झापा-दुई वर्षअघि दसैंको छेक पारेर एउटा सरकारी अनुगमन टोलीले बिर्तामोडको मासु बजार अनुगमन गर्यो। भन्भनी झिँगा भन्केको, नछोपी राखेको, काटकुट गर्ने औजार सबै फोहोर देखेपछि टोलीले धेरै मासु पसलमा खानयोग्य मासु नै नभेटिएको निष्कर्ष निकाल्यो।टोलीले यसो भनेको दुई वर्ष पूरा भयो। यसपटकको दसैं मुखैमा आइसकेको छ। तर, बिर्तामोडको मात्रै होइन, झापाको सबै ठाउँको मासु बजार उस्तै अव्यवस्थित र फोहोर छ। चाडपर्वको मुखमा अनुगमनका लागि कस्सिने सरकारी संयन्त्र वर्षभर चुपलागेर बस्ने तथा उपभोक्ता हितमा काम गर्छौ भन्नेहरु गोष्ठीमै सीमित भएका कारण उपभोक्ता ‘खान अयोग्य' मासुमै झुत्ती खेलिरहेका छन्।
पैसा तिरेपछि राम्रो सेवा पाउनु उपभोक्ता अधिकारको प्राथमिक सर्त हो। तर, उपभोक्ता अधिकार संरक्षणको मुद्दा बुद्धिविलासको माध्यम मात्रै भएको सहरमा उपभोक्ता व्यापारीको मनपरी सहन बाध्य छन्। ‘बजार अनुगमन गर्ने अलग्गै संयन्त्र छैन,' बजार निरीक्षण अधिकृतको कार्यालयका एक अधिकारी भन्छन्, ‘कामको चापले बजार हिँड्न पाइन्न। छुट्टै संयन्त्र नभएसम्म यस्तै हो।'
झापाको मासु बजारमात्रै नियाल्ने हो भने पनि व्यापारीको दादागिरी प्रस्टै देखिन्छ। ‘पैसा तिरेपछि सफा र शुद्ध पाउनुपर्ने हो,' काँकडभिट्टाका एकराज श्रेष्ठ भन्छन् ‘तर, मासु बजारमा यी दुवै कुरा भेटिन्न। एक ठाउँमा होइन, अधिकांशमा।' उनले गरेको गुनासो जिल्लाभरको मासु बजारको यथार्थ चित्र हो। मासु लिन गएको ठाउँमा त्यो सफा हुनुपर्छ भन्ने केही जरुरी छैन जत्तिकै गरेर बिक्रेताले मनपरी गरिरहेका छन्।
पशु बधशाला र मासु जाँच ऐन २०५५ कार्यान्वयन हुन नसक्दा उपभोक्ता स्वस्थ मासु खानबाट वञ्चित छन्। मापदण्डअनुसारको व्यवस्थित बधशाला नभएका कारण यो समस्या आएको हो। पशु बधशाला र मासु जाँच ऐनमा मासु पसलभन्दा अलग्गै बधशालाको व्यवस्था हुनुपर्ने प्रावधान छ।
बधशालामा पशु बेहोस बनाउने, रगत निथार्ने, छाला फँयाक्ने, खुइल्याउने, सफा गर्ने, आन्द्राभँुडी जम्मा गर्ने अलगअलग स्थान हुनुपर्ने व्यवस्था भए कतै पालना भएको छैन। बधशालामा चिसो–तातो पानीको व्यवस्था, बध गर्नेबाहेक अन्य पशुलाई बधशालामा राख्न नपाइने, शीतभण्डारको व्यवस्था हुनुपर्ने कानुनी प्रावधान छ। तर मासु व्यवसायीले यी कुनै पनि प्रक्रिया पुरा गरेका छैनन्।
झापाका अधिकांश मासुपसल एउटा सटर वा घुम्तीमा छन्। विर्तामोड, दमक, मेचीनगर, भद्रपुर, सुरुंगा कतै पनि व्यवस्थित मासु पसल छैनन्। बरु जथाभावी खुलेका छन्। सबैभन्दा सजिलो व्यापार नै ‘फ्रेस हाउस'को भएको छ। राजमार्ग दायाँबायाँ राखिएका मासु पसलबाट निस्कने फोहोर मैलाले दुर्गन्धसमेत हुने गरेको छ।
बिर्तामोडमा रहेको पूर्वकै नमूना कृषि उपज बजारभित्र बजार व्यवस्थापन समिति र पशुपंछी प्रवर्द्धन तथा बजार विकास निर्देशनालय हरिहरभवन ललितपुरको संयुक्त लगानीमा निर्माण भएको बधशाला प्रयोगविहीन अवस्थामा छ। तीनकोठे सो भवन अहिले खसी र कुखुरा राख्ने गोदाममा परिणत भएको छ। साँघुरो र त्यहाँबाट निस्कने फोहोर व्यवस्थापन गर्न समस्या भएका कारण भवन प्रयोगमा आउन नसकेको व्यवसायीहरुको भनाइ छ।
झापाका अधिकांश मासु व्यवसायीले कानुनी प्रावधान पूरा गरेका छैनन्। उनीहरुलाई मासु जाँच ऐनबारेमा जानकारीसमेत छैन। हालसम्म कुनै व्यवसायीलाई कारबाही भएको पनि छैन।
स्थानीय नगरपालिका वा गाविसले मासु सुपरिवेक्षक राख्नुपर्ने प्रावधान भए पनि स्थानीय निकायले चासो नदेखाएको उपभोक्ता हित संरक्षण मञ्च नेपाल झापाका अध्यक्ष राजेन्द्र घिमिरे बताउँछन्।
झापाका दमक, विर्तामोड, काँकडभिटा, भद्रपुर लगायतका मुख्य बजारमा व्यवस्थित बधशाला छैन। सम्बन्धित निकायले ऐन कार्यान्वयनमा पहल नगर्दा मासु व्यवसाय व्यवस्थित हुन नसकेको बताँउछन्, राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदनगोपाल सुब्बा। बजार अनुगमन निर्देशिका २०६९ ले जिल्ला पशु सेवा कार्यालयलाई बधशाला अनुगमनको जिम्मेवारी दिएको बताउँदै उनले भने, ‘कानुुन कार्यान्वयनमा पशु सेवा कार्यालयले प्रभावकारी ढंगले नियमन अनुगमन गर्न सकेन।'
जिल्ला पशु सेवा कार्यालयका प्राविधिक छवि सुवेदीले जिल्लामा व्यवस्थित बधशाला नभएको स्वीकार गर्दै भने, ‘बधशाला निर्माण गर्ने र व्यवस्थित गर्ने काम स्थानीय निकायको हो।' स्थानीय निकायले लिने करबाट त्यसको व्यवस्थापनमा केही खर्च गर्नुपर्ने उनको कथन छ।
३० वर्षदेखि मासु व्यवसाय गर्दै आएका महमद रहिमले मासु तयार गर्नुअघि पशु प्राविधिकलाई जँचाउनुपर्ने नियम आफूलाई अहिलेसम्म थाहा नभएको बताए। कुखुराको मासु बेच्ने उनले बर्डफ्लुको हल्ला चलेको बेलाबाहेक कसैले आफूलाई यस्ता विषयमा जानकारी नगराएको बताए।
कृषि उपज बजारमा बजार व्यवस्थापन समितिले निर्माण गरेको सटरमा मासु पसल राखेका विकास श्रेष्ठले पनि मासु काट्ने मापदण्डबारे थाहा नभएको बताए। उनले स्थानीय कृषि उपज बजारको कार्यालयमा मासु पसल दर्ता गरेको बताए।
मेचीनगरका खाद्य अधिकृत दिपेन्द्र कार्की मासु बजार व्यवस्थित गर्ने पहल भइरहेको दाबी गर्छन्। ‘बिक्रेतालाई तालिम दिने, बजार व्यवस्थित गर्ने विषयमा नगरले पहल गरिरहेको छ,' उनी भन्छन्।