पोखरा-खाना पकाउने ग्यासको सिलिन्डरमा ठगी गर्नेलाई कास्की प्रहरीले पक्रेको छ। कम्पनीले पठाएको पूर्ण तौलको सिलिन्डरबाट ग्यास निकाल्दै गरेको अवस्थामा मंगलबार प्रहरीले समशेर लिम्बु र सुनील लामालाई पक्रेको हो। उनीहरुले पोखरा—१२ चापापानीमा कोठा भाडा लिई ग्यास निकाल्ने ठगी धन्दा गर्दै आएको प्रहरीले जनाएको छ।‘रानीपौवाको कृति इन्टरप्राइजेजबाट बिक्रीका लागि बजार पठाएको सिलिन्डरबाट ग्यास निकाल्ने र खाली सिलिन्डर भर्ने गरेको पाइयो,' कास्की प्रहरी प्रमुख एसपी वसन्त लामाले भने, ‘धेरै सिलिन्डरबाट एक/दुई किलो—एक/दुई किलो निकाल्दा रहेछन्।' लामाका अनुसार उनीहरुले ३ वर्षदेखि यस्तो धन्दा गर्दै आएको स्वीकारेका छन्। प्रहरी आएको थाहा पाएपछि भर्दाभर्दैको सिलिन्डर छाडेर सञ्जय सुनार भने भागेका थिए। उनीहरुले कोसी ग्यासका सिलिन्डरमा ठगी गर्दै आएका हुन्।
पक्राउ परेकाहरुबाट प्रहरीले ३८ सिलिन्डर ग्यास बरामद गरेको छ। प्रहरी मंगलबार बिहान ९ बजे पुग्दा अभियुक्तहरुले डिलरबाट ल्याएको ती सिलिन्डरबाट ग्यास निकालेर अरु ३ वटा भरिसकेका थिए। एउटा सिलिन्डरबाट अर्काेमा भर्न प्रयोग भएको रेगुलेटर लगायत सामग्री पनि प्रहरीले बरामद गरेको छ। उनीहरुले भरिएको ग्यास सिलिन्डरको सिल तोडेर ग्यास निकाली नयाँ सिल लगाउँदै आएको प्रहरीले जनाएको छ।
बजारमा बेच्न लैजानुपर्ने कोसी ग्यासका सिलिन्डर ट्याक्टर ड्राइभर सञ्जय सुनारले आफ्ना साथीहरुसँग मिलेर लिएको कोठामा लगी गडबड गर्दै आएको एसपी लामाले बताए। ‘यसमा सांगठनिक रुपमै काम भएको देखिन्छ,' उनले भने, ‘भागेको ड्राइभर लगायत अरुको पनि खोजीमा छौं।' बिहानै डिलरबाट बजारमा लगेर केही सिलिन्डर बिक्री गर्ने र त्यसबापत फिर्ता हुने सिलिन्डर भाडाको कोठामा ल्याई भर्ने गरेको अभियुक्तहरुले स्वीकारेको जानकारी प्रहरीले दिएको छ।
ग्यासको गन्ध अति फैलिएपछि प्रहरीले खोजी गर्दा उनीहरुको ठगी धन्दाबारे चाल पाएको थियो। अभियुक्तहरुलाई ठगी वा कालोबजारी सम्बन्धी मुद्दा लगाइने जानकारी एसपी लामाले दिए। पक्राउ परेका सुनील लामा यसअघि पनि ग्यास ठगी गरेकै आरोपमा पक्राउ परेर मुद्दा खेपी छुटेका व्यक्ति हुन्। ‘उनी पटके देखिए,' एसपीले भने, ‘जुन मुद्दा लगाउँदा धेरै सजाय हुन्छ त्यही लगाउँछौं।'
उनीले वर्षौंदेखि कम तौलको ग्यास सिलिन्डर बेच्दै आए पनि उपभोक्ताले चाल पाएका थिएनन्। ‘गुनासो आएको थिएन,' प्रहरी प्रमुख लामाले भने, ‘कुनै महिना थोरै टिक्यो कहिले धेरै भन्ने त भयो होला तर गुनासो गरेनन्।' कृति इन्टरप्राइजेजका सञ्चालकले पनि आफूकहाँबाट बिक्रीका लागि लगेको सिलिन्डरमा ड्राइभरले अरुसँग मिलेर ठगी गरेको थाहा नपाएको बताएका छन्।