बूढीगण्डकीमा 'चलखेल सुरु'
०६ असोज २०७१
•
१० मिनेट पाठ
बूढीगण्डकीमा 'चलखेल सुरु'
काठमाडौं- राष्ट्रिय गौरवको सूचीमा राखिएको बूढीगण्डकी जलाशय जलविद्युत आयोजनाको कामलाई निरन्तरता दिनुको सट्टा परामर्शदाता र ऊर्जा मन्त्रालयले नै यसमा चलखेल सुरु गरेका छन्।

परामर्शदाता फ्रान्सको ट्र्याक्टबेल कम्पनीले तोकिएको समयमा काम सक्नेतिर ध्यान नदिई सोझै मन्त्रालयमा लबिङ गर्दै अध्ययन अवधि लम्ब्याउन गरेको चलखेलमा मन्त्रालयले साथ दिएको हो। 'बूढीगण्डकी जलविद्युत विकास समिति'का कार्यकारी अध्यक्ष लक्ष्मीप्रसाद देवकोटाको कार्यक्षेत्र कटौती गर्दै ऊर्जामन्त्री राधा ज्ञवालीले परामर्शदाताको पक्ष लिएको स्रोतले नागरिकलाई बतायो।
'समिति मन्त्रालयप्रति जिम्मेवार हुनुपर्छ, आवश्यक सहयोग वा महŒवपूर्ण निर्णयबारे मन्त्रीसँग सल्लाह माग्दा वर्तमान कार्यकारी अध्यक्षबाट आयोजना नबन्ने टिप्पणी गरेकी छन्,' विकास समिति स्रोतले भन्यो, 'मन्त्रीले काम गर्ने अधिकार नदिएकै कारण स्थानीय परामर्शदाता जेड कन्सल्टले मन्त्रीसमक्ष देवकोटालाई हटाउनुपर्ने भन्दै उजुरी गरेका छन्।'
ट्र््याक्टबेलले अहिले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) को काम गरिरहेको छ। अबको एक महिनामा डिपिआरको काम पूरा गरी विस्तृत डिजाइन र ठेक्काका लागि आवश्यक प्रक्रिया सुरु गर्नुपर्छ। तर, रि–रेगुलेडिङ ड्यामको छुट्टै अध्ययन गर्नुपर्ने भन्दै परामर्शदाताले थप ३० करोड रुपैयाँ मागेको समितिले जानकारी दिएको छ।
परामर्शदाताले प्रारम्भिक प्रतिवेदन बुझाउँदा आयोजनाका लागि रि–रेगुलेटिङ ड्याम बनाउन उचित हुने सुझाव दिएको थियो र यसका लागि लागत थपिने उल्लेख गरेको थिएन। तर, अहिले आफ्नो एजेन्टमार्फत मन्त्रीसँग सोझै सम्पर्क गर्दै लागत र १० महिना समय थप्न दबाब दिइएको समिति अधिकारी बताउँछन्।
'समितिले यसरी काम गर्न सक्दैन, छिटै पुनर्गठन गर्नुपर्छ, कार्यकारी अध्यक्षको हैसियत मै भए पनि महŒवपूर्ण निर्णय नगर्नुस्,' समितिका एक अधिकारीले मन्त्री ज्ञवालीलाई उद्धृत गर्दै थपे, 'कार्यकारी अधिकार दिएर मन्त्रालयकै एक सह–सचिव पठाउनेसमेत तयारी भइरहेको छ।'
ती अधिकारीका अनुसार मन्त्रीले समितिको गठन आदेश उल्लंघन गरेकी छिन्। आदेशअनुसार समितिको सम्पूर्ण कार्यकारी जिम्मेवारी देवकोटामा निहित हुनुपर्छ। मन्त्रीले असहयोग गरेकैले परामर्शदाताले चलखेल सुरु गरेको पनि उनले दाबी गरे।
स्थानीय परामर्शदाता जेड कन्सल्टको सुझावमा मन्त्रालयले रि–रेगुलेटिङ ड्यामबार स्पष्ट पार्न समितिलाई उल्टै पत्र लेखेको छ। मन्त्रालयका सिडिई चतुरबहादुर श्रेष्ठले हस्ताक्षर गरेको पत्रमा लेखिएको छ, 'आयोजनाको क्षमता हालको अध्ययनले एक हजार मेगावाट निर्धारण गरेको छ। क्षमता त्यही मान्ने गरी रि–रेगुलेटिङ बाँधको पनि विस्तृत जानकारी, यसबाट पर्ने असर र कार्यसूची थपी परिमार्जित प्रतिवेदन पेस गर्न निर्देशानुसार अनुरोध छ।'
राष्ट्रिय गौरवको आयोजनामा कुनै अवरोधबिना निरन्तर काम गर्नुपर्छ। तर आर्थिक प्रलोभनमा मन्त्रीले परामर्शदाता पोस्ने क्रियाकलाप सुरु गरेको समितिको आरोप छ। ३० महिनामा डिपिआर पूरा गर्ने गरी ९२ करोड रुपैयाँमा ट्र्याक्टबेलसँग २०६९ असोजमा सम्झौता भएको थियो। सम्झौतामा रि–रेगुलेटिङ ड्याम बनाउने बुँदा थिएन तर अहिले काम थपिएकाले उसले समय र रकम नथपी काम गर्न नसक्ने जनाएको छ।
रि–रेगुलेटिङ ड्याम बनाउँदा थप सामाजिक र वातावरणीय अध्ययन जरुरी भएकाले यसको स्पष्ट जानकारी गराउन भन्दै ट्र्याटबेलले समितिलाई पत्र लेखेको छ। उसले लेखेको पत्रमा भनिएको छ, 'समितिले रि–रेगुलेटिङ ड्याम बूढीगण्डकी वा त्रिशूली नदीमा बनाउने हो, स्पष्ट भनिएको छैन। यसका लागि बृहत् अध्ययन गर्नुपर्छ।'
अबको १० महिनामा सम्पूर्ण काम पूरा हुने जानकारी दिँदै कार्यकारी अध्यक्ष देवकोटाले परामर्शदाताले गरेको कामको गुणस्तर जाँच्ने प्राविधिक नभएको गुनासो गरे। 'गठन आदेश र कार्यकारी अध्यक्षको कार्यसम्पादन करारमा वित्तीय स्रोत र कर्मचारीको व्यवस्थापन मन्त्रालयले गर्ने उल्लेख छ,' उनले नागरिकसँग भने, 'प्राविधिकबाट कामको अनुगमन गर्न सकिएन भने पछि त्रुटि देखिन वा अबर्ौं रुपैयाँको भेरिएसन आउन सक्छ, यसको जिम्मेवारी कसले लिन्छ?'
सरकारले राष्ट्रको गौरवको आयोजना भन्ने तर व्यवहारमा उल्टो गर्दै आएको पनि देवकोटाले बताए। उनले थपे, 'अध्ययनसहित पुनर्स्थापना, पुनर्बास र जग्गा अधिग्रहणका काम समानान्तर रुपमा गर्नुपर्छ तर मन्त्रालयले कुनै सहयोग गरेको छैन।' यही तरिकाले थप २० महिनामा काम नसकिने उनले टिप्पणी गरे। 
उनका अनुसार यो आयोजना कुन मोडेलमा बनाउने र वित्तीय व्यवस्थापन कसरी गर्ने भन्नेमा पनि मन्त्रालयले सामान्य आधारसमेत तय गरेको छैन। महŒवपूर्ण सल्लाहका लागि मन्त्रीसँग भेट्न जाँदा समय नपाइने र सल्लाह गरेर काम गर्ने वातावरण नै सिर्जना नभएको पनि उनको गुनासो छ।
मन्त्रालयलाई पूर्ण अधिकारमा काम गर्न दिनुपर्ने अन्यथा यसको कुनै औचित्य नहुने उनको तर्क छ। मन्त्रीप्रति असन्तुष्टि जनाउँदै उनले भने, 'व्यक्तिगत कारणले असहयोग भएको हो भने कार्यकारी अध्यक्ष फेर्नु पर्यो , यसले काम गर्दैन भने कस्तो समितिले काम गर्छ, त्यस्तो बनाउनु पर्योग। मैले बाहिरै बसेर गर्न सक्ने सहयोग गर्छु।'
सन् १९८४ मा गरिएको पूर्वसम्भाव्यता अध्ययनअनुसार आयोजनाको क्षमता ६ सय मेगावाट निर्धारण गरिएको थियो। ट्र्याक्टबेलले अध्ययन गरी प्रारम्भिक प्रतिवेदन बुझाउँदा आयोजनाको क्षमता ६ सय ४४, ७ सय २२, ९ सय ४५, एक हजार र १ हजार २ सय मेगावाटसम्म निर्धारण गरेको थियो। समितिले एक हजार मेगावाट बनाउन उचित हुने अन्तिम निर्णय गरेको थियो। 
आयोजनाबाट गोरखाका ३७, धादिङका २७, नुवाकोटका दुई र मनाङ जिल्लाको एक गरी ६७ गाविस प्रभावित हुनेछन्। जलाशयबाट मात्र गोरखाका १२ र धादिङका ११ गाविस प्रभावित हुने अध्ययनमा उल्लेख छ। साथै गोरखाको घ्याल्चोक र धादिङको सलाङमा भूमिगत विद्युतगृह निर्माण हुनेछ। आयोजनाबाट करिब २५ हजार जनसंख्या विस्थापित हुने अनुमान छ।
रि–रेगुलेटिङ ड्यामबाट निस्कने पानीद्वारा तल्लो तटीय क्षेत्र अर्थात चितवन र नवलपरासीमा करिब ४० हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने अध्ययनले देखाएको छ। साथै पोखराको फेवा तालमात्र हालसम्म पर्यटकको आकर्षक बनेकोमा अब सबैभन्दा ठूलो मानवनिर्मित तालले पर्यटन विकासलाई समेत प्रवर्द्धन गर्ने भएको छ। आयोजना क्षेत्रलाई आर्थिक विकास मात्रै नभएर वौद्धिक विकास र अनुसन्धानको केन्द्रका रुपमा पनि विकास गर्ने विषयमा वहस सुरु भएको छ।
अर्को समाचार
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
११ घण्टा अघि
•
१ मिनेट पाठ
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
पोखरा। लामो समयदेखि उपेक्षामा पर्दै आएको मुस्ताङको कोरला नाकास्थित नेचुङ भन्सार कार्यालयले अहिले पनि दिनमा आठ करोड रुपैयाँ हाराहारीमा राजस्व संकलन गर्दै आएको छ।

सीमित स्रोतसाधनका बाबजुद पनि अहिलेको समयमा नेपाललाई चीनसँग जोड्ने व्यापारिक नाकाको एक मात्र विकल्पको रूपमा कोरला बनेको छ। त्यही नाका हुँदै अहिले दिनहुँ जसो करोडौँ रुपैयाँ मूल्यका चिनियाँ सामान नेपाल भित्रिरहेका छन्। 

मुस्ताङ भन्सार कार्यालयका अनुसार अहिले चीनबाट नेपालमा सामान र साधन भित्र्याउने एक मात्र नाका कोरला बनेको छ। गत भदौमा आएको भोटेकोशीको बाढीले रसुवागढी नाका ध्वस्त पारेपछि नेपालको चीनसँगको व्यापार अप्ठेरोमा परेको थियो। त्यस लगत्तै चीनले तातोपानी नाका पनि अस्थायी रूपमा बन्द गरेको थियो।

रसुवागढी नाका बाढीले ध्वस्त बनाएपछि त्यहाँको नाकामा रोकिएका र तातोपानी बन्द गरिएपछि रोकिएका कन्टेनरका सामान कोरला नाका हुँदै नेपाल भित्र्याउन थालिएको थियो। त्यसपछि बल्ल कोरला नाका चलायमान बनेको थियो।

‘नेपाल र चीनसँगको व्यापारको एक मात्र नाका अहिले कोरला बनेको छ, तर यसको व्यवस्थापन जबरजस्त भइरहेको छ। व्यवस्थित नाका नहुँदा समस्या बनेको छ,’ कोरलास्थित मुस्ताङ भन्सार कार्यालयका प्रमुख अनन्त तिम्सिना भन्छन् ‘अब चिसो बढ्न थाल्यो, आगामी दिन अझै सकसपूर्ण हुनेछैन, कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता छ। तर पनि चीनसँगको व्यापारको विकल्प कोरलाको छैन।’

उनका अनुसार अहिले नै चिसो बढिसकेकोले लोमान्थाङ क्षेत्रमा पानी जम्न थालिसकेको छ। स्थानीयवासीहरु चिसो छल्नका लागि तल (पोखरा, चितवन, काठमाडौं) झर्न थालिसकेका छन्।

‘अब त सुनसान बन्न थालिसकेको छ । माथिल्लो क्षेत्रका धेरै घरमा ताला लागिसकेको छ,’ उनले भने, ‘अब त कर्मचारीलाई पनि आवश्यक सामान किन्न नपाउने अवस्था आउन थालिसकेको छ।’

अघिल्ला वर्ष यो सिजनमा नाका क्षेत्र यो बेलासम्म सुनसान बनिसकेको हुन्थ्यो। यो पटक भने चिसो बढ्दै गए पनि कोरलाको व्यापारिक नाका भने अहिले पनि व्यस्त रूपमै चलिरहेको छ।

नाका खुलाएर व्यापारिक गतिविधि सञ्चालन गरे पनि भन्सारमा आवश्यक संरचना नहुँदा समस्या रहेको उनले बताए।

‘कोरला नाकाबाट चालु आर्थिक वर्षको अहिलेसम्म १५ अर्ब रुपैयाँ राजस्व उठिसकेको छ। तर, भन्सारमा व्यवस्थापन कमजोर छ। ‘संरचना छैनन्, जबरजस्ती व्यापारिक गतिविधि चलाइएको मात्र छ,’ उनले भने।

उनका अनुसार मुस्ताङको यो भन्सार नाकामा अहिलेसम्म एकीकृत भन्सार जाँच चौकी (आईसिपी) छैन। ‘व्यापारिक नाका मात्र हो, तर, व्यवस्थापन सहज छैन। सबैतिर अस्तव्यस्त मात्र छ,’ उनले भने, ‘आईसिपीमा हुनुपर्ने न्यूनतम पूर्वाधार पनि छैनन् । पूर्वाधार भए पनि अपुग छन्। भन्सार नाकामा हुनुपर्ने कतिपय निकायको उक्त क्षेत्रमा उपस्थिति नै छैन।’

एकीकृत भन्सार जाँच चौकीमा आयात–निर्यात तथा सीमा वारपारसम्बन्धी सम्पूर्ण सरकारी सेवा र सुविधा एकै छानामुनिबाट प्रदान गरिन्छ। तिम्सिनाका अनुसार आईसिपीमा एकीकृत सेवा प्रणाली अन्तर्गत भन्सार जाँच पास, अध्यागमन, क्वारेनटाइन (पशु, वनस्पति तथा खाद्य परीक्षण), बैंक तथा विदेशी मुद्रा सटही काउन्टर एउटै परिसरभित्र रहन्छन्। 

ती बाहेक सामान भण्डारणका लागि ठूला गोदाम, कोल्ड स्टोरेज, कन्टेनर पार्किङ यार्ड, इलेकट्रोनिक तौल काँटा र सुरक्षा जाँचका आधुनिक उपकरण पनि भन्सार क्षेत्रमै उपलब्ध हुन्छन्। एउटै स्थानबाट सबै प्रक्रिया पूरा हुने भएकाले मालवाहक सवारीसाधनको सीमा नाकामा हुने लामो जाम हट्छ र ढुवानी लागत कम हुनुपर्ने भए पनि मुस्ताङको कोरलामा भने ती सबै समस्या रहेको उनले सुनाए। 

‘उनको भन्सार जाँच पास गराउनुपर्‍यो भने अहिले पनि समस्या  । त्यसका लागि पोखरा आउनुपर्छ,’ उनले भने, ‘भन्सार कार्यालय मात्र भएर हुँदैन। अरू सरकारी निकाय पनि हुनुपर्छ। अध्यागमनमा पनि उत्तिकै समस्या छ। सबैले समान रूपमा काम गर्नुपर्छ । बैंक त करिब १४ किलोमिटर तल छ। राजस्व बुझाउनका लागि १४ किलोमिटर तल झरेर बैंकमा रकम तिरेर फर्केपछि बल्ल काम हुन्छ। त्यसैले सबैका लागि झन्झट छ।’ 

उनका अनुसार भन्सार कार्यालयका लागि मात्र एक हजार रोपनी क्षेत्रफलको जग्गा रहेको छ। ‘सामान लोड–अनलोड गर्नमा समेत समस्या छ। सबै काम भुँइमै गर्ने हो। त्यही भएर एउटै गाडी पास गर्न ३/४ दिन लाग्छ,’ भन्सार प्रमुख तिम्सिनाले भने।

भन्सारमा व्यवस्थित तरिकाले विभिन्न निकाय हुनुपर्नेमा त्यसको अभाव रहेकोले अबका दिनमा झनै चुनौतीपूर्ण रहने उनले बताए। ‘अब हिमपातको समय पनि सुरु भएको छ। हिमपात भयो भने त झनै समस्या हुन् । नाकासम्म पुगेका गाडी पनि चिसोका कारण ‘स्टार्ट’ हुन समेत समस्या हुने गरेको छ,’ उनले भने, ‘रोकेको ठाउँमा चिसोका कारण गाडी स्टार्ट नभए पनि सकस पर्ने गरेको छ। गोदामघर पनि छै। गोदाम नहुँदा सामान बोकेका कन्टेनर नै गोदाम बनेका छन्। सामान उतार्ने र चढाउने काममा समेत सकस छ।’

उनका अनुसार चिसोका कारण एकातिर समस्या छँदैछ, अर्कोतिर बाटो सहज नहुँदा नाका हुँदै भित्र्याइएका चिनियाँ सवारी बाटोमा दुर्घटनामा परेर व्यावसायिक क्षति पनि हुने गरेको छ। उनका अनुसार चालु आर्थिक वर्षको अहिलेसम्म कोरला नाका हुँदै करिब १२ सय चिनियाँ विद्युतीय सवारी नेपाल भित्र्याइएको छ।

‘बाटोमा दुर्घटनामा परेका सवारी यत्रतत्र देखिन्छन्। बिक्रीका लागि नेपाल ल्याइएका ती चिनियाँ सवारी ठाउँ ठाउँमा समस्यामा रहेका भेटिन्छन्, कतै ढुंगामा ठोक्किएका हुन्छन त कतै बिचमै बिग्रेको अवस्थामा भेटिन्छन्, सबैतिर समस्या नै समस्या रहेको छ,’ उनले भने।

पोखरा–जोमसोम सडक पनि यति बेलाको समयमा उत्ति सहज छैन। साँघुरो र कच्ची सडक भएकोले ठूला आकारका कन्टेनरमा पोखरासम्म सामान ल्याउन पनि सकसपूर्ण रहेको व्यवसायीले बताउँदै आएका छन्।

जोमसोमदेखि माथिल्लो मुस्ताङको कोरला नाकासम्मको बाटो कालोपत्रे छैन। यो नै ११५ किलोमिटर दूरीको छ । त्यस्तै बेनी–जोमसोम खण्ड पनि उत्तिकै सकसपूर्ण छ।

कच्ची सडक भएको र यो वर्षको  बाढी पहिरोले कालिगण्डकी करिडोर समेत क्षतविक्षत पारेकोले बेनी–जोमसोम खण्ड सहज नभएको व्यवसायीले बताउँदै आएका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस