भक्तपुरमा बढ्दै पर्यटकको चहलपहल
२७ कार्तिक २०७८
•
३ मिनेट पाठ
भक्तपुरमा बढ्दै पर्यटकको चहलपहल
दैनिक दुई हजारसम्म पर्यटक आउने भक्तपुर नगरपालिकाको ऐतिहासिक सम्पदा क्षेत्र झण्डै दुई वर्ष सुनसान बन्यो। विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको महामारीले नराम्रोसँग असर पारेको नेपालको पर्यटन व्यवासायमा बल्ल आशा पलाउन थालेको हो।लामो समयपछि विश्व सम्पदा सूचीमा सूचीकृत यहाँका सम्पदा अवलोकन गर्न विदेशी पर्यटकको आगमन बढेपछि पर्यटन व्यवसायमा चहलपहल बढेको छ। विदेशी पर्यटकको प्रमुख आकर्षण र गन्तव्य बन्दै आएको नगरपालिका क्षेत्रमा अहिले दैनिक ६० देखि ९० जनासम्म पर्यटक आउन थालेका हुन्।




यहाँ आउनेमा भारतीय पर्यटक सबभन्दा बढी रहेकामा युरोपका पर्यटकको पनि आगमन बढ्न थालेको छ। नगरपालिकाको पर्यटन सूचना केन्द्रका प्रमुख गौतम लासिवाले पर्यटकबिना सुनसान बनेको भक्तपुरको सम्पदामा विदेशी पर्यटक देखिन थालेपछि रौनक बढेको बताए। पर्यटकको आगमन हुन थालेपछि नगरपालिकाले सुरक्षितरूपमा पर्यटन व्यवसाय सञ्चालन एवं पर्यटकलाई सुरक्षित राख्ने गरी योजना अगाडि सारेको छ।

नगरपालिकाले पर्यटकलाई कोभिडबाट सुरक्षित रहने वातावरण बनाउन आवश्यक तयारी गरेको छ। होटल व्यवसायीसँग पनि पर्यटकलाई कोभिडबाट सुरक्षित राख्ने गरी व्यवस्थापन गर्न व्यवसायीसँग छलफल गर्दै आएको छ। यद्यपि अहिले भक्तपुर आउने पर्यटक भने धेरैजसो दिनभरि घुमेर फर्कने गरेका छन्। रात बस्ने गरी आउने पर्यटक फाट्टफुट्टमात्रै भएकाले होटल व्यवसाय भने पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन।

विदेशी पर्यटकबाट वार्षिक करिब रु २६ करोड राजस्व सङ्कलन गर्दै आएको नगरपालिकाले कोभिड महामारीका कारण दुई वर्ष यो नोक्सानी व्यहोर्नुपरेको छ। केन्द्रका प्रमुख लासिवाले भने, ‘आर्थिक वर्ष २०७६/७७ मा करिब रु २६ करोड पर्यटन शुल्कबाट राजस्व सङ्कलन भएकोे थियो, कोरोनाका कारण पर्यटकको आगमन बन्द भएपछि आव २०७७/७८ मा जम्मा रु २९ लाखमात्रै पर्यटन शुल्क उठ्यो, चालु आवमा भर्खर पर्यटक आउन थालेका छन्।’

पर्यटन शुल्कबाट उठेको रकम नगरपालिकाले शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणमा खर्च गर्दै आएको जानकारी दिँदै उनले कोरोना भाइरसको महामारीका कारण दुई वर्षमा करोडौँ नोक्सान व्यहोर्नुपरेको उल्लेख गरे। पर्यटन सूचना केन्द्रका प्रमुख लासिवाका अनुसार यस वर्ष साउन महिनामा २२८, भदौमा ३८०, असोजमा ९६४ र कात्तिकमा अहिलेसम्म एक हजार ९२३ पर्यटकको आगमन भइसकेको छ। पर्यटक आउने सङ्ख्या बढ्दै गएको छ।

पहिलो लकडाउन अगाडिसम्म भक्तपुरमा दैनिक तीन हजार र वार्षिक दुई लाखभन्दा बढी पर्यटक भित्रिने गरेका थिए। नगरपालिकाले सार्क राष्ट्र तथा चीनका पर्यटकबाट प्रतिपर्यटक रु ५०० र अन्य राष्ट्रका पर्यटकबाट प्रतिपर्यटक रु एक हजार ५०० पर्यटन शुल्क सङ्कलन गर्दै आएको र  यो नै मुख्य आयस्रोत रहँदै आएको छ। विगत वर्षमा यहाँ आउने पर्यटकमध्ये सबैभन्दा बढी चीनका र त्यसपछि भारत, अमेरिका, फ्रान्स, स्पेनलगायत देशबाट आउने गरेका थिए। नगरपालिकाले पर्यटकसँग सेवा शुल्क उठाउन १४ स्थानमा काउन्टर स्थापना गरेको छ।नगरपालिकाले भूकम्पपछि भत्किएका सम्पदाको पुनःनिर्माण गर्दै आएको छ भने कतिपय पुरिएका र गौण रहेको महत्वपूर्ण सम्पदाको पुनःनिर्माण पनि थालेको छ। जसअन्तर्गत दूधपाटीस्थित भाजु पोखरी पुनःनिर्माण भइरहेको छ भने नेपाली सेनाको क्याम्पभित्र लोप हुने अवस्थामा पुगेको रानीपोखरीे पुनःनिर्माण गरी नेपाली तथा विदेशी पर्यटकको अवलोकनका लागि खुला गर्ने तयारी छ।

नेपालमा अंङ्ग्रेजी महिनाको अक्टोबरको अन्तिम, नोभेम्बर पूरै र डिसेम्बरका दुई हप्तालाई पर्यटकीय याम मानिँदै आएको छ। अक्टोबर र नोभेम्बरमा नेपाल आएका पर्यटक क्रिसमस मनाउन डिसेम्बरको अन्ततिर स्वदेश फर्कने गरेका छन्। केन्द्रका अनुसार विगतमा नेपाल भ्रमणमा आएका करिब ३५ प्रतिशत पर्यटक भक्तपुरको सम्पदा अवलोकनका लागि आउने गरेका र तीमध्ये धेरैजसोले यहाँ तीन÷चार घण्टामात्रै बिताउने गरेका थिए।

पर्यटकको बसाइ लम्ब्याउन आवश्यक ठानेर नगरप्रमुख सुनिल प्रजापतिले व्यवसायीहरूसँग छलफल गर्दै विभिन्न योजना अगाडि सारेका थिए। कोरोनाका कारण पर्यटकको आगमन बन्द भएपछि त्यस्ता योजना पनि थाँती रहेका थिए। पर्यटकको आगमन बढ्न थालेपछि तीनलाई आकर्षित गर्न, बसाइ लम्ब्याउन र रात्रिकालीन पर्यटनलाई बढावा दिनेबारे कार्यक्रम ल्याउने योजना बानइएको छ।

दुई वर्षपछि पर्यटकको आगमन बढेपछि पर्यटन व्यवसायमा आशा पलाएको पोटरी स्क्वायरका क्यूरो व्यवसायी विनोद प्रजापतिले बताए। विदेशी पर्यटकलाई आकर्षित गर्न सरकार र स्थानीय तहले आफ्नो क्षेत्रमा विशेष योजना ल्याएमा थला परेको पर्यटन व्यवसायले पुनःजीवन पाउने उनको भनाइ थियो।
अर्को समाचार
भक्तपुर नगरपालिकाले सय एक जना विद्यार्थीलाई शैक्षिक ऋण दिने
२० पौष २०८०
•
२ मिनेट पाठ
भक्तपुर नगरपालिकाले सय एक जना विद्यार्थीलाई शैक्षिक ऋण दिने
भक्तपुर नगरपालिकाको यो वर्षको लागि शैक्षिक ऋण दिन एक सय एक जना विद्यार्थी छनौट गरेको छ। छनौटमा परेका विद्यार्थीसँग शुक्रवार नगरपालिकाले शैक्षिक ऋणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।




आव २०८०/८१ मा भक्तपुर नगरपालिकाभित्र स्थायी बसोबास गर्ने जेहनदार तथा विपन्न विद्यार्थीहरूलाई शैक्षिक योग्यता (एकेडेमिक सर्टिफिकेट) धितो राखेर सहुलियत ब्याजदरमा ऋण दिई स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूलाई भक्तपुर नगरपालिकाबाट शैक्षिक ऋण प्रदान गर्ने सम्बन्धमा आवेदन पर्न आएकामध्ये अन्तरवार्ताबाट १०१ जना विद्यार्थीहरू छनोट भएको कार्यक्रममा बताइयो। 

छनोट हुनेमा भनपा वडा नं. १ का ३ जना, भनपा २ का १५ जना, भनपा ३ का ११ जना, भनपा ४ का १५ जना, भनपा ५ का १० जना, भनपा ६ का १६ जना, भनपा ७ का १२ जना, भनपा ८ का ७ जना, भनपा ९ का ४ जना र भनपा १० का ८ जना रहेको जनाइयो। नगरपालिकाले विगत वर्षहरूदेखि नै आर्थिक अभावका कारण पढाइबाट वञ्चित गरिब तथा जेहेन्दार विद्यार्थीलाई वार्षिक रुपमा शैक्षिक ऋण वितरण गर्दै आएको छ।

 कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले बौद्धिक जनशक्ति उत्पादन गरी देश विकासमा महत्त्वपूर्ण योगदान पुयाउन नगरपालिकाअन्तर्गत विभिन्न विषयका शैक्षिक संस्थाहरू सञ्चालन गर्दै आएको बताए। नपाले शिक्षा क्षेत्रको विकासमा गरेको लगानी उपलब्धिपूर्ण भएको बताउँदै उनले कामदार वर्गको हितमा काम गर्ने नीतिअनुरूप भनपाले काम गरिरहेको बताए। शारीरिक र बौद्धिक श्रमले देश विकासमा टेवा पुर्‍याउने बताउँदै प्रमुख प्रजापतिले युवा जनशक्ति बिदेसिँदा र यहाँ प्राप्त स्रोतसाधनको उचित प्रयोग नहुँदा देश विकासमा झन् झन् पछाडि पर्दै गएको बताए। 

भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले विद्यार्थीहरूले अध्ययन गर्ने सबै विषयहरू समान ढंगले महत्त्वपूर्ण भएको बताए। नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले भक्तपुर नपाले सबै विषयहरू अध्ययन अध्यापनको व्यवस्था नपाबाट सञ्चालित कलेजहरूमा गरिरहेको बताउँदै शैक्षिक ऋणलाई ऋणको रुपमा नभई नगरबासी विद्यार्थीहरूलाई नपाले प्रदान गरेको सुविधाको रुपमा लिई यसको उचित सदुपयोग गर्नुपर्ने धारणा राखे। वडा नं. ९ का वडाध्यक्ष रबीन्द्र ज्याख्वले शैक्षिक ऋण दिने सम्बन्धी निर्देशिका २०७५ सम्बन्धी व्यवस्था, शैक्षिक ऋण माग गर्न आवश्यक प्रक्रिया, ऋणको सीमा र सर्त, ऋणको साँवा ब्याज असुली आदिबारे प्रस्ट पारे।

‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २५ सेकेन्ड अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस