेको छ। 
सफ्टवेयरनिर्माण गर्ने आइटी कम्पनीमर्कन्टाइलले उत्पादनगर्ने पुमरी प्लस आइभी (कम्प्युटरबेस) र इ–पुमुरी (इन्टरनेटबेस) बैकिङ सफ्टवेयरअधिकांशवित्तीय संस्थामाप्रयोग भैरहेको छ। त्यस्तै भेरिस्क इन्फरमेसन टेक्नोलोजिज्ले डाटा संकलनगर्ने र अनुसन्धानगर्ने कामगर्दै आइरहेको छ। कारखानानामककम्पनीले सूचनाप्रविधिको प्रयोगत्मककामकालागि सघाउने गर्छ। सिद्धान्तमा पढिने कतिपय कुरा व्यावहारिक रुपमा हेर्न र गर्नकालागिकारखानाकम्पनीले सहयोग गर्न सक्दछ। 
नेपालमा रहेकापिसिएस, एन्स सफ्ट, उडान, मिदास, डियरवाक सर्भिस, एफवानसफ्ट, ब्रेनडिजिट, स्प्राउट टेक्नोलोजी, वेभसर्च प्रोफेसनल, योमरी, क्याड नेपाल, जानकी टेक्नोलोजी, ग्रेप्सरडटकम, कारखाना, बिरुवा, फोस नेपाल, ओएसएमओपन डिआरआइ, जिडिजी, मोजिला नेपाल, विकिमिडिया नेपाल, आरएएन, नेपाल एड्ज, यस्पारो एसएमएस लगायतकाकम्पनीले सफ्टवेयर, सोलुसन, कम्युनिकेसन र सर्भिसेजमाकामगरिरहेका छन्। यीकम्पनीकाकारण रेस्टुरेन्ट, अस्पताल, रिटेल पसल, म्यानपावर कम्पनी, स्कुल, कलेज, सहकारी, बैंक, होटल, एचआरलगायत सबै क्षेत्रमाअहिले सफ्टवेयरकै माध्यमबाट कामहुनथालेको छ।
एकातिर कम्पनीहरुले उद्योगकै रुपमाकामगरिरहेका छन् भने अर्कोतर्फ प्रविधिमाअभ्यस्तयुवाहरुले स्वतन्त्र रुपमाकामपनिगरिरहेका छन्। भित्रभित्रै काम गरेर स्थापितभएकाकम्पनीहरुले ब्रान्डिङमा ध्यानदिदै नयाँ सेवादिनथालेका छन्। क्यानले गर्ने सफ्टेकमासफ्टवेयरको चर्चा हुनथालेपछि यसको बजारको दायरा फराकिलो हुनथालेको हो। 
सुरुकादिनमानेपालमायस्तो प्रविधिमाविदेशीसफ्टवेयरप्रयोग हुने भएपनि पछिल्लो पटक नेपालीसफ्टवेयरप्रयोग भैरहेका छन्। नेपालीसफ्टवेयरकम्पनीहरुले कर्पोरेट हाउस, निजीकार्यालय, गैरसरकारी संस्था, सरकारी कार्यालयलगायत साना ठूला पसल, अस्पताल, क्लिनिकतथा रेस्टुरेन्टहरुलाई लक्षितगरि सफ्टवेयरनिर्माणगर्न थालेपछि प्रयोग गर्नेहरुको संख्यापनिविस्तारै बढ्दै गएको छ। 
औषधी बेचेर बिलिङ गर्ने सफ्टवेयर राखेकाहिमाल मेडिकल हलकमलपोखरीकाविमलन्यौपाने भन्छन्,'यो सफ्टवेयर प्रयोगले औषधीको मूल्यदेखीकतिबिक्रीभयो त्यो सजिलै थाहा हुन्छ साथै औषधीको स्टक कति छ त्यो पनिजानकारी पाइने हुँदाहामीलाई त सजिलो भएको नै छ साथै उपभोक्ताहरुको पनि समय बचत भएको छ।'
बढ्दो सफ्टवेयरप्रयोगले यसको कारोबार पनि बढाएको छ। नेपालको सूचनाप्रविधि क्षेत्रमासफ्टवेयरसबैभन्दाराम्रो बजार र सम्भावनाभएको डेभलपर तथाकम्पनीका सञ्चालकहरु बताउँछन्।मोबाइलएप्लिकेसनदेखि स्वास्थ्य, शिक्षा, वित्तीयदेखि विभिन्नव्यापारिक प्रयोजन, सरकारी कामलगायतकासफ्टवेयरनिर्माण, वेभपेज निर्माणको काममा नेपालीसफ्टवेयरकम्पनीले सेवादिनथालेपछि यसको बजार बढ्दै गएको हो।
लोकल र आउटसोर्सिङकम्पनीले सफ्टवेयरनिर्माण गरी घरेलु बजार र विदेशीबजारमा पुराइरहेकोक्यानका तृतीयउपाध्यक्षतथासफ्टेक संयोजकविश्वरामबलामी बताउँछन्। 'एकाउन्ट प्याकेजदेखि लिएर ससानापसललाई आवश्यक पर्ने सफ्टवेयरपनिनिर्माणभैरहेको छ। विदेशमा रहेकाकम्पनीहरुलाई नेपालमा नै बसेर कामगर्ने क्रम बढिरहेको छ,' उनले भने, 'तर यस्ता कम्पनीमुलधारमानआउँदा सरकारलाई पनिफाइदाभएको छैन, प्रविधिमा रमाउनेलाई पनि। दर्ता पनिनहुने र राजस्वपनिनतिर्दा योगदान समेत देखिदैन।'
पछिल्लो पटक व्यापारिक तथा सेवा क्षेत्रमासफ्टवेयररप्रयोग गर्नेहरु बढिरहेका छन्। सफ्टवेयरप्रयोगले काम छिटो छरितो हुनुका साथै अन्यअपरेटिङ खर्चभन्दाकमपनिहुने भएकाले धेरै फाइदाहुनेव्यवसायीहरु बताउँछन्। साधारण १० हजारदेखी ४० हजार र ठूला र सुरक्षाका दृष्टिकोणले राम्रोमानिने सफ्टवेयरएक करोडसम्म पर्छ। 
अहिले नेपालमातीन सयभन्दा बढीसफ्टवेयरकम्पनीरहेको व्यवसायी बताउँछन्।यसमा ५० भन्दा बढी आउटसोर्सिङ कम्पनी रहेका छन्। सफ्टवेयरकम्पनीले झण्डै ४ अर्ब बढीको वार्षिककारोबार गर्ने व्यवसायीहरुको अनुमान छ। 
समाजप्रविधिको भरमा अडिन थालेको छ। घरदेखिअफिससम्म र यातायातदेखि रेस्टुरेन्टसम्म प्रविधिबिना दैनिकीअसहज बन्छ। बिहान उठेदेखि राती सुत्ने बेलासम्मप्रविधिले जेलिएको समाज डिजिटल समाजबन्दैछ। 
दशकअघि टेक्नोलोजीमाअभ्यस्तनदेखिनेहरु अहिले विस्तारै टेक्नोलोजीको सहारा लिनथालेका छन्। प्रविधिको फराकिलो दायरामा अनेकथरी सुविधाहुनथालेपछि कुनै न कुनै सुविधामा नरमाउने सायदै भेटिन्छन्। यही टेक्नोलोजीको माध्यमहो,सफ्टवेयर। 
दैनिकीलाई सफ्टवेयरर प्रविधिले सजिलो बनाइदिएको छ।


अर्को समाचार
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
१२ घण्टा अघि
•
१ मिनेट पाठ
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
पोखरा। लामो समयदेखि उपेक्षामा पर्दै आएको मुस्ताङको कोरला नाकास्थित नेचुङ भन्सार कार्यालयले अहिले पनि दिनमा आठ करोड रुपैयाँ हाराहारीमा राजस्व संकलन गर्दै आएको छ।




सीमित स्रोतसाधनका बाबजुद पनि अहिलेको समयमा नेपाललाई चीनसँग जोड्ने व्यापारिक नाकाको एक मात्र विकल्पको रूपमा कोरला बनेको छ। त्यही नाका हुँदै अहिले दिनहुँ जसो करोडौँ रुपैयाँ मूल्यका चिनियाँ सामान नेपाल भित्रिरहेका छन्। 

मुस्ताङ भन्सार कार्यालयका अनुसार अहिले चीनबाट नेपालमा सामान र साधन भित्र्याउने एक मात्र नाका कोरला बनेको छ। गत भदौमा आएको भोटेकोशीको बाढीले रसुवागढी नाका ध्वस्त पारेपछि नेपालको चीनसँगको व्यापार अप्ठेरोमा परेको थियो। त्यस लगत्तै चीनले तातोपानी नाका पनि अस्थायी रूपमा बन्द गरेको थियो।

रसुवागढी नाका बाढीले ध्वस्त बनाएपछि त्यहाँको नाकामा रोकिएका र तातोपानी बन्द गरिएपछि रोकिएका कन्टेनरका सामान कोरला नाका हुँदै नेपाल भित्र्याउन थालिएको थियो। त्यसपछि बल्ल कोरला नाका चलायमान बनेको थियो।

‘नेपाल र चीनसँगको व्यापारको एक मात्र नाका अहिले कोरला बनेको छ, तर यसको व्यवस्थापन जबरजस्त भइरहेको छ। व्यवस्थित नाका नहुँदा समस्या बनेको छ,’ कोरलास्थित मुस्ताङ भन्सार कार्यालयका प्रमुख अनन्त तिम्सिना भन्छन् ‘अब चिसो बढ्न थाल्यो, आगामी दिन अझै सकसपूर्ण हुनेछैन, कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता छ। तर पनि चीनसँगको व्यापारको विकल्प कोरलाको छैन।’

उनका अनुसार अहिले नै चिसो बढिसकेकोले लोमान्थाङ क्षेत्रमा पानी जम्न थालिसकेको छ। स्थानीयवासीहरु चिसो छल्नका लागि तल (पोखरा, चितवन, काठमाडौं) झर्न थालिसकेका छन्।

‘अब त सुनसान बन्न थालिसकेको छ । माथिल्लो क्षेत्रका धेरै घरमा ताला लागिसकेको छ,’ उनले भने, ‘अब त कर्मचारीलाई पनि आवश्यक सामान किन्न नपाउने अवस्था आउन थालिसकेको छ।’

अघिल्ला वर्ष यो सिजनमा नाका क्षेत्र यो बेलासम्म सुनसान बनिसकेको हुन्थ्यो। यो पटक भने चिसो बढ्दै गए पनि कोरलाको व्यापारिक नाका भने अहिले पनि व्यस्त रूपमै चलिरहेको छ।

नाका खुलाएर व्यापारिक गतिविधि सञ्चालन गरे पनि भन्सारमा आवश्यक संरचना नहुँदा समस्या रहेको उनले बताए।

‘कोरला नाकाबाट चालु आर्थिक वर्षको अहिलेसम्म १५ अर्ब रुपैयाँ राजस्व उठिसकेको छ। तर, भन्सारमा व्यवस्थापन कमजोर छ। ‘संरचना छैनन्, जबरजस्ती व्यापारिक गतिविधि चलाइएको मात्र छ,’ उनले भने।

उनका अनुसार मुस्ताङको यो भन्सार नाकामा अहिलेसम्म एकीकृत भन्सार जाँच चौकी (आईसिपी) छैन। ‘व्यापारिक नाका मात्र हो, तर, व्यवस्थापन सहज छैन। सबैतिर अस्तव्यस्त मात्र छ,’ उनले भने, ‘आईसिपीमा हुनुपर्ने न्यूनतम पूर्वाधार पनि छैनन् । पूर्वाधार भए पनि अपुग छन्। भन्सार नाकामा हुनुपर्ने कतिपय निकायको उक्त क्षेत्रमा उपस्थिति नै छैन।’

एकीकृत भन्सार जाँच चौकीमा आयात–निर्यात तथा सीमा वारपारसम्बन्धी सम्पूर्ण सरकारी सेवा र सुविधा एकै छानामुनिबाट प्रदान गरिन्छ। तिम्सिनाका अनुसार आईसिपीमा एकीकृत सेवा प्रणाली अन्तर्गत भन्सार जाँच पास, अध्यागमन, क्वारेनटाइन (पशु, वनस्पति तथा खाद्य परीक्षण), बैंक तथा विदेशी मुद्रा सटही काउन्टर एउटै परिसरभित्र रहन्छन्। 

ती बाहेक सामान भण्डारणका लागि ठूला गोदाम, कोल्ड स्टोरेज, कन्टेनर पार्किङ यार्ड, इलेकट्रोनिक तौल काँटा र सुरक्षा जाँचका आधुनिक उपकरण पनि भन्सार क्षेत्रमै उपलब्ध हुन्छन्। एउटै स्थानबाट सबै प्रक्रिया पूरा हुने भएकाले मालवाहक सवारीसाधनको सीमा नाकामा हुने लामो जाम हट्छ र ढुवानी लागत कम हुनुपर्ने भए पनि मुस्ताङको कोरलामा भने ती सबै समस्या रहेको उनले सुनाए। 

‘उनको भन्सार जाँच पास गराउनुपर्‍यो भने अहिले पनि समस्या  । त्यसका लागि पोखरा आउनुपर्छ,’ उनले भने, ‘भन्सार कार्यालय मात्र भएर हुँदैन। अरू सरकारी निकाय पनि हुनुपर्छ। अध्यागमनमा पनि उत्तिकै समस्या छ। सबैले समान रूपमा काम गर्नुपर्छ । बैंक त करिब १४ किलोमिटर तल छ। राजस्व बुझाउनका लागि १४ किलोमिटर तल झरेर बैंकमा रकम तिरेर फर्केपछि बल्ल काम हुन्छ। त्यसैले सबैका लागि झन्झट छ।’ 

उनका अनुसार भन्सार कार्यालयका लागि मात्र एक हजार रोपनी क्षेत्रफलको जग्गा रहेको छ। ‘सामान लोड–अनलोड गर्नमा समेत समस्या छ। सबै काम भुँइमै गर्ने हो। त्यही भएर एउटै गाडी पास गर्न ३/४ दिन लाग्छ,’ भन्सार प्रमुख तिम्सिनाले भने।

भन्सारमा व्यवस्थित तरिकाले विभिन्न निकाय हुनुपर्नेमा त्यसको अभाव रहेकोले अबका दिनमा झनै चुनौतीपूर्ण रहने उनले बताए। ‘अब हिमपातको समय पनि सुरु भएको छ। हिमपात भयो भने त झनै समस्या हुन् । नाकासम्म पुगेका गाडी पनि चिसोका कारण ‘स्टार्ट’ हुन समेत समस्या हुने गरेको छ,’ उनले भने, ‘रोकेको ठाउँमा चिसोका कारण गाडी स्टार्ट नभए पनि सकस पर्ने गरेको छ। गोदामघर पनि छै। गोदाम नहुँदा सामान बोकेका कन्टेनर नै गोदाम बनेका छन्। सामान उतार्ने र चढाउने काममा समेत सकस छ।’

उनका अनुसार चिसोका कारण एकातिर समस्या छँदैछ, अर्कोतिर बाटो सहज नहुँदा नाका हुँदै भित्र्याइएका चिनियाँ सवारी बाटोमा दुर्घटनामा परेर व्यावसायिक क्षति पनि हुने गरेको छ। उनका अनुसार चालु आर्थिक वर्षको अहिलेसम्म कोरला नाका हुँदै करिब १२ सय चिनियाँ विद्युतीय सवारी नेपाल भित्र्याइएको छ।

‘बाटोमा दुर्घटनामा परेका सवारी यत्रतत्र देखिन्छन्। बिक्रीका लागि नेपाल ल्याइएका ती चिनियाँ सवारी ठाउँ ठाउँमा समस्यामा रहेका भेटिन्छन्, कतै ढुंगामा ठोक्किएका हुन्छन त कतै बिचमै बिग्रेको अवस्थामा भेटिन्छन्, सबैतिर समस्या नै समस्या रहेको छ,’ उनले भने।

पोखरा–जोमसोम सडक पनि यति बेलाको समयमा उत्ति सहज छैन। साँघुरो र कच्ची सडक भएकोले ठूला आकारका कन्टेनरमा पोखरासम्म सामान ल्याउन पनि सकसपूर्ण रहेको व्यवसायीले बताउँदै आएका छन्।

जोमसोमदेखि माथिल्लो मुस्ताङको कोरला नाकासम्मको बाटो कालोपत्रे छैन। यो नै ११५ किलोमिटर दूरीको छ । त्यस्तै बेनी–जोमसोम खण्ड पनि उत्तिकै सकसपूर्ण छ।

कच्ची सडक भएको र यो वर्षको  बाढी पहिरोले कालिगण्डकी करिडोर समेत क्षतविक्षत पारेकोले बेनी–जोमसोम खण्ड सहज नभएको व्यवसायीले बताउँदै आएका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस