उपभोक्ता समितिको बदमासी रोक्न नयाँ कार्यविधि
२४ कार्तिक २०७८
•
३ मिनेट पाठ
उपभोक्ता समितिको बदमासी रोक्न नयाँ कार्यविधि
उपभोक्ता समितिबाट हुने निर्माणमा बदमासी देखिएको भन्दै सहरी विकास मन्त्रालयले समितिबाट गर्ने कामको लागि नयाँ कार्यविधि तयार पार्ने भएको छ।




महालेखापरीक्षकको कार्यालय तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदनले उपभोक्ता समितिबाट गरिने काममा कानुनको ठाडो उल्लंघन गर्दै आर्थिक अपचलन हुने तथ्य औंल्याउने गरेका छन्। उपभोक्ता समितिमार्फत हुने काम गुणस्तरीय पनि नहुने गुनासो छ।

उपभोक्ता समितिबाट गरिने निर्माणमा हुने विकृति र विसंगति रोक्न सहरी विकास मन्त्रालयले नयाँ कार्यविधि बनाउने भएको छ। मन्त्रालयले कार्यविधि नबन्दासम्मको लागि उपभोक्ता समितिमार्फत गरिने निर्माण रोक लगाउन पनि निर्देशन दिएको छ।

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले कात्तिक १४ गते उपभोक्ता समितिमार्फत हुने कार्यक्रमलाई प्रभावकारी, दिगो र रोजगारमूलक बनाउने सन्दर्भमा स्पष्ट कार्यविधि तयार गर्न मन्त्रालयका सहसचिवको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेकी छिन्।

सहरी विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता विष्णुप्रसाद शर्माले कार्यविधि नबनेसम्म उक्त मन्त्रालय र अन्तर्गतका निकायबाट हुने खरिद कार्य उपभोक्ता समितिमार्फत गर्न तत्काल रोक लगाउने निर्णय गरेको बताए।‘मन्त्रालय र विभागबाट विभिन्न कार्यक्रमहरू अनुगमनका क्रममा उपभोक्ता समितिबाट भएका/गरेका कार्यहरू प्रभावकारी नदेखिएको गुणस्तरमा ध्यान नदिइएको र विभिन्न किसिमका अनियमितताले प्रश्रय पाएको भन्ने आम बुझाइ छ,’मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रतिवेदनहरूमा समेत उपभोक्ता समितिबाट भएका कार्यहरू प्रभावकारी नभएको र यसले भ्रष्टाचार वृद्धि गर्न सहयोग पुर्‍याएको इंगित भएको देखिन्छ।’

अर्थमन्त्री शर्माले संसदमा प्रस्तुत गरेको अध्यादेश बजेटको प्रतिस्थापन विधेयकमा बेरोजगार युवाको श्रम समूह वा श्रम सहकारी गठन गरी त्यसमार्फत १० करोडसम्म लागतका सार्वजनिक निर्माण कार्य गराउने उल्लेख छ।

लामो समयदेखि उपभोक्ता समितिका नामबाट नेता–कार्यकर्तालाई निर्माण कार्यमा सहभागी बनाएजस्तै अर्थमन्त्री शर्माले अहिले श्रम समूह वा श्रम सहकारीका नाममा नेता कार्यकर्तालाई ठेक्कापट्टामा सहभागी बनाउन खोजेको देखिन्छ। तर सहरी विकासमन्त्री झाँक्रीले त्यसमा रोक लगाउन खोजेको देखिन्छ।

‘बेरोजगार युवाको विस्तृत लगत अद्यावधिक गरी एकीकृत अभिलेख तयार गरिनेछ। श्रम समूह वा श्रम सहकारीमार्फत युवालाई संगठित गरी व्यावसायिक दक्षता अभिवृद्धि गर्न तालिमसहित यस्ता श्रम समूह वा श्रम सहकारीले सार्वजनिक निर्माण क्षेत्रको १० करोडसम्म लागतको आयोजनामा आपसी प्रतिस्पर्धामार्फत सहभागी हुन पाउने कानुनी प्रबन्ध गरिनेछ,’ विधेयकको बुँदा नं २६ मा भनिएको छ।

महालेखापरीक्षकको ५७औं र ५८औं प्रतिवेदनले प्रतिस्पर्धाको माध्यमबाट गुणस्तरीय निर्माण कार्य गराउने तथा उपभोक्ता समितिमार्फत सञ्चालित योजनाको सार्वजनिक परीक्षण र सुनुवाइको व्यवस्था अवलम्बन गरी सम्पन्न योजनाको सञ्चालन र मर्मत समेत उपभोक्ता समितिले लिने गरी हस्तान्तरण गर्नुपर्ने सुझाव दिएको छ।

महालेखाको ५८औं प्रतिवेदनले आर्थिक वर्ष २०७६/७७ मा २८० वटा स्थानीय तहले कानुनविपरीत उपभोक्ता समितिको क्षमताभन्दा जटिल खालको आरसिसी,फ्रेम स्टक्चरसहितको भवन, पुल, कल्भर्ट, ओभरहेड ट्यांकी लगायत १२ सय ८० निर्माण कार्य उपभोक्ता समितिमार्फत गराएको औंल्याएको छ। प्रतिवेदनले यस्ता कार्य प्रतिस्र्धाबाटै गराउनुपर्ने सुझाव दिएको छ।

सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७ मा एक करोड रूपैयाँ लागत अनुमान भएको निर्माण कार्य उपभोक्ता समितिमार्फत गराउने सकिने प्रावधान छ। तर ६२ वटा स्थानीय तहले एक करोडभन्दा बढी लागतका योजनाको निर्माण पनि उपभोक्ता समितिबाटै गराएको औंल्याएको छ। सार्वजनिक खरिद नियमावली २०६४ को नियम ९७ मा उपभोक्ता समिति वा लाभग्राहीबाट निर्माण हुने कार्यमा डोजर,एस्काभेटर,लोडर,ग्रेडर जस्ता हेभी मेसिनरी प्रयोग गर्न नमिल्ने व्यवस्था छ।

तर अघिल्लो आवमा २४६ स्थानीय तहका २२ सय ८८ योजनामा उपभोक्ता समितिले डोजर, एस्काभेटर लगायत हेभी मेसिन प्रयोग गरी २ अर्ब १ करोड १२ लाख १८ हजार खर्च गरेका छन्।महालेखाको प्रतिवेदनले नियमावलीको व्यवस्था बमोजिम त्यस्ता काममा उपभोक्ता समितिले सम्बन्धित प्राविधिकबाट सिफारिस गराई पालिकाबाट सहमति पनि नलिएको औंल्याएको छ।
अर्को समाचार
उपभोक्ता समितिको बदमासी रोक्न नयाँ कार्यविधि
२४ कार्तिक २०७८
•
३ मिनेट पाठ
उपभोक्ता समितिको बदमासी रोक्न नयाँ कार्यविधि
उपभोक्ता समितिबाट हुने निर्माणमा बदमासी देखिएको भन्दै सहरी विकास मन्त्रालयले समितिबाट गर्ने कामको लागि नयाँ कार्यविधि तयार पार्ने भएको छ। 




महालेखापरीक्षकको कार्यालय तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदनले उपभोक्ता समितिबाट गरिने काममा कानुनको ठाडो उल्लंघन गर्दै आर्थिक अपचलन हुने तथ्य औंल्याउने गरेका छन्।उपभोक्ता समितिमार्फत हुने काम गुणस्तरीय पनि नहुने गुनासो छ।

उपभोक्ता समितिबाट गरिने निर्माणमा हुने विकृति र विसंगति रोक्न सहरी विकास मन्त्रालयले नयाँ कार्यविधि बनाउने भएको छ। मन्त्रालयले कार्यविधि नबन्दासम्मको लागि उपभोक्ता समितिमार्फत गरिने निर्माण रोक लगाउन पनि निर्देशन दिएको छ।

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले कात्तिक १४ गते उपभोक्ता समितिमार्फत हुने कार्यक्रमलाई प्रभावकारी,दिगो र रोजगारमूलक बनाउने सन्दर्भमा स्पष्ट कार्यविधि तयार गर्न मन्त्रालयका सहसचिवको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेकी छिन्।

सहरी विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता विष्णुप्रसाद शर्माले कार्यविधि नबनेसम्म उक्त मन्त्रालय र अन्तर्गतका निकायबाट हुने खरिद कार्य उपभोक्ता समितिमार्फत गर्न तत्काल रोक लगाउने निर्णय गरेको बताए।‘मन्त्रालय र विभागबाट विभिन्न कार्यक्रमहरू अनुगमनका क्रममा उपभोक्ता समितिबाट भएका/गरेका कार्यहरू प्रभावकारी नदेखिएको गुणस्तरमा ध्यान नदिइएको र विभिन्न किसिमका अनियमितताले प्रश्रय पाएको भन्ने आम बुझाइ छ,’मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रतिवेदनहरूमा समेत उपभोक्ता समितिबाट भएका कार्यहरू प्रभावकारी नभएको र यसले भ्रष्टाचार वृद्धि गर्न सहयोग पुर्‍याएको इंगित भएको देखिन्छ।’

अर्थमन्त्री शर्माले संसदमा प्रस्तुत गरेको अध्यादेश बजेटको प्रतिस्थापन विधेयकमा बेरोजगार युवाको श्रम समूह वा श्रम सहकारी गठन गरी त्यसमार्फत १० करोडसम्म लागतका सार्वजनिक निर्माण कार्य गराउने उल्लेख छ।  

लामो समयदेखि उपभोक्ता समितिका नामबाट नेता–कार्यकर्तालाई निर्माण कार्यमा सहभागी बनाएजस्तै अर्थमन्त्री शर्माले अहिले श्रम समूह वा श्रम सहकारीका नाममा नेता कार्यकर्तालाई ठेक्कापट्टामा सहभागी बनाउन खोजेको देखिन्छ। तर सहरी विकासमन्त्री झाँक्रीले त्यसमा रोक लगाउन खोजेको देखिन्छ।

‘बेरोजगार युवाको विस्तृत लगत अद्यावधिक गरी एकीकृत अभिलेख तयार गरिनेछ। श्रम समूह वा श्रम सहकारीमार्फत युवालाई संगठित गरी व्यावसायिक दक्षता अभिवृद्धि गर्न तालिमसहित यस्ता श्रम समूह वा श्रम सहकारीले सार्वजनिक निर्माण क्षेत्रको १० करोडसम्म लागतको आयोजनामा आपसी प्रतिस्पर्धामार्फत सहभागी हुन पाउने कानुनी प्रबन्ध गरिनेछ,’ विधेयकको बुँदा नं २६ मा भनिएको छ। 

महालेखापरीक्षकको ५७औं र ५८औं प्रतिवेदनले प्रतिस्पर्धाको माध्यमबाट गुणस्तरीय निर्माण कार्य गराउने तथा उपभोक्ता समितिमार्फत सञ्चालित योजनाको सार्वजनिक परीक्षण र सुनुवाइको व्यवस्था अवलम्बन गरी सम्पन्न योजनाको सञ्चालन र मर्मत समेत उपभोक्ता समितिले लिने गरी हस्तान्तरण गर्नुपर्ने सुझाव दिएको छ।

महालेखाको ५८औं प्रतिवेदनले आर्थिक वर्ष २०७६/७७ मा २८० वटा स्थानीय तहले कानुनविपरीत उपभोक्ता समितिको क्षमताभन्दा जटिल खालको आरसिसी, फ्रेम स्टक्चरसहितको भवन, पुल, कल्भर्ट, ओभरहेड ट्यांकी लगायत १२ सय ८० निर्माण कार्य उपभोक्ता समितिमार्फत गराएको औंल्याएको छ। प्रतिवेदनले यस्ता कार्य प्रतिस्र्धाबाटै गराउनुपर्ने सुझाव दिएको छ।

सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७ मा एक करोड रूपैयाँ लागत अनुमान भएको निर्माण कार्य उपभोक्ता समितिमार्फत गराउने सकिने प्रावधान छ।

तर ६२ वटा स्थानीय तहले एक करोडभन्दा बढी लागतका योजनाको निर्माण पनि उपभोक्ता समितिबाटै गराएको औंल्याएको छ। सार्वजनिक खरिद नियमावली २०६४ को नियम ९७ मा उपभोक्ता समिति वा लाभग्राहीबाट निर्माण हुने कार्यमा डोजर,एस्काभेटर,लोडर,ग्रेडर जस्ता हेभी मेसिनरी प्रयोग गर्न नमिल्ने व्यवस्था छ।

तर अघिल्लो आवमा २४६ स्थानीय तहका २२ सय ८८ योजनामा उपभोक्ता समितिले डोजर, एस्काभेटर लगायत हेभी मेसिन प्रयोग गरी २अर्ब १ करोड १२ लाख १८ हजार खर्च गरेका छन्।महालेखाको प्रतिवेदनले नियमावलीको व्यवस्था बमोजिम त्यस्ता काममा उपभोक्ता समितिले सम्बन्धित प्राविधिकबाट सिफारिस गराई पालिकाबाट सहमति पनि नलिएको औंल्याएको छ।
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १३ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस