विरोधले कम्पनीलाई गति दिँदैन
०७ असोज २०७१
•
१६ मिनेट पाठ
विरोधले कम्पनीलाई गति दिँदैन
दि इन्स्टिच्युट अफ चार्टड एकाउन्टेन्टस अफ इन्डियाबाट चार्टड एकाउन्टेन्सी उत्तिर्ण गरेका बुद्धिप्रसाद आचार्य नेपाल टेलिकममा २०५७ सालमा प्रबन्धकको पदबाट सेवा प्रवेश गरेका हुन्। तीन साताअघि मात्र कम्पनीको प्रबन्ध निर्देशक भएका आचार्य पहिलो पटक कम्पनीको गैर इन्जिनियर प्रबन्ध निर्देशक हुन्। गैर प्राविधिक प्रबन्ध निर्देशक भएको भन्दै टेलिकममा केही इन्जिनियरहरुले विरोध समेत गरेका छन्। आचार्यसँग विरोध कार्यक्रम , नेपाल टेलिकमको अवस्था र भावी योजनका विषयमा नागरिकका प्रकटकुमार शिशिरले गरेको कुराकानीःतपाई प्रबन्ध निर्देशक हुनेबित्तिकै गैरप्राविधिक भन्दै विरोध भइरहेको छ यसलाई कसरी हेर्नुहुन्छ?
यो केहि साथीहरुको विरोध हो, केहि साथीहरुको गुनासो हो र केहि साथीहरुको असन्तुष्टी हो। पहिलाको प्रचलन अनुसार प्राविधिक नै प्रबन्ध निर्देशक हुनुपर्छ भन्दै साथीहरु विरोधमा छन्। मैले यसलाई त्यति धेरै अन्यथा मानेको छैन। तर कुनै एउटा संस्था कसरी चलाउने, संस्थाको जिम्मेवारी कसलाई दिने भन्ने कुरा लगानीकर्ताको हो। यसमा सरकारको धेरै लगानी छ र सरकारले नै गरेको निर्णयअनुसार म प्रबन्ध निर्देशक भएर आएको हो। लगानीकर्ताले कुन निर्णय गर्दा ठिक हुन्छ कुन गर्दा बेठिक हुन्छ भनेर सोचेरै नै निर्णय लिएको हुन्छ। लगानीकर्ताले जसलाई विश्वास गर्छ उसैलाई पठाउने कुरा हो। यहाँ कुनै समूहको मान्छे, वर्गको मान्छे आएर काम हुन्छ र हुँदैन भनेर तर्क गर्नुभन्दा पनि लगानीकर्ता आफ्नो लगानी सुरक्षित गर्ने निर्णय मान्नुपर्दछ। म पनि टेलिकमकै कर्मचारी हो यहाँकै मान्छे प्रबन्ध निर्देशकमा पुगेछ भन्ने बु‰नु पर्छ। अर्काे कुरा गैर प्राविधिक हुनुहुँदैन भनेर कहिकतै उल्लेख भएको पनि छैन। इन्जिनियरले नेतृत्व नगरेको टेलिकम कम्पनीले पनि राम्रो काम गरिरहेका छन्। 
पछिल्लो दिनमा टेलिकमको गुणस्तर खस्किरहेको सेवाग्राहीको गुनासो छ। विरोधसँगै गुणस्तर पनि खस्कने भएको छ। यसमा कुनै सम्बन्ध छ?
गुणस्तरका विषयमा त अहिले काम भइरहेको छ। यो सुधारोन्मुख छ। केही दिनमा हामीले केही समस्या भोगेका छौं। तर विरोधको कार्यक्रमले प्रत्यक्ष असर गरेको छैन। साथीहरु विरोधको कार्यक्रममा भएपनि जिम्मेवारी पनि सम्हालिरहनु भएको छ। काम पनि गरिरहनुभएको छ। तर के साँचो हो भने जति ध्यान दिनुपर्छ गुणस्तरमा त्यति ध्यान पुग्न सकेको छैन। साथीहरुको ध्यान दुवै तिर बाँडिएको पनि छ। विरोध र काम दुवैतिर ध्यान बाँडिदा केहि समस्या पनि देखिएको छ। यसले गर्दा गुणस्तरको विषयमा अपेक्षित रुपमा अगाडि बढाउन सकिएको छैन। 
विरोधले कम्पनीलाई नै असर पुर्या उँछ। संस्थालाई नै नोक्सान गर्ने विरोधको कुनै अर्थ छैन। यसले गर्दा बजारमा पनि नकारात्मक सन्देश जान्छ। सेवाका विषयमा पनि ग्राहकले गुनासो गर्छन्। नेपाल टेलिकम व्यवासायिक स्तरमा गएर काम गर्नुपर्ने ठाउँमा प्रबन्ध निर्देशक को हुने भन्दै झगडा गर्न थाल्यौं भने यसको सन्देश धेरै नराम्रो जान्छ। हामी ग्राहक आधारमा बाँच्नुपर्ने संस्था भएकाले ग्राहकलाई सन्तुष्ट बनाउनुपर्छ। 
विवाद समाधानका लागि पहल भएको छैन?
विरोधले कम्पनीलाई गति दिन सक्दैन भनेर हामीले वार्ता र छलफललाई तीव्रता दिएका छौं। कर्मचारी विनियामवलीमा पनि यस्ता कुरालाई प्रश्रय दिइएको छैन। व्यवस्थापनको तहबाट यो समस्यालाई समाधान गर्ने लागिरहेका छौं। विरोधले ठूलो रुप लिनु हुँदैन भनेर हाम्रो प्रयास भैरहेको छ। विरोधका कार्यक्रमहरु एउटा सीमाभन्दा माथि जान थाल्यो भने, व्यवस्थापनले सोचेको भन्दा बाहिर जान्छ भने त्यसपछि पूर्ण रुपमा नियम कानुनको पालना गराउन र गर्ने गरी अघि बढ्छौं। यसको अरु विकल्प पनि रहदैन। 
तपाई प्रबन्ध निर्देशक भएर आएपछि टेलिकमका लागि कस्तो योजना बनाउनुभएको छ?
नेपाल टेलिकम भएका सबै ग्राहकलाई खुसी बनाएर नयाँ ग्राहक थप्ने र सेवा विस्तार गर्ने गरी अघि बढेको छ। त्यहीअनुसार लगानीकर्तालाई उचित प्रतिफल दिएर यहाँका कर्मचारीलाई समेत मनोबल बढाएर अघि बढिरहेका छौं। यो राष्ट्र र जनताको कम्पनी हो त्यसैले सबैको हितका लागि नयाँनयाँ योजना बनाएर अघि बढ्न लागिरहेका छौं। प्रतिस्पर्धाको रुपमा देखिएको क्षेत्रमा सेवा र गुणस्तरलाई विस्तार गरी निपूर्ण रुपमा काम गर्ने योजना छ। भ्वाइस र डाटा दुवै क्षेत्रमा आक्रमक रुपमा बजारमा आउने गरी अहिले गृहकार्य भैरहेको छ। चलिरहेका आयोजनाहरुलाई चाँडोभन्दा चाँडो सम्पन्न गर्नका लागि पनि ध्यान गैरहेको छ। जिएसएम, सिडिएमए, बिलिङ सेवा, वाइम्याक्स, पिएसटिएन सेवालाई अपग्रेड गर्ने काम अगाडि बढिरहेको छ। पिएसटिएन टेलिफोन सेवालाई पूर्णरुपमा नयाँ प्रविधिमा लैजाने काम सुरु भएको छ। नयाँ प्रविधिबाट ग्राहकहरुले उच्च गतिको इन्टरनेटमा गुणस्तर भ्वाइस सेवा लिन सक्ने र त्यहि प्रविधिबाट घरमा टेलिभिजन हेर्ने सक्ने प्रविधीलाई भिœयाउँदै छौं। त्यस्तै देशभर थि्रजी पुर्यायउनका लागि पनि तीव्र रुपमा काम भैरहेको छ। 
फोरजीका लागि टेलिकमले के गरिरहेको छ?
नेपाल टेलिकमका सेवालाई फोरजीमा कसरी लैजाने भन्ने सम्बन्धमा हामीले एउटा अध्ययन समिति नै बनाएका छौं। अध्ययन समितिले विभिन्न क्षेत्रमा अध्ययन गरेर परामर्शदाता नियुक्तका लागि सिफारिश गर्नेछ र त्यसपछि प्रक्रिया अगाडि बढ्छ। करिब एक महिनाभित्र आवश्यक डकुमेन्ट तयार हुन्छ र त्यसको ४ महिनामा परामर्शदाता नियुक्त गर्ने तयारी छ। परामर्शदाताले फोरजी वा एलटिइमा कन्भर्टका लागि दिने सुझाव अनुसार हामी अघि बढ्छौं। 
टेलिकमले बजार हिस्सा बढाउँदै लगेपनि तुलनात्मक रुपमा नाफा बढेको देखिदैन नी?
गएको त्रैमासिक रिपोर्टअनुसार गएको बर्षको तुलनामा हाम्रो नाफाको ग्राफ उकालो नै लागेको छ। तर बजार र सेवाको अनुपातिक रुपमा हेर्दा जुन रुपमा नाफा बढ्न पर्ने हो त्यो अनुसार बढेको पाइदैन। हामी धेरै सेवा प्रदान गर्ने संस्था हौं। विभिन्न सेवा दिँदा त्यसमा लगानी पनि बढ्छ र खर्च पनि। लगानी र खर्च बढेको अनुपातमा आम्दानी बढ्न सकेको छैन। किनभने बजारमा प्रतिस्पर्धा छ। सेवा र मूल्यमा प्रतिस्पर्धा छ। यस्तो अवस्थामा आम्दानी अपेक्षित नबढ्दा नाफा पनि धेरै नदेखिएको हो। अबको हाम्रो उद्देश्य पनि अब खर्च कम गरेर नाफा बढाउनु रहेको छ। कुल आम्दानी कसरी बढाउने भन्ने विषयमा हामी तयारी गरेका छौं। ग्राहक आधार विस्तार गरेर र विभिन्न सेवामा भ्यालू एडेड दिएर आम्दानीलाई बढाउन योजना बनाएका छौं। प्रति ग्राहक औसत आम्दानी बढाउनका लागि नयाँ सेवा पनि ल्याउने छौं। 
नेपाल टेलिकमको अहिलेका चुनौतीहरु के के हुन्?
प्रतिस्पर्धालाई चुनौती भनौं भने यो अवसर पनि हो। विशेषगरी आन्तरिक चुनौती नै छन्। प्रतिस्पर्धालाई अगाडि बढाउन आफुसँग भएको प्रविधि, आफुसँग भएको जनशक्तिलाई कसरी बढाउने भन्ने विषयमा हाम्रो आन्तरिक चुनौती हुन्छ भने बाह्य चुनौती त पक्कै पनि देखिएको नै छ। बजार रणनीति र सेवामा भएका प्रतिस्पर्धा पनि उस्तै चुनौती हुन्। उनीहरुको रणनीतिमा ठ्याक्कै हामी जान नसक्ने पनि हुन सक्छ। केहि हदसम्म हाम्रो पुरानो मानसिकता पनि छ। सरकार नियन्त्रित संस्था पनि हो। कतिपय अवस्थामा निर्णय, नियम कानुनले पनि अवरोध पुर्या्उँछ। तर पनि यति हुँदाहुँदै पनि हामीले बजारमा एक नम्बर भएर नै उपस्थिति जनाएका छौं। 
टेलिकममा योजना बन्ने तर कार्यान्वयन नआउने समस्या पनि उस्तै छ नी?
यो कुरामा हाम्रो विशेष ध्यानकर्षण भएको छ। जुन पुराना योजनाहरु रहेका छन् जुन समयमा बनिरहेका छैनन। त्यसलाई पहिलो प्राथमिकतामा राखेर कार्यान्वयन गर्दैछौं। चालु अवस्थामा रहेका योजनालाई तत्काल सम्पन्न गराएर अगाडि बढ्ने गरी काम थालिएको छ। नयाँ योजनालाई सँगसँगै अगाडि लैजाने छौं। आयोजनाहरुलाई निश्चित समय अवधि तोकेर त्यो समय भित्र त्यो आयोजना पुरा गर्नुपर्छ भनेर भनेका छौं र यसैका आधारमा टेलिकमका कर्मचारीको मूल्यांकन पनि हुन्छ। मूल्यांकनका कारण हरेक कर्मचारी समय सीमाभित्र बाँधिन्छन् र आयोजनाले गति पाउँछ। 
टेलिकमका लागि सार्वजनिक खरिद ऐनको पनि सहयोगी भूमिका देखिएन नी ?
सार्वजनिक खरिद ऐनलाई समग्रमा दोष दिने ठाउँ त छैन तर केहि नियमले गर्दा समस्या भने देखिएको छ। हामी एउटा व्यापार गर्ने संस्था र प्रतिस्पर्धामा रहेका कारण तत्काल निर्णय गरेर अगाडि बढ्नुपर्छ तर ऐनले कतिपय अवस्थामा ढिलो बनाइदिन्छ। त्यसैले ऐनलाई समयसापेक्ष परिमार्जन गर्नेका लागि सुझाव समेत दिदै आएका छौं। हामीले पठाएको रायसुझावमा पक्कै पनि केहि परिमार्जन भएर आउनेछ। 
अब अडिटको दायरा पनि फराकिलो होला नी?
परम्परागतभन्दा माथि उठेर अडिट हुन्छ, अब। परम्परागत अडिटलाई निश्चय पनि तोड्छौं। जुन क्षेत्रमा ठूलो खर्च हुन्छ। त्यस्तै प्रविधीको क्षेत्रमा पनि हामीले अबदेखि अडिट गर्नेछौं। प्रविधिको क्षेत्रमा पहिला अडिट हुने गरेको थिएन। अब यसको दायरा फराकिलो हुन्छ। प्रविधिको पनि अडिट गर्ने, जनशक्तिको पनि अडिट गर्ने गरेर हामी अगाडि बढेका छौं। जुन प्रविधि हामीले ल्याउने भनेका छौं त्यो प्रविधि समयमा आयो या आएन भन्ने, खोजेको गुणस्तरको छ वा छैन त्यसको प्रभावकारी हो या होइन र त्यो निश्चित समयभित्र सम्पन्न भयो या भएन सबै किसिमको लेखाजोखा हुन्छ। जनशक्तितर्फ पनि कुनै व्यक्तीलाई तोकिएको काम भयो या भएन त्यो पनि ध्यान राख्छौं। समग्र रुपमा कम्पनीको उत्पादकत्व बढाउनेतर्फ केन्द्रित हुन्छौ। 
दसैतिहारमा टेलिकमको तर्फबाट ग्राहकले के उपहार पाउँदैछन्?
हामीले दसैतिहार छठ, इदका अवसर पारेर हाम्रा विभिन्न सेवाहरुमा निश्चित रकम छुट दिएर र अन्य सेवा सुविधा थप्ने योजना बनाएका छौं यो चाँडै सार्वजनिक पनि गर्छौं। 
टेलिकमका लागि रणनीतिक साझेदार बारे के भईरहेको छ?
रणनीतिक साझेदारको विषयमा यो नेपाल सरकारले निर्णय गर्नुपर्ने कुरा भएकाले प्रक्रियागत रुपमा नै रहेको छ। सरकारले सञ्चालक समितीलाई दिएको अधिकारबाट परामर्शदाता छान्ने क्रममा रहेका छौं। परामर्शदाता छानेपछि त्यो नेपाल सरकारमा जान्छ र त्यसले गति लिन्छ ।
अर्को समाचार
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
१२ घण्टा अघि
•
१ मिनेट पाठ
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
पोखरा। लामो समयदेखि उपेक्षामा पर्दै आएको मुस्ताङको कोरला नाकास्थित नेचुङ भन्सार कार्यालयले अहिले पनि दिनमा आठ करोड रुपैयाँ हाराहारीमा राजस्व संकलन गर्दै आएको छ।

सीमित स्रोतसाधनका बाबजुद पनि अहिलेको समयमा नेपाललाई चीनसँग जोड्ने व्यापारिक नाकाको एक मात्र विकल्पको रूपमा कोरला बनेको छ। त्यही नाका हुँदै अहिले दिनहुँ जसो करोडौँ रुपैयाँ मूल्यका चिनियाँ सामान नेपाल भित्रिरहेका छन्। 

मुस्ताङ भन्सार कार्यालयका अनुसार अहिले चीनबाट नेपालमा सामान र साधन भित्र्याउने एक मात्र नाका कोरला बनेको छ। गत भदौमा आएको भोटेकोशीको बाढीले रसुवागढी नाका ध्वस्त पारेपछि नेपालको चीनसँगको व्यापार अप्ठेरोमा परेको थियो। त्यस लगत्तै चीनले तातोपानी नाका पनि अस्थायी रूपमा बन्द गरेको थियो।

रसुवागढी नाका बाढीले ध्वस्त बनाएपछि त्यहाँको नाकामा रोकिएका र तातोपानी बन्द गरिएपछि रोकिएका कन्टेनरका सामान कोरला नाका हुँदै नेपाल भित्र्याउन थालिएको थियो। त्यसपछि बल्ल कोरला नाका चलायमान बनेको थियो।

‘नेपाल र चीनसँगको व्यापारको एक मात्र नाका अहिले कोरला बनेको छ, तर यसको व्यवस्थापन जबरजस्त भइरहेको छ। व्यवस्थित नाका नहुँदा समस्या बनेको छ,’ कोरलास्थित मुस्ताङ भन्सार कार्यालयका प्रमुख अनन्त तिम्सिना भन्छन् ‘अब चिसो बढ्न थाल्यो, आगामी दिन अझै सकसपूर्ण हुनेछैन, कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता छ। तर पनि चीनसँगको व्यापारको विकल्प कोरलाको छैन।’

उनका अनुसार अहिले नै चिसो बढिसकेकोले लोमान्थाङ क्षेत्रमा पानी जम्न थालिसकेको छ। स्थानीयवासीहरु चिसो छल्नका लागि तल (पोखरा, चितवन, काठमाडौं) झर्न थालिसकेका छन्।

‘अब त सुनसान बन्न थालिसकेको छ । माथिल्लो क्षेत्रका धेरै घरमा ताला लागिसकेको छ,’ उनले भने, ‘अब त कर्मचारीलाई पनि आवश्यक सामान किन्न नपाउने अवस्था आउन थालिसकेको छ।’

अघिल्ला वर्ष यो सिजनमा नाका क्षेत्र यो बेलासम्म सुनसान बनिसकेको हुन्थ्यो। यो पटक भने चिसो बढ्दै गए पनि कोरलाको व्यापारिक नाका भने अहिले पनि व्यस्त रूपमै चलिरहेको छ।

नाका खुलाएर व्यापारिक गतिविधि सञ्चालन गरे पनि भन्सारमा आवश्यक संरचना नहुँदा समस्या रहेको उनले बताए।

‘कोरला नाकाबाट चालु आर्थिक वर्षको अहिलेसम्म १५ अर्ब रुपैयाँ राजस्व उठिसकेको छ। तर, भन्सारमा व्यवस्थापन कमजोर छ। ‘संरचना छैनन्, जबरजस्ती व्यापारिक गतिविधि चलाइएको मात्र छ,’ उनले भने।

उनका अनुसार मुस्ताङको यो भन्सार नाकामा अहिलेसम्म एकीकृत भन्सार जाँच चौकी (आईसिपी) छैन। ‘व्यापारिक नाका मात्र हो, तर, व्यवस्थापन सहज छैन। सबैतिर अस्तव्यस्त मात्र छ,’ उनले भने, ‘आईसिपीमा हुनुपर्ने न्यूनतम पूर्वाधार पनि छैनन् । पूर्वाधार भए पनि अपुग छन्। भन्सार नाकामा हुनुपर्ने कतिपय निकायको उक्त क्षेत्रमा उपस्थिति नै छैन।’

एकीकृत भन्सार जाँच चौकीमा आयात–निर्यात तथा सीमा वारपारसम्बन्धी सम्पूर्ण सरकारी सेवा र सुविधा एकै छानामुनिबाट प्रदान गरिन्छ। तिम्सिनाका अनुसार आईसिपीमा एकीकृत सेवा प्रणाली अन्तर्गत भन्सार जाँच पास, अध्यागमन, क्वारेनटाइन (पशु, वनस्पति तथा खाद्य परीक्षण), बैंक तथा विदेशी मुद्रा सटही काउन्टर एउटै परिसरभित्र रहन्छन्। 

ती बाहेक सामान भण्डारणका लागि ठूला गोदाम, कोल्ड स्टोरेज, कन्टेनर पार्किङ यार्ड, इलेकट्रोनिक तौल काँटा र सुरक्षा जाँचका आधुनिक उपकरण पनि भन्सार क्षेत्रमै उपलब्ध हुन्छन्। एउटै स्थानबाट सबै प्रक्रिया पूरा हुने भएकाले मालवाहक सवारीसाधनको सीमा नाकामा हुने लामो जाम हट्छ र ढुवानी लागत कम हुनुपर्ने भए पनि मुस्ताङको कोरलामा भने ती सबै समस्या रहेको उनले सुनाए। 

‘उनको भन्सार जाँच पास गराउनुपर्‍यो भने अहिले पनि समस्या  । त्यसका लागि पोखरा आउनुपर्छ,’ उनले भने, ‘भन्सार कार्यालय मात्र भएर हुँदैन। अरू सरकारी निकाय पनि हुनुपर्छ। अध्यागमनमा पनि उत्तिकै समस्या छ। सबैले समान रूपमा काम गर्नुपर्छ । बैंक त करिब १४ किलोमिटर तल छ। राजस्व बुझाउनका लागि १४ किलोमिटर तल झरेर बैंकमा रकम तिरेर फर्केपछि बल्ल काम हुन्छ। त्यसैले सबैका लागि झन्झट छ।’ 

उनका अनुसार भन्सार कार्यालयका लागि मात्र एक हजार रोपनी क्षेत्रफलको जग्गा रहेको छ। ‘सामान लोड–अनलोड गर्नमा समेत समस्या छ। सबै काम भुँइमै गर्ने हो। त्यही भएर एउटै गाडी पास गर्न ३/४ दिन लाग्छ,’ भन्सार प्रमुख तिम्सिनाले भने।

भन्सारमा व्यवस्थित तरिकाले विभिन्न निकाय हुनुपर्नेमा त्यसको अभाव रहेकोले अबका दिनमा झनै चुनौतीपूर्ण रहने उनले बताए। ‘अब हिमपातको समय पनि सुरु भएको छ। हिमपात भयो भने त झनै समस्या हुन् । नाकासम्म पुगेका गाडी पनि चिसोका कारण ‘स्टार्ट’ हुन समेत समस्या हुने गरेको छ,’ उनले भने, ‘रोकेको ठाउँमा चिसोका कारण गाडी स्टार्ट नभए पनि सकस पर्ने गरेको छ। गोदामघर पनि छै। गोदाम नहुँदा सामान बोकेका कन्टेनर नै गोदाम बनेका छन्। सामान उतार्ने र चढाउने काममा समेत सकस छ।’

उनका अनुसार चिसोका कारण एकातिर समस्या छँदैछ, अर्कोतिर बाटो सहज नहुँदा नाका हुँदै भित्र्याइएका चिनियाँ सवारी बाटोमा दुर्घटनामा परेर व्यावसायिक क्षति पनि हुने गरेको छ। उनका अनुसार चालु आर्थिक वर्षको अहिलेसम्म कोरला नाका हुँदै करिब १२ सय चिनियाँ विद्युतीय सवारी नेपाल भित्र्याइएको छ।

‘बाटोमा दुर्घटनामा परेका सवारी यत्रतत्र देखिन्छन्। बिक्रीका लागि नेपाल ल्याइएका ती चिनियाँ सवारी ठाउँ ठाउँमा समस्यामा रहेका भेटिन्छन्, कतै ढुंगामा ठोक्किएका हुन्छन त कतै बिचमै बिग्रेको अवस्थामा भेटिन्छन्, सबैतिर समस्या नै समस्या रहेको छ,’ उनले भने।

पोखरा–जोमसोम सडक पनि यति बेलाको समयमा उत्ति सहज छैन। साँघुरो र कच्ची सडक भएकोले ठूला आकारका कन्टेनरमा पोखरासम्म सामान ल्याउन पनि सकसपूर्ण रहेको व्यवसायीले बताउँदै आएका छन्।

जोमसोमदेखि माथिल्लो मुस्ताङको कोरला नाकासम्मको बाटो कालोपत्रे छैन। यो नै ११५ किलोमिटर दूरीको छ । त्यस्तै बेनी–जोमसोम खण्ड पनि उत्तिकै सकसपूर्ण छ।

कच्ची सडक भएको र यो वर्षको  बाढी पहिरोले कालिगण्डकी करिडोर समेत क्षतविक्षत पारेकोले बेनी–जोमसोम खण्ड सहज नभएको व्यवसायीले बताउँदै आएका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस