सात वर्षमा कर्णालीको बिजुली
०३ असोज २०७१
•
९ मिनेट पाठ
सात वर्षमा कर्णालीको बिजुली
काठमाडौं– लगानी बोर्ड र ९ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजनाको प्रवर्द्धक भारतीय जिएमआर इनर्जी कम्पनीबीच शुक्रबार आयोजना विकास सम्झौता (पिडिए) मा हस्ताक्षर भएको छ। सम्झौताअनुसार जिएमआरले दुई वर्षमा आर्थिक व्यवस्थापन मिलाइसक्नेछ भने त्यसका पाँच वर्षमा आयोजना सम्पन्न गरिसक्नेछ। जसअनुसार अबको सात वर्षमा माथिल्लो कर्णालीबाट बिजुली उत्पादन सुरु हुनेछ।
सत्ताबाहिरका केही राजनीतिक दल र सरोकारवालाको विरोधबीच बोर्ड र कम्पनीबीच पिडिएमा हस्ताक्षर भएको हो। राष्ट्रिय योजना आयोगको सभाकक्षमा आयोजित कार्यक्रममा प्रधानमन्त्री तथा बोर्ड अध्यक्ष सुशील कोइराला, उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम, उनका भारतीय समकक्षी राजनाथ सिंहको रोहबरमा बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्त र जिएमआर हाइड्रोइनर्जी बिजनेस युनिटका अध्यक्ष आरभी सेसनले सम्झौतापत्रमा हस्ताक्षर गरे। कार्यक्रममा भारतीय राजदूत रणजित रे पनि थिए।

सत्ता साझेदार एमाले र केही साना दलले दिएको सुझावअनुसार विवादित बुँदा बुधबारको बोर्ड बैठकले संशोधन गरेको थियो।

गृहमन्त्री गौतमले पिडिएले ऊर्जा विकास मात्र नभई देशको आर्थिक र सामाजिक रुपान्तरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। 'आगामी दिनमा प्राकृतिक स्रोत–साधन राष्ट्रको हितमा प्रयोग गर्ने गरी ढोका खुलेको छ,' गौतमले पत्रकारमाझ भने, 'यो सम्झौताले राष्ट्रलाई समृद्धितर्फ डोर्‍याउनेछ, जलविद्युत विकासमा वैदेशिक लगानी आउने बाटो स्पष्ट भएको छ।'

नेपालको इतिहासमा यति ठूलो आयोजनाका लागि पहिलो सम्झौता भएको सन्दर्भ जोड्दै भारतीय गृहमन्त्री सिंहले जलविद्युतमार्फत् देशलाई समृद्ध बनाउन चाहेको र नेपालसमेत समृद्ध हुनुपर्ने धारणा राखे।

'भारत आफ्ना सबै छिमेकी देशसँग मिलेर आर्थिक विकास गर्न चाहन्छ,' उनले थपे, 'नेपाल सरकार र जिएमआरबीच भएको सम्झौताले जलविद्युत विकासमा नयाँ उचाइ थपेको छ, नेपालमा हुन गइरहेको यति ठूलो वैदेशिक लगानी विकासका लागि दुवै देशको ऐतिहासिक कदम हो।' पिडिए नेपाल–भारतबीचको एक ऐतिहासिक सम्झौता भएको सिंहको धारणा थियो।

सम्झौताअनुसार तोकिएको समयभित्रै आयोजना निर्माण सकेर विश्वसनीयता कायम गर्न सिंहले जिएमआरलाई सुझाव दिए। सम्झौता कार्यान्वयनमा भारतकै विश्वसनीयता जोडिएको भन्दै समयमै काम नसके देशको विश्वसनीयतामाथि आँच आउने उनको भनाइ थियो।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत पन्तले विमति राख्ने स्थानीयदेखि राजनीतिक सबै पक्षसँग वार्ता गरेरै पिडिए तयार पारिएकाले कार्यान्वयनमा विवाद नहुने बताए। 'रेगुलेटिङ ड्याम बनाउनुपर्ने भए त्यसको लागत जिएमआरले नै बेहोर्ने किटान भइसकेको छ,' उनले भने, 'विश्व अर्थतन्त्रमा असामान्य परिस्थिति उत्पन्न भए लगानी जुटाउन तीन वर्षको समय दिइनेछ। अन्यथा दुई वर्षभित्र कम्पनीले लगानी जोहो गर्न सकेन भने सम्झौता तोडिनेछ।'

पिडिए नेपालको हितमै भएको दाबी गर्दै पन्तले राजनीतिक 'फोर्स मेजर' वा आयोजना निर्माणका क्रममा २१ दिनसम्म लगातार बन्दहडताल भए मात्र कम्पनीलाई क्षतिपूर्ति तिर्नुपर्ने बताए। कम्पनीले कुनै बहानामा बीचमै सम्झौता तोड्न नपाउने पन्तले प्रस्ट्याए। उनका अनुसार २०८० भित्र आयोजना बनाउन सके मात्र सरकारले घोषणा गरेको प्रतिमेगावाट ५० लाख रुपैयाँ अनुदान कम्पनीले पाउनेछ।

जिएमआरसँग सन् २००८ मा गरिएको समझदारीअनुसार पिडिएमा क्षमता रोयल्टी वृद्धिदर नदिने प्रावधान नराखिएको भन्ने पत्रकारको जिज्ञासामा पन्तले भने, 'जलविद्युत नीति, २०५८ मा क्षमता रोयल्टी वार्षिक पाँच प्रतिशतले वृद्धि हुने व्यवस्था भए पनि त्यो अस्पष्ट भएकाले यस्तो प्रावधान राखिएन।' सम्झौता कार्यान्वयन गर्न तीन महिनाभित्र आयोजना समीक्षा प्यानल गठन गरिने पन्तले जानकारी दिए।

सरकारले पनि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्दराज पोखरेल संयोजक रहने गरी 'उच्चस्तरीय आयोजना अनुगमन कमिटी' गठन गर्नेबारे बुधबारकै मन्त्रिपरिषदले निर्णय गरेको पन्तले जानकारी दिए। उक्त कमिटीमा ऊर्जा, अर्थ, कानुन, वन, वातावरणलगायत मन्त्रालयका सचिव सदस्य रहनेछन्।

जिएमआर हाइड्रो इनर्जी बिजनेस युनिटका अध्यक्ष सेसनले पनि सम्झौता समयमै पूरा गर्ने प्रतिबद्धता जनाए। 'अबको दुई वर्षभित्र वित्तीय व्यवस्थापन हुन्छ र त्यसको पाँच वर्षमा आयोजनाको निर्माण पूरा हुन्छ,' उनले भने। पछिल्लो संशोधनपछि प्रसारण लाइन निर्माणसहित आयोजनाको कुल लागत १ अर्ब ५० करोड अमेरिकी डलर अनुमान गरिएको सेसनले जानकारी दिए।

आयोजनामा २५ प्रतिशत जिएमआरले स्वपुँजी (सेयर) लगानी गर्ने र बाँकी विभिन्न दातामार्फत ऋण लगानी हुनेछ। सेसनले थपे, 'पिडिए भएपछि विदेशी कम्पनीलाई यसमा लगानी गर्ने बाटो खुलेको छ।' कम्पनीले अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी), एसियाली विकास बैंकमार्फत ऋण लगानी गर्ने तयारी गरेको जनाएको छ।

जिएमआरका अनुसार उत्पादित बिजुली नेपालका अलावा भारत र बंगलादेशमा समेत बेच्न कम्पनीले प्रक्रिया सुरु गरेको छ। नेपालले पाउने निःशुल्क १२ प्रतिशत (१०८ मेगावाट) बिजुलीबाहेक थप ३० प्रतिशत किन्न पाउने प्रावधान पिडिएमा राखिएको छ। उक्त थप बिजुलीको मूल्य प्रचलित बजारमूल्य भन्दा कम हुने पन्तले जनाए।

आयोजनाको २५ वर्षे अवधिमा नेपालले २७ प्रतिशत निःशुल्क सेयरबापत करिब १ खर्ब ४५ अर्ब र भ्याटबापत ८० अर्ब रुपैयाँ आम्दानी गर्ने अध्ययनमा छ। जिएमआरले बिजुली भारत निकासी गर्न बनाउने करिब एक सय किलोमिटर अन्तरदेशीय प्रसारण लाइनसमेत २५ वर्षपछि आयोजनासँगै सरकारमा हस्तान्तरण हुनेछ।



अर्को समाचार
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
११ घण्टा अघि
•
१ मिनेट पाठ
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
पोखरा। लामो समयदेखि उपेक्षामा पर्दै आएको मुस्ताङको कोरला नाकास्थित नेचुङ भन्सार कार्यालयले अहिले पनि दिनमा आठ करोड रुपैयाँ हाराहारीमा राजस्व संकलन गर्दै आएको छ।




सीमित स्रोतसाधनका बाबजुद पनि अहिलेको समयमा नेपाललाई चीनसँग जोड्ने व्यापारिक नाकाको एक मात्र विकल्पको रूपमा कोरला बनेको छ। त्यही नाका हुँदै अहिले दिनहुँ जसो करोडौँ रुपैयाँ मूल्यका चिनियाँ सामान नेपाल भित्रिरहेका छन्। 

मुस्ताङ भन्सार कार्यालयका अनुसार अहिले चीनबाट नेपालमा सामान र साधन भित्र्याउने एक मात्र नाका कोरला बनेको छ। गत भदौमा आएको भोटेकोशीको बाढीले रसुवागढी नाका ध्वस्त पारेपछि नेपालको चीनसँगको व्यापार अप्ठेरोमा परेको थियो। त्यस लगत्तै चीनले तातोपानी नाका पनि अस्थायी रूपमा बन्द गरेको थियो।

रसुवागढी नाका बाढीले ध्वस्त बनाएपछि त्यहाँको नाकामा रोकिएका र तातोपानी बन्द गरिएपछि रोकिएका कन्टेनरका सामान कोरला नाका हुँदै नेपाल भित्र्याउन थालिएको थियो। त्यसपछि बल्ल कोरला नाका चलायमान बनेको थियो।

‘नेपाल र चीनसँगको व्यापारको एक मात्र नाका अहिले कोरला बनेको छ, तर यसको व्यवस्थापन जबरजस्त भइरहेको छ। व्यवस्थित नाका नहुँदा समस्या बनेको छ,’ कोरलास्थित मुस्ताङ भन्सार कार्यालयका प्रमुख अनन्त तिम्सिना भन्छन् ‘अब चिसो बढ्न थाल्यो, आगामी दिन अझै सकसपूर्ण हुनेछैन, कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता छ। तर पनि चीनसँगको व्यापारको विकल्प कोरलाको छैन।’

उनका अनुसार अहिले नै चिसो बढिसकेकोले लोमान्थाङ क्षेत्रमा पानी जम्न थालिसकेको छ। स्थानीयवासीहरु चिसो छल्नका लागि तल (पोखरा, चितवन, काठमाडौं) झर्न थालिसकेका छन्।

‘अब त सुनसान बन्न थालिसकेको छ । माथिल्लो क्षेत्रका धेरै घरमा ताला लागिसकेको छ,’ उनले भने, ‘अब त कर्मचारीलाई पनि आवश्यक सामान किन्न नपाउने अवस्था आउन थालिसकेको छ।’

अघिल्ला वर्ष यो सिजनमा नाका क्षेत्र यो बेलासम्म सुनसान बनिसकेको हुन्थ्यो। यो पटक भने चिसो बढ्दै गए पनि कोरलाको व्यापारिक नाका भने अहिले पनि व्यस्त रूपमै चलिरहेको छ।

नाका खुलाएर व्यापारिक गतिविधि सञ्चालन गरे पनि भन्सारमा आवश्यक संरचना नहुँदा समस्या रहेको उनले बताए।

‘कोरला नाकाबाट चालु आर्थिक वर्षको अहिलेसम्म १५ अर्ब रुपैयाँ राजस्व उठिसकेको छ। तर, भन्सारमा व्यवस्थापन कमजोर छ। ‘संरचना छैनन्, जबरजस्ती व्यापारिक गतिविधि चलाइएको मात्र छ,’ उनले भने।

उनका अनुसार मुस्ताङको यो भन्सार नाकामा अहिलेसम्म एकीकृत भन्सार जाँच चौकी (आईसिपी) छैन। ‘व्यापारिक नाका मात्र हो, तर, व्यवस्थापन सहज छैन। सबैतिर अस्तव्यस्त मात्र छ,’ उनले भने, ‘आईसिपीमा हुनुपर्ने न्यूनतम पूर्वाधार पनि छैनन् । पूर्वाधार भए पनि अपुग छन्। भन्सार नाकामा हुनुपर्ने कतिपय निकायको उक्त क्षेत्रमा उपस्थिति नै छैन।’

एकीकृत भन्सार जाँच चौकीमा आयात–निर्यात तथा सीमा वारपारसम्बन्धी सम्पूर्ण सरकारी सेवा र सुविधा एकै छानामुनिबाट प्रदान गरिन्छ। तिम्सिनाका अनुसार आईसिपीमा एकीकृत सेवा प्रणाली अन्तर्गत भन्सार जाँच पास, अध्यागमन, क्वारेनटाइन (पशु, वनस्पति तथा खाद्य परीक्षण), बैंक तथा विदेशी मुद्रा सटही काउन्टर एउटै परिसरभित्र रहन्छन्। 

ती बाहेक सामान भण्डारणका लागि ठूला गोदाम, कोल्ड स्टोरेज, कन्टेनर पार्किङ यार्ड, इलेकट्रोनिक तौल काँटा र सुरक्षा जाँचका आधुनिक उपकरण पनि भन्सार क्षेत्रमै उपलब्ध हुन्छन्। एउटै स्थानबाट सबै प्रक्रिया पूरा हुने भएकाले मालवाहक सवारीसाधनको सीमा नाकामा हुने लामो जाम हट्छ र ढुवानी लागत कम हुनुपर्ने भए पनि मुस्ताङको कोरलामा भने ती सबै समस्या रहेको उनले सुनाए। 

‘उनको भन्सार जाँच पास गराउनुपर्‍यो भने अहिले पनि समस्या  । त्यसका लागि पोखरा आउनुपर्छ,’ उनले भने, ‘भन्सार कार्यालय मात्र भएर हुँदैन। अरू सरकारी निकाय पनि हुनुपर्छ। अध्यागमनमा पनि उत्तिकै समस्या छ। सबैले समान रूपमा काम गर्नुपर्छ । बैंक त करिब १४ किलोमिटर तल छ। राजस्व बुझाउनका लागि १४ किलोमिटर तल झरेर बैंकमा रकम तिरेर फर्केपछि बल्ल काम हुन्छ। त्यसैले सबैका लागि झन्झट छ।’ 

उनका अनुसार भन्सार कार्यालयका लागि मात्र एक हजार रोपनी क्षेत्रफलको जग्गा रहेको छ। ‘सामान लोड–अनलोड गर्नमा समेत समस्या छ। सबै काम भुँइमै गर्ने हो। त्यही भएर एउटै गाडी पास गर्न ३/४ दिन लाग्छ,’ भन्सार प्रमुख तिम्सिनाले भने।

भन्सारमा व्यवस्थित तरिकाले विभिन्न निकाय हुनुपर्नेमा त्यसको अभाव रहेकोले अबका दिनमा झनै चुनौतीपूर्ण रहने उनले बताए। ‘अब हिमपातको समय पनि सुरु भएको छ। हिमपात भयो भने त झनै समस्या हुन् । नाकासम्म पुगेका गाडी पनि चिसोका कारण ‘स्टार्ट’ हुन समेत समस्या हुने गरेको छ,’ उनले भने, ‘रोकेको ठाउँमा चिसोका कारण गाडी स्टार्ट नभए पनि सकस पर्ने गरेको छ। गोदामघर पनि छै। गोदाम नहुँदा सामान बोकेका कन्टेनर नै गोदाम बनेका छन्। सामान उतार्ने र चढाउने काममा समेत सकस छ।’

उनका अनुसार चिसोका कारण एकातिर समस्या छँदैछ, अर्कोतिर बाटो सहज नहुँदा नाका हुँदै भित्र्याइएका चिनियाँ सवारी बाटोमा दुर्घटनामा परेर व्यावसायिक क्षति पनि हुने गरेको छ। उनका अनुसार चालु आर्थिक वर्षको अहिलेसम्म कोरला नाका हुँदै करिब १२ सय चिनियाँ विद्युतीय सवारी नेपाल भित्र्याइएको छ।

‘बाटोमा दुर्घटनामा परेका सवारी यत्रतत्र देखिन्छन्। बिक्रीका लागि नेपाल ल्याइएका ती चिनियाँ सवारी ठाउँ ठाउँमा समस्यामा रहेका भेटिन्छन्, कतै ढुंगामा ठोक्किएका हुन्छन त कतै बिचमै बिग्रेको अवस्थामा भेटिन्छन्, सबैतिर समस्या नै समस्या रहेको छ,’ उनले भने।

पोखरा–जोमसोम सडक पनि यति बेलाको समयमा उत्ति सहज छैन। साँघुरो र कच्ची सडक भएकोले ठूला आकारका कन्टेनरमा पोखरासम्म सामान ल्याउन पनि सकसपूर्ण रहेको व्यवसायीले बताउँदै आएका छन्।

जोमसोमदेखि माथिल्लो मुस्ताङको कोरला नाकासम्मको बाटो कालोपत्रे छैन। यो नै ११५ किलोमिटर दूरीको छ । त्यस्तै बेनी–जोमसोम खण्ड पनि उत्तिकै सकसपूर्ण छ।

कच्ची सडक भएको र यो वर्षको  बाढी पहिरोले कालिगण्डकी करिडोर समेत क्षतविक्षत पारेकोले बेनी–जोमसोम खण्ड सहज नभएको व्यवसायीले बताउँदै आएका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस