घोराही उपमहानगरका गाडीमा अस्वाभाविक तेल
२३ कार्तिक २०७८
•
६ मिनेट पाठ
घोराही उपमहानगरका गाडीमा अस्वाभाविक तेल
घोराही उपमहानगरपालिकाको रा. १ ग ११ नम्बरको गाडीमा २०७७ असार २६ गतेदेखि साउन २० गतेसम्म साढे सात सय लिटर ईन्धन प्रयोग भयो। उक्त गाडीमा २०७७ असार २६ गते १ सय ५० लिटर, साउन २ गते १ सय ५० लिटर, साउन ६ गते १ सय ५०, साउन ११ गते १ सय ५० र साउन २० गते १ सय ५० लिटर ईन्धन हालिएका कुपन भेटिन्छन्। तर यि कुपनहरु सबै फर्जी हुन्। कारण यो अवधिमा उक्त गाडी बिग्रिएर थन्किएको थियो, चालु अवस्थामै थिएन।




बिग्रेकै गाडीमा ईन्धन प्रयोग भएको जानकारीपछि एउटा छानविन समिति बनाइयो। उक्त समितिले गरेको अनुसन्धानका क्रममा घोराही उपमहानगरका नाममा ईन्धनको चरम दुरुपयोग भएको तथ्य खुलेको छ। ‘११ नम्बरको बिग्रेको गाडीमा ईन्धन हालिएको भन्ने आशंकापछि छानविन समिति बनाइयो,’ यो छानविन समितिका एकजना सदस्यले भने, ‘जबकी यो गाडीले बिग्रेको अवधिमा पनि तेल हालेको देखियो।’

लकडाउन अवधिभर उपमहानगरका दुई गाडी रा १ ग १७ र १३ नम्बरका गाडीले एउटै मितिमा लगातार ईन्धन भरेको कुपन काटे। तर रा १ ग १७ नम्बरको गाडी पनि त्यो बेला चालु अवस्थामै थिएन। छानविन समितिका अनुसार उक्त गाडीका चालक नबिन बिक्रम शाही बिदामा थिए। ‘यो गाडीका चालक लकडाउन अवधि भर बिदामा बसेको देखिन्छ,’ छानविन समितिको प्रतिवेदनमा भनिएको छ, ‘तर उनले चलाउने गाडीले लकडाउनमा लगातार ईन्धन हालेको देखिन्छ।’

यि मात्रै हैन, घोराही उपमहानगरपालिकाका गाडीहरुले अस्वाभाविक ईन्धन प्रयोग गरेको पाइएको छ। फोहाेर बोक्ने गाडीदेखि एक्सकाभेटरले समेत अस्वाभाविक तेल प्रयोग गरेको छानविन समितिको प्रतिवेदनले प्रष्ट पार्छ।

घोराही उपमहानगरपालिकाको जेसिबिले प्रतिघण्टा १० लिटर तेल खपत गर्दै आयो। तर उक्त जेसिबीमा प्रतिघण्टा जम्मा ८ लिटर मात्रै ईन्धन खपत गर्दाेरहेछ। खपत गरिएको तेलको कुपनका आधारमा जेसिबिमै प्रतिघण्टा दुई लिटर ईन्धन घोटाला भएको छानविन समितिको प्रतिवेदनमा उल्लेख छ।

यसैगरि एक्सकाभेटरमा पनि प्रतिघण्टामा दुई लिटर ईन्धन घोटाला भएको देखिएको छ। एक्सकाभेटरले ईन्धन भरेको कुपनका आधारमा प्रतिघण्टा १५ लिटर ईन्धन भर्ने गरेको देखिन्छ। तर एक्सकाभेटरमा प्रतिघण्टा १३ लिटर मात्रै ईन्धन खपत हुने गरेको छानविन समितिका एक सदस्यले जनाए।

फोहाेर बोक्ने गाडीमा प्रतिट्रिप ९ लिटर तेल बढी

घोराही बजारको फोहाेर संकलन गरेर ल्याण्डफिल साईटमा पुर्‍याउने गाडीहरुमा प्रयोग भएको ईन्धन खर्च अस्वभाविक छ। यि गाडीहरुले प्रतिट्रिप २० लिटरका दरले ईन्धनको कुपन पाउँदै आए। तर यि गाडीहरुमा खपत हुने ईन्धनको परिमाण भनेको जम्मा ११.३० लिटर मात्रै हो। यसरी गाडीहरुमा पनि प्रतिट्रिप ८.७० लिटरका दरले ईन्धन घोटाला भएको छानविन समितिले जनाएको छ।  

उपमहानगरको ट्याक्टर देखाएर निजी गाडीमा तेल

आन्तरिक तथा खरिद व्यवस्थापन शाखा प्रमुख बाबुराम पन्थीले रा १ द १२० नम्बरको ट्याक्टरमा १ सय ५० लिटर ईन्धन भरेको कुपन पेश गरे। जबकी यो ट्याक्टरको तेल ट्यांकीको क्षमता नै १ सय ५० लिटर ईन्धन (डिजेल) अट्ने हैन रहेछ। छानविन समितिका अनुसार उनले १ सय लिटर ईन्धन उक्त निजी गाडीमा प्रयोग गरेका थिए। अर्जुन आचार्यको बा १९ च ५९०९ नम्बरको निजी गाडीमा तेल प्रयोग गरेको पुष्टि छानविन समितिले गरेको छ। छानविन समितिका अनुसार पन्थी निजी प्रयोजनका लागि अर्घाखाँची जाने क्रममा निजी गाडीमा उक्त ईन्धन भरेका थिए। ‘उहाँ (पन्थी) ले ईन्धन भरेको भनेर ट्याक्टरको गलत बिवरण पेश गर्नुभयो,’ छानबिन समितिका सदस्यले भने, ‘तर उहाँले निजी गाडीमा इन्धन भर्नुभएको छ।’

पेट्रोल पम्पबाट नगदै असुली

उपमहानगरको ट्याक्टरमा ईन्धन भरेको भनेर झूठो बिवरण पेश गरेर नीपज गाडीमा ईन्धन भरेका जिन्सी शाखा प्रमुख बाबुराम पन्थीले त पेट्रोल पम्पबाटै नगद समेत असुली गरे। उनले बिभिन्न गाडीहरुको तेलको कुपन पेश गरेर पेट्रोल पम्पहरुबाट २ लाख ५० हजार रुपैयाँ नगद असुलेको छानविन समितिले जनाएको छ। पन्थीले रा. १ ग १७,रा.१ ग ११ र रा. १ ग १३ नम्बरका एक्सकाभेटर तथा जेसिबि लगाएतका गाडीहरुको तेलको कुपन पेश गरेर बिभिन्न पेट्रोल पम्पहरुबाट १५ हजारदेखि १ लाख रुपैयाँसम्म नगद बुझेको समितिले पुष्टि गरेको छ।

‘उहाँ (पन्थी) ले मौखिक सोधपुछका क्रममा आफूले रकम लिएको स्वीकार गर्नुभयो,’ छानविन समितिका एक सदस्यले भने, ‘तर उहाँले आफूले उक्त रकम संस्थागत प्रयोजनमा खर्च भएको भनेर जवाफ दिनु भएको थियो।’ पन्थीले उपमहानगरको लेखा परीक्षणका क्रममा खानपिन र भ्रमण खर्च गर्नुपर्ने भएकाले रकम लिएको बताएका थिए। तर यो रकम निकासाको नियत घोटाला नै पुष्टि भएपछि पन्थीलाई उक्त रकम फिर्ता गर्न लगाइएको थियो। उनलाई ९५ हजार क्रिजल पेट्रोल पम्पको नाममा र १ लाख ५५ हजार रुपैयाँ अरुणोदय पेट्रोल पम्पका नाममा जम्मा गर्न लगाइएको थियो। उनी अहिले कोहलपुर स्थित राजश्व अनुसन्धान कार्यालयमा सरुवा भएका छन्।

ईन्धनमा मासिक १७ लाखसम्म घोटाला

स्थानीय तह स्थापना पश्चातको ३ वर्ष २०७७ सम्म ईन्धनमा चरम घोटाला भएको देखिन्छ। घोराही उपमहानगरपालिकामा ईन्धनमा मासिक लाखौँ रकम घोटाला भएको छानविन समितिको प्रतिबेदनले देखाउँछ। घोराही उपमहानगरपालिकाका गाडीहरुमा २०७७ साउनमा मात्रै २३ लाख ७२ हजार ४ सय ६१ रुपैयाँ ईन्धन खर्च भएको छ।

यो अनियमितता छानविनका लागि समिति बनेपछि गरिएको निगरानी पश्चात अर्को महिना भने यो ईन्धन खर्च मासिक १६ लाख ३३ हजार २ सय ८६ रुपैयाँले कमी आयो। छानविन समितिको प्रतिबेदन अनुसार २०७७ असोज र कात्तिक गरि दुई महिनाको कुल खर्च १४ लाख ५८ हजार ३ सय ५० रुपैयाँ मात्रै खर्च भयो। प्रति महिनाको भाग लगाउँदा जम्मा ७ लाख २९ हजार १ सय ७५ मात्रै पर्न आउँछ। २०७७ कात्तिकमा भने ईन्धन खर्च झनै कम आयो। अघिल्लो साउन महिनाको खर्च भन्दा कात्तिकमा १७ लाख ७६ हजार बढी रकम घटेको छ।

यता घोराही उपमहानगरले भने ईन्धनमा घोटाला भएको भन्न नमिल्ने दाबी गर्छ। लकडाउनका बेला गाडीहरु बढी चलेको र ईन्धन पनि बढी खपत भएको उसको दाबी छ। ‘उहाँहरु (छानविन समिति) ले कसरी प्रतिवेदन तयार पार्नु भयो? यो उहाँहरुको कुरा हो,’ उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले भने, ‘तर घोटाला भएको हैन, लकडाउनका बेला गाडीहरु बढी नै चलेका हुन्।’

उनका अनुसार २०७७ असारसम्म अगाडि भने ईन्धनको खर्च ८ देखि ९ लाख रुपैयाँसम्म मात्रै आएको र त्यसपछिको लकडाउनको अवधिमा मात्रै खर्च बढेको केसीको भनाइ छ। ईन्धनमा घोटाला नभएको दाबी गर्ने उपमहानगरले यसमा संलग्नहरु कसैलाई पनि कारवाही गरेको छैन। उसले भन्छ, ‘कारबाही के का आधारमा गर्ने? शाखा अधिकृतहरुको हस्ताक्षरसहितको तेलको कुपनका आधारमा चालकहरुले तेल हालेका छन्।’

तर छानविन समितिले भने यो कुरा स्वीकार्दैन। आफ्नो अध्ययन पश्चात पूर्ण विवरणसहित प्रतिवेदन बुझाएको समितिको दाबी छ। छानविन समितिका संयोजक तथा घोराही उपमहानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष शक्तिराम डाँगीले भने, ‘हामीहरुले प्रतिवेदन पूर्ण तथ्य विवरणसहित उपमहानगरपालिकालाई बुझाएका छौँ, अब यसलाई उपमहानगरले कसरी हेर्ने यो उसको कुरा हो।’

उनका अनुसार उपमहानगरले यसलाई कार्यपालिका बैठकमा छलफलको बिषय समेत बनाएन। ‘हामीहरुले प्रतिवेदन बुझायौँ, तर यो बिषयमा कार्यपालिका बैठकमा छलफल भएको मलाई जानकारी छैन,’ वडा अध्यक्ष डाँगीले भने, ‘कारबाही गर्ने निकाय भनेको हामी हैनौँ, उपमहानगर हो, तर मलाई कसैमाथि कारबाही भएको भन्ने जानकारी छैन।’

उनका अनुसार नियतबस् घोटाला भएको वा प्रकृया पूरा नभएर भएको जे सुकै भएपनि अस्वाभाविक ईन्धन प्रयोग भएको सत्य भएको दाबी गरे।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
५ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
यो पनि पढौँ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस