काठमाडौं- नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माण गर्न भारतको जिएमआर कम्पनीसँग हुने 'पिडिए' (आयोजना विकास सम्झौता) को प्रारम्भिक टुंगो लागेको छ। लगानी बोर्डले तयार पारेको मस्यौदामा राष्ट्रिय हितका केही बुँदामा विवाद कायमै रहे पनि बुधबारको बोर्ड बैठकले 'विवादित बुँदा सच्याउने' गरी पिडिए टुंगो लगाएको हो।
बोर्ड सचिवालयले विवादित बुँदा सच्याएर बिहीबार पिडिए मस्यौदा मन्त्रिपरिषद लग्ने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा बोर्ड सदस्य गोविन्दराज पोखरेलले बताए। 'मन्त्रिपरिषदबाट अन्तिम स्वीकृति भएपछि आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापनको बाटो खुल्नेछ,' उनले बोर्ड बैठकपछि बुधबार नागरिकसँग भने, 'यही आधारमा भारतीय जिएमआर र लगानी बोर्डबीच सम्झौतामा हस्ताक्षर हुनेछ।'
बैठकपछि जारी विज्ञप्तिमा 'लामो समयदेखि घनीभूत छलफल गरी राष्ट्रिय हितमा पिडिए टुंगो लागेको' लगानी बोर्डका .... समेत रहेका प्रधानमन्त्री सुशील कोइरालाले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ। 'यसले देश तथा विदेशमा नेपाल प्रत्यक्ष वैदेशिक लगानीका लागि उपयुक्त स्थल भएको सन्देश जाने आशा लिएको छु,' प्रधानमन्त्री तथा बोर्ड अध्यक्ष सुशील कोइरालालाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ, 'पिडिए सम्झौतापछि ठूला आयोजनामा लगानी गर्न स्वदेशी तथा विदेशी लगानीकर्ता आकर्षित हुनेछन् र विकासको ढोका खुल्नेछ।'
पूर्वाधार विकासमार्फत गरिबी निवारणमा समेत सहयोग पुग्ने उल्लेख गर्दै प्रधानमन्त्री कोइरालाले भनेका छन्, 'पिडिए राष्ट्रको अधिकतम हित हुने गरी तयार परिएको छ, त्यसैले आयोजना कार्यान्वयनमा सबै राजनीतिक दललगायत सम्पूर्ण सरोकारवालाको सहयोगको अपेक्षा गरेको छु।'
पिडिए मस्यौदामा भाषागत र राजनीतिक दलबीच उठेका अधिकांश विवादका बुँदा सच्याइएको पोखरेलले जानकारी दिए। 'आयोजनादेखि तल्लो तटीय क्षेत्रका सिँचाइ आयोजनामा असर पर्न नहुने र त्यसका लागि आवश्यक पानीको उपलब्धता जिएमआरले नै सुनिश्चित गर्ने निर्णय भएको छ,' उनले भने।
पानीको बहाब नियन्त्रण गर्ने 'रि–रेगुलेटिङ' बाँध निर्माण गर्नुपर्ने भए त्यसको दायित्व पनि जिएमआरले नै लिने उनले बताए। उनका अनुसार यो बाँधले पानीको बहाब समान बनाउने हुँदा तल्लो तटीय सिँचाइ आयोजनालाई पर्याप्त पानी उपलब्ध हुनेछ।
सरकारले यसअघि आयोजनाबाट सिँचाइलगायत क्षेत्रमा पर्ने असर अध्ययन गर्न आयोग उपाध्यक्ष पोखरेलको संयोजकत्वमा प्राविधिक कार्यदल गठन गरेको थियो। उक्त कार्यदलले दिएका अधिकांश सुझावका आधारमै सम्झौता गर्ने टुंगो लागेको हो।
पिडिए छलफल क्रममा सबैभन्दा बढी सरकारले दिने एकमुष्ट अनुदानका विषयमा विवाद भएको थियो। सरकारले चालू आर्थिक वर्षको बजेटमा आव २०७९/८० सम्म बिजुली उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने प्रवर्द्धकलाई प्रतिमेगावाट ५० लाख रुपैयाँ दिने घोषणा गरेको थियो।
आयोजनाको बिजुली सोझै भारत निकासी हुने र राष्ट्रिय प्रसारण प्रणालीमा योगदान नपुर्यािउने हुँदा यस्तो सुविधा दिन नहुने भन्दै सत्तारूढ एमालेलगायत साना राजनीतिक दलले अपत्ति जनाएका थिए। आयोजनाले निर्माण सुरु गरेको वर्षबाट निर्माण अवधिभर करिब १० अर्ब रुपैयाँ भ्याट तिर्ने बोर्डले जनाएको छ। उक्त रकमबाट कम्पनीलाई साढे चार अर्ब रुपैयाँ फिर्ता गर्ने र राज्यको सञ्चित कोषबाट दिन नपर्ने पोखरेलको तर्क छ।
तल्लो तटीय क्षेत्रमा बनिरहेका रानीजमरा कुलरिया, राजापुर र सूर्यपटुवा सिँचाइ आयोजनामा कुनै पनि असर नपर्ने ग्यारेन्टी पनि बोर्डले गरेको छ। बोर्डका अनुसार प्राविधिक कार्यदलले दिएको सुझावकै आधारमा सम्झौता भएको ६ महिनाभित्र स्वतन्त्र प्राविधिक कमिटीले थप अध्ययन गर्नेछ। उक्त कमिटिले दिएको सुझाव वा प्रतिवेदन सरकारले स्वीकृत गर्ने र प्रतिवेदनमा समेटिएका विषय जिएमआरले पूरा गर्नुपर्नेछ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साउन १८ मा नेपाल भ्रमणमा आउँदा ४५ दिनभित्र पिडिए टुंग्याउने सहमति भएको थियो। उक्त सहमतिअनुसार बुधबार ४५ दिन पूरा भएको छ। भारतसँग विद्युत व्यापार सम्झौता (पिटिए) भइसकेको र पिडिएको टुंगो लागेकाले अब जलविद्युतमा विदेशी लगानी आउने वातावरण तयार भएको पोखरेलले स्पष्ट पारे।
बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालमा लगानीका पक्षमा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरे।
जिएमआरले 'क्षमता रोयल्टी' तिर्ने विषयलाई भने बोर्डले थाती राखेको छ। कम्पनीसँग सन् २००८ मा आयोजना बनाउने समझदारी हुँदा आयोजनाको क्षमता रोयल्टी जलविद्युत नीति, २०५८ अनुसार लिने टुंगो लागेको थियो। उत्पादित बिजुली निर्यात गर्ने प्रवर्द्धक वा कम्पनीले १५ वर्षसम्म प्रतिमेगावाट चार सय र १५ वर्षपछि १ हजार ८ सय रुपैयाँ क्षमता रोयल्टी तिनुपर्ने उल्लेख छ। साथै हरेक वर्ष ५ प्रतिशत वृद्धिदर लागू हुने प्रावधान छ।
लगानी बोर्डले भने जलविद्युत नीतिविपरीत पिडिए मस्यौदामा क्षमता रोयल्टीमा वृद्धिदर लागू नहुने प्रावधान राखेको छ। यही कारणले एमालेलगायत राजनीतिक दल र सरोकारवालाले विरोध गर्दै आएका छन्। जिएमआरलाई राज्यकोषबाट प्रतिमेगावाट ५० लाख रुपैयाँ अनुदान दिने, क्षमता रोयल्टी वृद्धिदरको प्रावधान नराखी सम्झौता गर्ने तयारी गरेको, तटीय लाभ लिनेलगायत बुँदा नसच्याइएको भन्दै एमालेको असहमति कायमै थियो।
तटीय लाभ र कम्पनीले लिनुपर्ने जोखिमसमेत सरकारतर्फ सारिएको भन्दै विज्ञ तथा सरोकारवालाले समेत पिडिए मस्यौदा सच्याउन आग्रह गरेका थिए। एमाले उपाध्यक्ष भीम रावलले बुधबार एक कार्यक्रममा 'ठूला आयोजना बनाउन विदेशी लगानी र प्रविधि भित्र्याउनुपर्छ भन्ने पक्षमा पार्टी स्पष्ट रहेको तर यसअघि राष्ट्रिय हित सुनिश्चित हुनुपर्ने' बताएका थिए।
'नेपालका कम्पनीले यहीँ खपत हुने गरी बनाउने आयोजनामा क्षमता रोयल्टी ५ प्रतिशत वृद्धि हुने गरी सम्झौता गरिएको छ,' उनले भने, 'निर्यातमूलक आयोजनाको क्षमता रोयल्टीमा वृद्धिदर नराखिनु गलत हो।' यहाँ खपत हुने बिजुलीको हकमा क्षमता रोयल्टी बढाएर लिने व्यवस्था गर्ने तर निर्यात गर्ने बिजुलीलाई के आधारमा छुट दिने भनी रावलले प्रश्न गरेका थिए।
पूर्व जलस्रोत सचिव सूर्यनाथ उपाध्यायले समेत तल्लो तटीय लाभ सुनिश्चित भएपछि मात्रै पिडिएमा हस्ताक्षर हुनुपर्ने बताएका छन्। 'राष्ट्रिय प्रसारण लाइन नछोई सिधै भारत जाने बिजुलीलाई सरकारले ढुकुटीबाट केका आधारमा अनुदान दिने निर्णय गर्यो,' उनले भने, 'सम्झौताअघि नै उसलाई दिने र हामीले लिने फाइदाबारे स्पष्ट व्यवस्था गरिनुपर्छ।'
जिएमआरसँग आयोजना बनाउने समझदारी हुँदा १२ प्रतिशत (१०८ मेगावाट) बिजुली र २७ प्रतिशत निःशुल्क सेयर नेपालले पाउने सहमति भएको छ। तर, आयोजना लागत नेपालको नियन्त्रणमा नहुने हुँदा यसमा देशले फाइदा लिन नसक्ने विज्ञहरूको तर्क छ।
उत्पादन अनुमतिपत्र लिएदेखि २५ वर्षसम्म जिएमआरले आयोजना सञ्चालन गर्नेछ। सञ्चालित अवस्थामा सरकारलाई हस्तान्तरण गर्नेछ। साथै उसले बनाएको ७६ किलोमिटर लामो अन्तरदेशीय प्रसारण लाइनसमेत २५ वर्षपछि सरकारलाई हस्तान्तरण गर्ने पिडिएमा व्यवस्था छ।