काठमाडौं- विद्युत महसुल निर्धारण आयोगका सदस्य १३.७ प्रतिशतसम्म महसुल बढाउन सहमत भएका छन्। आयोगको आइतबार बसेको बैठकमा यस्तो सहमति भएको हो। आयोग पदाधिकारी र सदस्यको तीनवर्षे कार्यकाल पूरा भइसकेकाले औपचारिक निर्णय लिन बाँकी छ।
असोज १ गतेबाट कार्यान्वयन हुने गरी महसुल बढाउने सहमति भएको आयोगले जानकारी दिएको छ। उक्त निर्णयमा सोमबार बिहानसम्म हस्ताक्षर हुने आयोगका एक सदस्यले बताए। बढाइएको शुल्क भने प्राधिकरणले कात्तिकबाट उठाउन पाउनेछ।
आयोग अध्यक्ष गणेशप्रसाद सुब्बाले आइतबारको बैठकमा सबै सदस्य उपस्थित नहुँदा कोरम नपुगेर निर्णय हुन नसकेको जानकारी दिए। 'आयोगका केही सदस्यको तीनवर्षे कार्यकाल पूरा भइसकेकाले निर्णय गर्दा कानुनी समस्या पर्न सक्ने हुँदा अन्तिम निणर्यका लागि कानुनविदसँग परामर्श लिइएको छ,' उनले भने।
६ सदस्यीय आयोगमा अध्यक्षसहित चारजनाको नियुक्ति सरकारले गर्छ भने ऊर्जा मन्त्रालयका सहसचिव र विद्युत विकास विभागका महानिर्देशक पदेन सदस्य रहने व्यवस्था छ। आइतबारको बैठकमा सरकारबाट नियुक्त तीन जना अनुपस्थित थिए।
आयोग सदस्यसमेत रहेका जलस्रोत उद्यमी ज्ञानेन्द्रलाल प्रधानले महसुल बढाउनेबारे टुंगो लागिसकेको र सोमबारसम्म अन्तिम निर्णय हुने बताए। उनका अनुसार औसत १४ प्रतिशत महसुल बढाउने टुंगो लागे पनि साना ग्राहकको हकमा २५ प्रतिशतसम्म बढाउने तयारी छ।
महसुल बढाउनेबारे कसैको पनि असहमति नरहेको प्रधानले बताए। यसबारे मन्त्री राधा ज्ञवालीबाट पनि स्वीकृत भइसकेको बताइएको छ। आयोग बुटवल पावर कम्पनीले बनाइरहेको आँधीखोला जलविद्युत आयोजनाको महसुल पनि १३.७ प्रतिशत बढाउने निचोडमा पुगेको छ। कम्पनीलाई सरकारसँग गरिएका सम्झौता कार्यान्वयन गर्न पनि निर्देशन दिइएको छ।
नेपाल विद्युत प्राधिकरणले २० प्रतिशतसम्म महसुल बढाउन गत वर्ष नै आयोगसमक्ष प्रस्ताव पेस गरेको थियो। सस्तोमा किनेर महँगो बेच्नुपर्दा वित्तीय अवस्थामा नकारात्मक असर परेको भन्दै प्राधिकरणले महसुल बढाउन पटक–पटक ताकेता गर्दै आएको थियो।
आयोगले भने प्राधिकरणभित्रको सुधार, चुहावट नियन्त्रण गर्ने लगायत सर्तमा महसुल बढाउने निर्णय गरेको हो। दुई वर्षअघि पनि २० प्रतिशत महसुल बढाइएको थियो। त्यतिबेला आयोगले दिएका सुझाव तथा निर्देशन भने प्राधिकरणले पालना गरेको छैन।
चालु आर्थिक वर्षमा प्राधिकरणको खर्च ४० अर्ब रुपैयाँ र आम्दानी करिब ३२ अर्ब रुपैयाँ प्रक्षेपण गरिएको छ। 'साढे १३ प्रतिशत महसुल बढाउँदा ४ अर्ब रुपैयाँ थप आम्दानी हुनेछ र बाँकी ४ अर्ब चुहावट नियन्त्रण र अन्य सुधारबाट बचत गर्न सकिनेछ,' आयोग अध्यक्ष गणेशप्रसाद सुब्बाले भने। उनका अनुसार यति भए प्राधिकरण नाफा र घाटा बराबरको अवस्थामा पुग्छ, थप घाटामा जानबाट जोगिन्छ।
नयाँ महसुलअनुसार २० युनिट खपत गर्ने ग्राहकले अब एक रुपैयाँ तिर्नुपर्नेछ। अहिले उनीहरुले ८० रुपैयाँ तिरिरहेका छन्। औद्योगिक क्षेत्रका लागि डेडिकेटेड फिडरमा बिजुली उपलब्ध गराउने र महसुल हालको भन्दा दुई गुणा लिन सकिने प्रस्ताव प्राधिकरणले पेस गरेको थियो।
दुई वर्षअघि बढाइएको महसुलअनुसार न्यूनतम विद्युत खपत गर्ने ग्राहकले ८० रुपैयाँ र अधिकतम २ हजार ५ सय युनिटसम्म खपत गर्ने औद्योगिक क्षेत्रले ३१ हजार २ सय ५० रुपैया“ तिर्नुपर्ने व्यवस्था थियो। प्राधिकरणका कर्मचारीले निःशुल्क उपभोग गर्दै आएको मासिक औसत सय युनिट बिजुली पनि उपभोग गर्न नपाउने निर्णय भएको छ। करिब ११ हजार कर्मचारीले वर्षभर निःशुल्क बिजुली उपभोग गर्दा ६ करोड रुपैयाँ संस्थालाई थप व्ययभार पर्ने आयोगको निष्कर्ष छ।
आयोग अध्यक्ष सुब्बाले हालको करिब २५ प्रतिशत रहेको चुहावट यो आर्थिक वर्षमा २३ प्रतिशतसम्म झार्न निर्देशन दिएको बताए। सुधार नै गर्न सकेन भने महसुल बढाएर मात्रै संस्थाको वित्तीय अवस्था उकालो नलाग्ने उनले बताए।
आयोगले दुई वर्षअघि महसुल बढाउँदा पनि चालु आवसम्म २३ प्रतिशतसम्म चुहावट घटाउन निर्देशन दिइएको थियो।