काठमाडौ-दसैको आगमनसँगै राजधानीमा खाद्य तथा मासुजन्य पदार्थको संयुक्त अनुगमन गर्ने सरोकारवाला निकायले प्रतिवद्धता जनाएका छन्।भेटेरिनरी जनस्वास्थ कार्यालयका प्रमुख मुकुल उपाध्यायले पशु हाट बजारमा चौपायाको स्वस्थता परीक्षण गरिने बताएका छन्। निरोगी खसी, बोका र राँगाको सिंग वा शीरमा हरियो रंग लगाइन्छ, उनले भने रोगी पशुमा रातो रंग लगाइन्छ। उपभोक्ताले हरियो रंग लगाइएको खसी, बोका मात्र खरिद गर्न उनको सुझाव थियो।
यसको लागि चार वटा अनुगमन टोली गठन गरिएको उनले जानकारी दिएका छन्। चौपाया खरिद बिक्री सेवा संघका महासचिव दीपक थापाले स्वस्थ्य चौपाया ल्याउन र माग बमोजिम आपूर्ति गर्न मातहतका व्यवसायीलाई सर्कुलर जारी गरिएको बताए।
यो पटक चौपायाको अभाव हुँदैन, उनले भने। राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले राजधानी भित्रिने पशुपंक्षीको क्वारेन्टाइन परीक्षणमै मनपरी हुने गरेको दावी गरे। बाटोमा प्रति खसीबोका एक सय र प्रति राँगा एक हजार रुपैयाँमा क्वारेन्टाइन प्रमाणपत्र विना परीक्षण बिक्री भइरहेको उनले बताए। हामीसित प्रमाण सुरक्षित छ, उनले प्रश्न गरे अब भन्नुस, हामी कसरी स्वच्छ मासु पाउन सक्छौं? खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता प्रमोद कोइरालाले दसैको विदामा उपभोक्ताले उजुरी दिन सक्ने र तत्काल अनुगमन गर्ने व्यवस्था मिलाइएको जानकारी दिए।
हामीले गत साता राजमार्गका होटलहरुको अनुगमन गरी गुणस्तर मापन स्टिकर दिएका छौं, यस्तो अनुगमन जारी छ, उनले भने। उनका अनुसार होटल, मिठाइ पसल, खाद्य उद्योग, खाद्यान्न पसलहरुको अनुगमन पनि तिव्र गरिएको छ। तर, ४० प्रतिशतभन्दा बढी खानेकुरा विदेशबाट आयात हुने गरेको र तिनको अनुगमन तथा परीक्षण गर्न कठिन भइरहेको उनको गुनासो थियो। तथापि, हामीले भन्सार नाकामै खाद्य परीक्षण गर्ने परिपाटी बनाएका छौं, उनले भने। वाणिज्य विभागका महानिर्देशक नारायणप्रसाद बिडारीले उपभोक्ता सचेतनाको लागि विभागले चाँडै माइकिङ्ग कार्यक्रम संचालन गर्ने बताए। हामीले अनुगमन पनि गरिरहेका छौं। मातहतका कर्मचारीलाई पनि सेवा, सुविधा र भत्ताको आधारमा सेवा प्रवाहमा अवरोध नगर्न निर्देशन दिइसकेको उनले बताए।
राजधानीमा आसन्न दसैं, तिहारको लागि खाद्यान्न आपूर्ति सहज बनाइरहेको उनले बताए। आजकै मितिमा पनि एक सय दिनको लागि खाद्यान्न स्टक छ , उनले भने। नेपाल कृषि पत्रकार प्रतिष्ठानका अध्यक्ष राजेश बर्माले अहिले उपभोक्ताले निकै डराएर खानुपर्ने बाध्यता रहेको बताए। उनले खाद्यान्नमा मिसावटमात्र नभइ मूल्यमा पनि अनुगमन गर्नुपर्ने धारणा राखे। खाद्यान्न अनुगमनको लागि धेरै निकाय छन्, अनुगमन पनि गरिरहेका छन् भन्ने कुरा आउँछ, उनले भने तर सामान्य उपभोक्ताले महसुस गर्न पाएका छैनन्। भक्तपुर नगरपालिकाका खाद्य निरीक्षक दिलीपकुमार सुवालले पशु बधशाला र मासुमा बढी लापरवाही हुने गरेको जानकारी दिए। हामीले अनुगमन त गर्छौं, तर कार्वाही गर्न अलमल छौं। उनले भने। चाडवाडमा मासु तथा खाद्य पदार्थको आपूर्ति व्यवस्था र गुणस्तर विषयक अन्तरक्रियामा सो प्रतिवद्धता भएको हो। नेपाल कृषि पत्रकार प्रतिष्ठान र राष्ट्रिय उपभोक्ता मञ्चले शनिवार सो कार्यक्रम आयोजना गरेका हुन्। यी दुबै संस्थाले नियमित रुपमा कृषि–उपभोक्ता डबली संचालन गर्दै आएको छ।