काठमाडौं-दुरसञ्चारको नियमन निकाय नेपाल दुरसञ्चार प्राधिकरणले एनसेलले सञ्चालन गरेको नि:शुल्क ट्विटर अफरलाई बन्द गर्न निर्देशन दिएको छ।
एनसेलले तीन महिनाको लागि भनेर सञ्चालन गरेको अफर प्राधिकरणलाई जानकारी नदिई र स्वीकृत समेत नलिई पुन: थप गरेकाले त्यसलाई बन्द गर्न प्राधिकरणले निर्देशन दिएको प्राधिकरणले जनाएको छ। तर, एनसेलले भने प्राधिकरणलाई जानकारी दिएको बताएको छ।
एनसेलले गत जेठ १३ गतेदेखि तीन महिनाका लागि आफ्ना ग्राहकलाई नि:शुल्क ट्विटर सञ्चालन गर्ने अफर ल्याएको थियो। अफरको समय अवधि भदौं १० गते सकिएपछि थप ३ महिना थपेको घोषणा गरेको एनसेलले प्राधिकरणसँग स्वीकृत नलिई सञ्चालन गरेकोले बन्द गर्न निर्देशन दिइएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका प्रवक्ता कैलाश न्यौपानेले एनसेलले पहिलो तीन महिना प्राधिकरणलाई जानकारी दिएर अफर सञ्चालन गरेको थियो। ३ महिनालाई भनेर गरेको काम त्यसपछि पनि निरन्तर भएपछि बन्द गर्ने निर्देशन दिइएको हो। त्यही ट्यारिफ र सुविधा थप गरेपनि स्वीकृती मागेको देखिएन। ‘आफै विज्ञप्ती निकालेर थप गरेको घोषणा गरेपछि प्राधिकरणमा आएको उजुरीका आधारमा बन्द गर्ने निर्देशन दिइएको हो,’ उनले भने, ‘एनसेलले नयाँ प्याकेज ल्याउन सक्छ, त्यही फेरी पनि गर्ने सक्छ तर जानकारी नदिई दोहोराउन पाउँदैन। तीन महिनाका लागि भनेर प्याकेज ल्याउने तर त्यसलाई ६ महिना बनाउन नविकरण गर्नपर्छ भन्ने हुँदैन।’
एनसेलका कम्प्युनिकेशन एक्सपर्ट मिलनमणि शर्माले यो योजनामा पत्र लेखेर जानकारी दिए मात्र पुग्ने र स्वीकृत लिन नपर्ने बताए। ‘हामीले पत्र लेखेर जानकारी गराएका थियौं, तर बन्द गर्ने निर्देशन आयो,’ उनले भने।