काठमाडौं— मलेसियामा दुर्घटनामा परी घाइते भएका पर्वत बाजुङका प्रेमबहादुर रेग्मीले तीन लाख ७२ हजार पाँच मलेसियन रिंगेट (करिब एक करोड १२ लाख रुपैयाँ) क्षतिपूर्ति पाएका छन्।क्याराभान म्यानपावरबाट सन् २०१० जुलाई ७ मा मलेसिया पुगेका रेग्मी जेसिवाई एचडिडी कम्पनीमा आउटसोर्स कामदारको रुपमा कार्यरत थिए । सन् २०१२ जुलाई १२ माकम्पनीको काम सकेर होस्टल फर्कने बेला बस दुर्घटनामा परेका थिए । दुर्घटनामा परेका रेग्मीको दाहिने खुट्टा काटिएको छ ।
दुर्घटनामा परेको दुईवर्षपछि बस कम्पनीसँगको कानुनी लडाइँ जितेपछि रेग्मीले क्षतिपूर्ति पाएका हुन् । उनले मलेसियाको बिमा कम्पनी जुरिचबाट १७ हजार पाँच रिंगेट (पाँच लाख १० हजार एक सय ५०) र बस कम्पनीसँगबाट तीन लाख ५५ हजार रिंगेट (एक करोड ६ लाख ५० हजार) रुपैयाँ क्षतिपूर्ति पाएका हुन् ।
बिमा कम्पनीबाट विदेशी कामदार क्षतिपूर्ति योजनाअन्तर्गत रेग्मीले बिमा रकम पाएका हुन् । रेग्मीले बिमा रकम सन् २०१३ मार्च २० मा पाएका थिए । बस कम्पनीले क्षतिपूर्ति रकम समयमा नदिएपछि थप पाँच हजार रिंगेट हर्जाना भरेको थियो । बस कम्पनीलाई अदालतले दुई महिनाअघि नै क्षतिपूर्ति दिन भनेपनि एक महिना ढिलो गरी दिएको हो ।
दुर्घटना भएपछि रेग्मी कार्यरत कम्पनी र मलेसियामा रहेका नेपाली व्यवसायीले बस कम्पनीविरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए । मलेसियाको जोहोरबारु अदालतले रेग्मीको पक्षमा फैसला सुनाउँदै क्षतिपूर्ति दिन निर्देशन दिएको थियो ।
'कम्पनीको काम सकेर होस्टेलजाँदै गर्दा बस दुर्घटनामा प¥यो । म होसमा आउँदा दाहिने खुट्टा थिएन,' रेग्मीले नागरिकसँग भने ।
उक्त रकमले के गर्ने भनेर अहिलेसम्म योजना नबनाएको उनले बताए । 'शरीरको अंग नै गुमाएर पाएको रकमले रामै्र काम गर्ने सोच छ,तर अलि पछि,' उनले भने ।
मलेसियाका दातो अन्ना लिनको सहयोगमा नौ हजार रिंगेट पर्ने कृत्रिम खुट्टा लगाएर हिँडडुल गरिरहेका ३४ वर्षीय रेग्मीले पाएको क्षतिपूर्ति रकम श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङको हातबाट प्रदान गरिएको छ । रेग्मीलाई क्षपिपूर्ति दिलाउन कम्पनीसँग कानुनी लडाइँ लडेका ओन्सुरिया म्यानेजमेन्टका प्रबन्ध निर्देशक दातो जिमी ताइ र कार्यकारी निर्देशक दातो अन्ना लिमसमेत रेग्मीसँगै नेपाल आएका थिए ।
रेग्मीलाई कानुनी लडाइँ र भाषा अनुवादमा सहयोग पुर्याएका व्यवसायी सुवास गिरीले वैदेशिक रोजगारीमा भएको दुर्घटनामा यति धेरै रकम पाएको यो पहिलो घटना हुनसक्ने बताए । 'रेग्मीले काम गर्ने मलेसियाको कम्पनीले कानुनी उपचारमा सघाएपछि हामीले पनि सहयोग गर्यौं,' उनले भने । रेग्मीले काम गर्ने कम्पनीले उनी घाइते भएपनि क्षतिपूर्ति र बिमा रकम नपाएसम्म तलब दिएको गिरीले जानकारी दिए ।
रेग्मीलाई नेपालमा गरिएको बिमाबाट पनि रकम भराउन पहल गरिएको छ । मलेसियामा रेग्मीलाई बिमा रकम भराउन सहयोग पुर्याएका अर्का व्यवसायी वाइबी राईले नै नेपालमा बिमा गरिएको कम्पनीबाट रकम दिलाउन पहल गरिरहेका छन्।